Thursday, 23 January 2014

जुँगा पनि ४ मिटर लामो


Longest Mustache In The World 001सन् १९७० बाट उनको जुँगा उम्रिन थाल्यो । अहिलेसम्म पनि उनले जुँगा काटेका छैनन् । र, ४ मिटर ३० सेन्टिमिटर लामो भइसकेको छ । उनी नै अहिले संसारकै लामो जुँगा भएको मान्छे दरिएका छन् । गिनिज बुकमा नाम लेखाएका छन् ।

उनी हुन् भारत राजस्थानका ५८ वर्षे रामसिहं चौहान । उमेर बढेकै कारण हिजोआज भने उनको जुँगा बढ्ने क्रममा सुस्तता आएको छ ।

यही जुँगा पालेकै कारण श्रीमतीसँग झगडा हुनेगरेको उनले सुनाए । तर चर्चामा आएपछि उनकी श्रीमतीले साथ दिएकी छिन् । दस–दस दिनमो धुन सघाउछिन् । उनको जुँगा धुनलाई एकघन्टा लाग्छ रे ।

No comments:

Post a Comment