Saturday, 5 October 2013

बाख्रासँग विवाह ?

 

man-marries-goat2(एजेन्सी)–ब्राजिलको जुनडियाईका ढुङगा काट्ने जागिरबाट अवकाश पाएका अपारेसिडो क्यास्ट्याल्डोले आफ्नो प्रिय बाख्रा क्यारमेलासँग सोच बनाएका छन् । उनीहरुको विवाह क्रिस्चियन मन्त्रीले नगर्ने भएका कारण अपरेसिडो र क्यारमेलाको विवाह शैतानहरुको चर्चमा शैतानी नेताहरुले गर्नेछन् ।
विगतका समयमा पनि मानिसहरुले आफ्ना घरपालुवा जनावरहरुसँग विवाह गर्ने गरेका छन् । तीमध्ये धेरैजसो विवाह घरपरिवार र साथीभाइहरुले प्रतिकात्मक रुपमा गरिएको छ । यद्यपी, सात सन्तानका विधुर बुवा ७४ वर्षीय अपरेसिडो क्सारमेलासँगको विवाह इसाई धर्म प्रचार गर्ने मन्त्रीहरुबाट चर्चमा नै गर्ने बिचार गरे । तर, यसका लागि उनले जति पनि चर्चमा सम्पर्क राखे सबैले उनको यो असामान्य प्रस्तावलाई अस्विकार गरे । त्यसपछि अन्तिममा उनले आफ्ना पूराना साथी, तोनिन्हो दो डायबो (टम द डेभिल) जो ब्राजिलका एक प्रख्यात स्याटानिष्टसँग सम्पर्क राखे । उनको विवाह सन् २०१३ को अक्टोबर १३ तारिकको मध्य रातमा साओ पाउलोको डेपभल्स चर्चमा हुने बताइएको छ । ‘हाम्रो चर्चले मात्र मानव र जनावर बिचको प्रेम सम्बन्ध स्विकार गर्छ किनभने हामी कसैबिच पक्षपात गर्दैनौँ,’ तोनिन्होले बताए ।
अपरेसिडो विगत दुइ वर्षदेखि क्यारमेलासँग प्रेम बसेको थियो र उनका सात सन्तानले पनि क्यामेरालाई सैतेनी आमाको संज्ञा दिएका छन् । उनको यस्तो सोचले थुपै विवाद पैदा गरेपनि उनलाई जीवनसंगी चाहिएको कारण यस्तो गरेको उनी बताउँछन् । कसैले उनलाई यो के गरेको भनेर सोध्यो भने क्यारमेला बोल्दिनन्, सपिङ जाउँ भन्दिनन्, गर्भवती हुँदिनन् भनेर उनको भविष्यको श्रीमतीको तारिफ गर्ने गर्दछन् ।
man-marries-goat-550x357
 

No comments:

Post a Comment