दुनियामा केही त्यस्ता ठाउँ छन् जहाँको प्राकृतिक छटा अद्धितिय छ । हाम्रै नेपालमा पनि धेरै ठाउँहरु निकै सुन्दर छन्, तरपनि ती ठाउँहरुको सुन्दरताको प्रचार प्रसार हुन सकेको छैन । विश्वका सबैजसो महादेशमा केही ठाउँ विछट्ट छटायुक्त छन् । स्कटल्याण्डको टापु श्रृंखला क्षेत्र आउटर हेब्राइड्स त्यस्तै प्राकृतिक सुन्दरता युक्त क्षेत्र हो ।
स्कटल्याण्डको पश्चिमी किनारा क्षेत्रमा पर्ने विभिन्न टापुहरुको यो क्षेत्रमा दुइ ठूला तथा अन्य साना टापुहरु रहेका छन् । यो क्षेत्रको प्राकृतिक सुन्दरतालाई तस्वीरमा उतार्ने काम गरेका छन् चर्चित फोटोग्राफर पिटर मे ले । यसअघि अपराध सम्बन्धि श्रृंखला प्रकाशित गरेर चर्चा बटुलेका पिटरले यो पाला हेब्राइड्स शीर्षकमा उक्त टापु क्षेत्रको प्राकृतिक छटालाई तस्वीर किताबमा उतारेका छन् ।
तस्वीरमा त्यस क्षेत्रका डरलाग्दा भिरपाखा, धुम्म परेको कुहिरो देखि लिएर तटीय इलाकाहरु समेटिएका छन् । तटीय क्षेत्रको पूरानो सभ्यता, मान्छे बस्न छाडिसकेको वस्ती समेत तस्वीरमा देख्न सकिन्छ । हेरौँ तस्वीरमा सुन्दर टापु

डेलीमेलबाट

No comments:
Post a Comment