नेपालीहरुको महान चाड बडा दसैँ घर घरमा भित्रिरहेका बेला यस वर्ष मौसमले खासै साथ दिएको देखिँदैन ।
पूर्वी भारतको उडिसामा आएको पालियन नामको समुद्री आँधीले नेपालको मौसम समेत परिवर्तन गरिदिँदा यसपालिको दसैँ हिले हुन लागेको छ । आज महानवमी घरघरमा पूजाआजा भइरहेका बेला वर्षेझरी अनवरत परिरहे पछि मानिसका आवतजावतलाई समेत प्रभावित पारेको छ ।
मौसम विज्ञान विभागले जनाए अनुसार यस्तै मौसय दुई तीन दिन लम्बिन सक्ने बताएका छन् । दसैँको मध्य समयमा यसरी देशभर अविरल वर्षा भइँरहेपछि चाडबाडको रौनकमा केही कमी ल्याएको छ ।







No comments:
Post a Comment