दशैँ आयो तर मेरो छोरो आएन ।
भन्दै होलिन् मेरी आमा मोरो आएन । ।
यसपाली त आइपुग्छ की भन्ने लागेकोथ्यो ।
वर्षौँ बित्यो तर एकोहोरो आएन । । ।
................परदेशबाट छोरो फर्केन.........................
मलाई थाहा छ आमा, मलाई हेर्न तपाईँ कत्ति आत्तुर हुनुहुन्छ भन्ने । उसो त म पनि तपाईँबाट टाढा बस्नुपर्दा कहाँ खुशी छु र । गुनसिङ लुकाइएको मान्छे जस्तै भएको छु । होस हवासमै भएर पनि बेहोस भएको छु । यसपाली त जसरी पनि फर्किनेछु आफ्नै गाउँ, अनि सँधै तपाईँसँगै बस्नेछु भन्ने सोँचेको थिएँ । तर यो विदेशी भूमिबाट हाम्रो गाउँसम्म आईपुग्नु भनेको त दशैँमा टीका थाप्न हजुरबाको घर जाँदा वस्तीपुर पारीको ठाडो खोला नाघेको भन्दा पनि सकस रै छ । नत्र त म उहिले नै आइसक्थेँ । मन नभएको कहाँ हो र । केही परिस्थितिहरु त्यस्तै परे, केही वाध्यताहरुको अर्घेलो आइप¥यो । मैले चाहेर पनि ती जँघारहरु तर्न सकिनँ ।
मैले तपाईँप्रतिको कर्तव्य पूरा गर्न पाएको छैन । अझ सकेको छैन भनाँै । चारैधाम घुमाउन भ्याएको छैन तपाईँलाई । सानै छँदा ठुलो वर्णमालामा श्रवण कुमारले आमाबाबुलाई टोकरीमा राखेर तीर्थ यात्रा गराएको पढ्दा म पनि श्रवण कुमार जस्तै हुन्छु भन्ने संकल्प गरेथेँ मैले । तर अझैपनि त्यो कलिलो संकल्पले छिप्पिने मौका पाएको छैन ।
भन्दै होलिन् मेरी आमा मोरो आएन । ।
यसपाली त आइपुग्छ की भन्ने लागेकोथ्यो ।
वर्षौँ बित्यो तर एकोहोरो आएन । । ।
................परदेशबाट छोरो फर्केन.........................
मलाई थाहा छ आमा, मलाई हेर्न तपाईँ कत्ति आत्तुर हुनुहुन्छ भन्ने । उसो त म पनि तपाईँबाट टाढा बस्नुपर्दा कहाँ खुशी छु र । गुनसिङ लुकाइएको मान्छे जस्तै भएको छु । होस हवासमै भएर पनि बेहोस भएको छु । यसपाली त जसरी पनि फर्किनेछु आफ्नै गाउँ, अनि सँधै तपाईँसँगै बस्नेछु भन्ने सोँचेको थिएँ । तर यो विदेशी भूमिबाट हाम्रो गाउँसम्म आईपुग्नु भनेको त दशैँमा टीका थाप्न हजुरबाको घर जाँदा वस्तीपुर पारीको ठाडो खोला नाघेको भन्दा पनि सकस रै छ । नत्र त म उहिले नै आइसक्थेँ । मन नभएको कहाँ हो र । केही परिस्थितिहरु त्यस्तै परे, केही वाध्यताहरुको अर्घेलो आइप¥यो । मैले चाहेर पनि ती जँघारहरु तर्न सकिनँ ।
मैले तपाईँप्रतिको कर्तव्य पूरा गर्न पाएको छैन । अझ सकेको छैन भनाँै । चारैधाम घुमाउन भ्याएको छैन तपाईँलाई । सानै छँदा ठुलो वर्णमालामा श्रवण कुमारले आमाबाबुलाई टोकरीमा राखेर तीर्थ यात्रा गराएको पढ्दा म पनि श्रवण कुमार जस्तै हुन्छु भन्ने संकल्प गरेथेँ मैले । तर अझैपनि त्यो कलिलो संकल्पले छिप्पिने मौका पाएको छैन ।
सबै गाउँलेहरुले मलाई नानाथरी भनेका होलान् है । कत्तिले गाउँ बिर्सियो भने होलान्, कत्तिले पैसाको लोभमा प¥यो भने होलान् अनि कत्तिले जीउँदो छैन की पनि भने होलान् । सबै गाउँलेहरुको शंका हटाउने गरि आउनेछु म छिट्टै । हो छिट्टै । आउनुपनि पर्छ मैले छिट्टै, होईन भने ती शंकाहरु झनै झाँगिदै जानेछन् । विकराल रुप लिनेछन् तिनीहरुले ।
चिन्ता होला, शंका होला, अनि केही डर होला । जे भएनि बुढेसकालमा मेरो ठुलो भर होला । ।
आउँछु आउँछु भन्दाभन्दै नआएको धेरै भयो
यसपाली त पक्कै आउँछ भनी कुर्ने घर होला । । ।
...........रणमा प¥यो की, की भोकै म¥यो की....................
यो बिरानो भुमिले मलाई त्यस्तो उल्लेखनीय केही दिएन । बरु उल्टै मैसँग लियो मात्रै । आफन्तहरुको आँखाबाट टाढा बनायो, यादहरुको साहारामा बाँच्नुपर्ने बनायो अनि हरेक रात सपनामा घर गाउँ देख्ने बनायो । बदलामा दियो त मात्र लाहुरे नामको पगरी । त्यही पनि नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै ।
यसपाली पनि पहिले जस्तै घरबाट छरिएर बसेकाहरु धेरै जना दिनभरि डुलेको चरि साँझमा बास बस्न गुँडमा फर्किए झैँ, आ आफ्ना घरघरमा फर्किसकेका होलान् । साथीसँगी मिलेर बाँस काटेर ल्याए होलान्, बाबियो बाटेर पिङको लट्ठा बनाए होलान अनि कापेमा मच्ची मच्ची पिङ उल्टाउने प्रतिष्पर्धामा होडबाजी गर्दै होलान । यो रातमा उसैगरि टहटह जुन लागिरहेको होला । चिसो हावामा मुटुनै छुने गरि वहिरहेको होला । अनि पल्लोघरको काकाहरु कोदोबारी माडिने गरि नाचिरहेका होलान् ।
दशैँ आयो, दशैँ सँगै घरको मिठो याद आयो ।
परदेशमा रुँदैछु म, रुवाउने रात आयो । ।
बुढी भा की मेरी आमा, मेरै बाटो हेर्दै होलिन्
न त आयो चिट्ठी खबर, न त कुनै बात आयो । । ।
....................लाहुरेलाई चाडबाड नआएकै जाती..............
सानो छँदा दशैँमा खुब्बै रमाइलो गथ्र्यौँ हामी । नयाँ लुगा लाउँथ्यौँ, टपरी भरि चिउरा र मासु खान्थ्यौँ अनि माथ्लो गाउँमा स्याङ्ताननी बज्यैको बारीमा पिङ खेल्न जान्थ्यौँ । त्यो उमेर, त्यो लहड...सायद साह्रै उच्छिल्ले पनि थियौँ हामी । टन्न चिउरा र मासु खाएर पनि मोक्तान काकाको करेसामा बोडी चोर्न पुग्थ्यौँ, कान्छी दिदिले भकारीमा लुकाएको केरा सुटुक्क टप्काईदिन्थ्यौँ । निक्कै स्वतन्त्र थिए ती दिनहरु । विहान सबेरै उठ्दा पारीजात मगमगी बास्ना आउन थालेपछि दशैँ आउन लागेको बुझ्थ्यौँ हामी । अनि सबै साथीहरु जम्मा भएर हातको औँला देखाउँदै दशैँको खेल खेल्थ्यौँ । दशैँ आयो, खाउँला पिउँला, के खाउँला, चोरी ल्याउँला , धत् पापी म त छुट्टै बसौँला । बडो रमाइलो लाग्थ्यो यो खेल । साथीहरुको बीचमा दशैँ आउन अब कति दिन बाँकी भनेर दिन गन्थ्यौँ । मलाई त दशैँमा हाम्रा बा ले जुत्ता, सर्ट, पाइन्ट किनिदिने रे भन्दै सुनाउँथेँ म साथीहरुलाई । अनि उनीहरुले पनि त्यस्तै भने, म फेरी थपेर मलाई त झन पिलपिले घडी पनि किनिदिने रे भनिदिन्थेँ । अरु पनि के के कुराहरु आफै बनाएर सुनाउँथेँ म साइँला, भुन्टे, काले, फुलमाया र सानकान्छीहरुलाई । अनि म त दशैँमा यत्ति धेरै मासु खान्छु भन्दै दुबै हातले देखाउँथेँ । किनकी तिमीहरुको भन्दा मेरो दशैँ विशेष हुन्छ भनेर सुनाउन चाहन्थेँ म उनीहरुलाई । त्यो बाल्यकाल वास्तवमै रमाइलो थियो । १ रुपैयाँको नोटमा पनि मन फूरुङ्ग हुन्थ्यो । अनि दौडिँदै ठुल्दाई हरुले लङ्गुर बुर्जा खेलाएको ठाउँमा गएर झण्डीमा थाप्थेँ । जब अरु नै दाउ परेर मेरो पैसा ठुल्दाईले सोहोर्थे अनि रोएर भएपनि पैसा फिर्ता माग्थेँ । कस्तो मनमौजी त्यो बाल्यकाल,जे गर्न पनि पाइने, जसो भन्न पनि पाईने ।
तर आज त्यो रमाइलो बाल्यकाल त्यही रमाइलो गाउँमा छाडेर सात समुन्द्र पारी यो विरानो ठाउँमा एक्लै कल्पिरहेको छु । आमा, यहाँको भित्ते पात्रोले तारिखमा दिन गन्ती गर्छ । साथीहरुसँग सोधेर दशैँ कहिले हो भन्ने थाहा पाएको । यदि मैले सही थाहा पाएको भए, आज पक्कै पनि अष्टमी हो । यतिबेला त पूरै गाउँ मासु तह लगाउनमै व्यस्त होला है । पूरै गाउँ त भनेँ तर हाम्रो घरमा कत्ति मासु भित्रियो कुन्नि, साह्रै चिन्ता लागिरहेको छ मलाई ।
परदेशीलाई सँधैभरि घरको यादले सताइरहँदो रहेछ आमा । घरमा हुँदा म कत्तिपनि काम गर्दिनथेँ । त्यसैले त तपाईँ गाली गर्नुहुन्थ्यो नि, घरमा वरको सिन्का पर नसार्ने मान्छे विदेशमा गएर के काम गर्ला र खै भन्दै । साँच्चै मैले तपाईँलाई कत्ति दुःख दिएँ है आमा । तपाईँ सकीनसकी एक्लैले बारीमा मकै गोडिरहँदा पनि म चाहीँ साथीहरुसँग डंगल डंगल चाहारेर हिँडथेँ । अझ खानेबेलामा मिठो पनि मैलाई चाहिने । त्यसैले त तपाईँ भन्नुहुन्थ्यो नि, अल्छी तिघ्रो स्वादे जिब्रो भनेर । तपाईँका सबै अर्तीहरु आज म हरेक दिन सम्झिन्छु । हाम्रो गाउँमा जेठमा हुने गर्मी भन्दा कत्ति हो कत्ति गर्मी खपेर काम गर्नुपर्छ यहाँ । तैपनि मुदिरले कहिल्यै कामको जस दिँदैन । सँधै यसो भएन, उसो भएन भन्छ । बिरामी हुँदा पानी तताएर दिने मान्छे पनि हुँदैन आमा, सबै काममा गएका हुन्छन् । आफ्नो त काममा नगए बापत तलब नै काटिन्छ । साँच्चै यो विदेशका मान्छेहरुसँग त मन भन्ने चिज नै हुँदैन रै छ क्यारे । कामसँग मात्रै सरोकार । कहिलेकाहीँ त दिक्क लाग्छ आमा, एक मन त आफ्नै गाउँ फर्किएर खोरिया खन्छु र निक्के दुःख गर्छु भन्ने पनि लाग्छ । तर फेरी तपाईँको तिलहरी र माडबरी काजी साहुकोमा बन्धकी राखेर विदेश आएको कुरा सम्झिन्छु, अनि घर फर्किने सोँच आफै हराएर जान्छ ।
यतिबेला त्यहाँ टहटह जुन लागेको होला है......यसपाली त ज्ञाने, हरिपूर्ण, राजकुमारहरुपनि विदेशबाट फर्किएको छ रे भन्ने सुनेथेँ । गाउँ त रमाइलो नै होला । तर हाम्रो घरमा पो रमाइलो छ की छैन खै....बन्धकी राखेको तपाईँको गहना र गैह्री खेत निखन्न पा को भए यसपाली दशैँमा तपाईँको हातको टीका थाप्न आईपुग्थेँ आमा । तर के गर्नु हाम्रो थाप्लोमा त भावीले पनि दुखै दुख मात्रै लेखेको रै छ क्यारे, कहिल्यै नसिध्धिने गरि । केटाकेटीहरुले खुब्बै सम्झेका होलान् है मलाई ? त्यो फुच्चे केटोले नयाँ लुगा ल्याइदिनु भनेर कत्ति पि¥यो होला तपाईँलाई । अनि सानी नानीले बाबा कहिले आउनुहुन्छ भन्दै आमा चाहीँलाई सोधेर हैरानै बनाई होला । म त यही सोँचिरहेछु, फुच्चे केटो पुरानै लुगा लगाएर रोँटे पिङ खेल्न डाँडामा पुग्यो होला, अनि सानी नानी आमा चाहिँलाई मेरो बारे सोधेर पिर्दै होली ।
फुच्चे केटो यतिबेला रोँटे पिङमा झुल्दै छ की ।
बाबा आउनुहुन्छ भन्दै सानी नानी भुल्दै छ की । ।
नानी बाबु रुँदाखेरी आमा चाहीँलाई के भो होला
चामल पैँचो खोज्न भन्दै घरघर पो डुल्दै छ की । । ।
............गाउँघरमा रोँटेपिङ खेल्दै होला छोरा.............
पैसा भए त जतिसुकै चाडबाड आए पनि रमाइलै हुन्थ्यो होला नी आमा । के गर्ने नाम मात्रको लाहुरे भइयो । गोजी भने सँधै रित्तो । अनि त चाडबाड आएपनि के मन फुरुङ्ग हुन्थ्यो र । टन्न पैसा कमाउन पा को भए, तपाईँको गहना र खेत निखन्न पा को भए । हाम्रो लागि पनि यो दशैँ कत्ति खुशी लिएर आउँथ्यो होला है । अझै केही वर्षका दशैँहरु हाम्रा लागी होईनन् आमा । अरुहरुकै लागि मात्रै हुन् । आमा चाहीँ र तपाईँले जसोतसो मन बुझाउनुहुन्छ होला भन्ने विश्वास लिएको छु । तर केटाकेटीको निक्कै चिन्ता लागिरहेको छ मलाई । कतै तिनीहरु वल्लोपल्लो घरमा खानेबेलामा ढुक्न त पुग्दैनन् ? भुराको मन हो के भर हुन्छ र आमा, खानेबेलामा टुलुटुलु हेरेर बसिदिए भने त लघार्लान नी छिमेकीले । सम्झिँदा पनि मुटु भक्कानिएर आउँछ, आलसतालस हुन्छु म । हे भगवान यदि दुखीको घरमा मात्रै तेरो बास हुने भए कृपा गरि मलाई अझै बढी दुख दे, अझै । होईन भने अब त यी दुखहरु हटाइदे म बाट । अझै कति लिन्छस् मेरो परीक्षा । मैले दिइरहेको यो परीक्षामा मेरा नानीबाबुहरु साँढेको जुधाई बाच्छाको मिचाईमा परेका छन् ।
आमा, छिमेकीहरु भनेका पनि, छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी भनेझैँ त रहेछन् नी । मन भएको भए त, घरमा बडेमाको खसी ढाल्दा ती कार्की बा ले हाम्रो नानीबाबुको मुख हेरेर पनि एक धार्नी मासु दिन सक्थे नि । पैसा त म आएर तिरिहाल्थेँ, त्यति पैसा खाएर भाग्थेनौँ क्यारे । ती पनि यहाँको मुदिर जस्तै कठोर रै छन् । केटाकेटीको आँशु लाग्नेछ तिन्लाई ।
साँच्चै आमा, गाउँका विकास,इन्द्रे र कैलासले पनि बिहे गरे रै है । अस्तिदेखी त मन्जितको पनि ससुरालीमा आवतजावत हुन थाल्यो रे, दाईले भन्दैथ्यो मलाई । उनीहरुको जोडी पहेँलो जमरा र रातो टिका लगाएर माथी डाँडाँमा पिङ खेल्न जाँदा हाम्रो पनि आमा चाहीँको मन कत्ति कुँडिन्छ होला है । उस्लाई पनि त म सँगै भइदिएको भए हुन्थ्यो जस्तो त लाग्छ होला नी । कत्ति अर्काको ढिकी कुटेर बालबच्चा पाल्ने भन्ने पनि सोँच्दीहोली नी कहिलेकाहीँ त । त्यसको पनि ख्याल गर्नु आमा । उमेरले अलि सानै छे, व्यवहारले मात्रै गाँजेको हो त्यसलाई । कहिलेकाहीँ गल्ती नै गरि भनेपनि माफी दिनु । मनमा कुरा नलिनु ।
उसको पनि रहर होला, इच्छा अनि चाहा होला ।
जो सोँचे नि पुग्दैन त, भन्ने पनि थाहा होला । ।
मिठो खाउँ, राम्रो लाउँ यस्तै यस्तै छ की मनमा घरीघरी छिमेकीको जीन्दगीको डाहा होला । । ।
............जमरा र टिका लगाई हिंड्ने सुन्दर जोडी..............
सात समुन्द्र पारी यो विरानो ठाउँमा रहेपनि मन भने सँधै त्यही पुरानो गाउँमै अल्झिरहँदो रहेछ । यहाँ पनि सबै साथीहरु मिलेर टीकाको दिन रमाइलो गर्ने भनिरहेका छन् । विक्रमको बुवा पनि यहीँ हुनुहुन्छ । हामी उहाँकै हातबाट टीका थाप्नेछौँ । जसोतसो गाउँकै झल्को दिनेगरि दशैँ मनाउन खोजिरहेका छौँ । हुन त आफ्नो प्यारो गाउँ जस्तो कहाँ हुन्छ र यो बिरानो भुमि । फेरीपनि गाउँका धेरै साथीहरु सँगै भएकोले केही मात्रामा भएपनि गाउँ जस्तो भने लाग्नेछ हामीलाई पनि । थाहा छ आमा कहिलेकाहीँ तपाईँको याद आउँदा मलाई त कस्तो कस्तो हुन्छ, भित्रैदेखी रुन मन लागेर आउँछ । हामी सानो छँदा दाईलाई गाली गर्दै तपाईँ भन्नुहुन्थ्यो नी—आमा बाउको मन छोराछोरी माथी, छोराछोरीको मन ढुङ्गामुढा माथी भनेर । साँच्चै भनुँ भने त्यतिबेला त मैले आमा बाउको मन छोराछोरी माथी भनेको मात्रै बुझेको थिएँ । गाउँमा कसैले एउटा मिठाई खान दियो भने पनि तपाईँ पोल्टामा हालेर ल्याउनु हुन्थ्यो दाँतले टोकेर हामीलाई भाग लगाइदिनुहुन्थ्यो । अनि हामीलाई नै मिठो खुवाउन, राम्रो लगाउन र धेरै पढाउनका लागि बुबा घर छोडेर टाढा—टाढा जानुहुन्थ्यो काम गर्न । एकचोटी राती झमझम पानी परिरहँदा बालुवा बोक्ने हाफ ट्रकमा काम गर्न बुवा झोलामा केही कपडा बोकेर पानीमा भिज्दैभिज्दै गएको मलाई सब्बै याद छ आमा । सब्बै याद छ । त्यो रात तपाईँ राम्रो सँग निदाउन सक्नुभएको थिएन, अनि रातभरि कत्तिपटक चुरोट सल्काइरहनुभएको थियो । एकपटकको दशैँमा हामीलाई नयाँ लुगा किनिदिनको लागि रामजीको मेल नेरको कपडा पसलमा उधारोमा लुगा माग्नुपर्दा बुबा र तपाईँको अनुहार लाजले कस्तो कस्तो भएको थियो, मलाई त्यो पनि याद छ । सायद दाईले पनि त्यस्तै सोँचेर होला, त्यतिबेला कपडा छान्न निक्कै आनाकानी गरेथ्यो त्यस्ले । मलाई त जस्तो भएपनि हुन्छ, तपाईँहरुले नै छानिदिनु भनेथ्यो । यस्तै यस्तै कुराहरुले गर्दा आमा बाउको मन छोराछोरी माथी भनेको चाहीँ राम्ररी बुझेको थिएँ मैले । तर त्यतिबेला नबुझेको छोराछोरीको मन ढुङ्गामुढा माथी भनेको चाहीँ यत्तिका वर्षपछि बल्ल अचेल बुझ्दैछु । मैले पठाइदिएको पैसा तपाईँलाई झाँक्री लगाउँदैमा सिद्धिएको कुरा मलाई दाईले भनेथ्यो । त्यतिबेला मैले भनेको थिएँ—पैसा केही पनि होईन दाई, त्यो त पछि पनि कमाउन सकिन्छ । सबैभन्दा ठुलो कुरा त आमा बुवा पो हो त , जस्लाई हामीले एकपटक गुमायौँ भने जति रोएपनि, कराएपनि कहिले पनि फिर्ता पाउँदैनौँ । थाहा छ आमा, नेपालमा शनिबार बिदा भएजस्तै यहाँ चाहीँ शुक्रबार बिदा हुन्छ । यहाँ हाम्रो घर पारीको राप्ती खोला भन्दा पनि धेरै ठुलो खोला भएको समुन्द छ, सबै साथीहरु विदाको दिन त्यहीँ घुम्न जान्छन् अनि भण्डारा बजारमा लाग्ने हाट भन्दा पनि ठुलो ठुलो बजारहरु छन्, त्यहाँ पनि जान्छन् साथीहरु । तर मलाई भने कतै पनि जान मनै लाग्दैन आमा । बिदाको दिनपनि काममै जान्छु । काम गर्न भनेर त आको हो नि विदेशमा, समुन्द्रमा घुम्न भनेर हो र । थाहा छ आमा विदेश आएपछि त म पनि धेरै बुझ्ने भएको छु नि । अरु साथीहरुलाई पनि सम्झाउने भा को छु । त्यसैले हामी सानो छँदा तपाईँले भन्नुभएको कुरा काट्ने आँट गर्दैछु अहिले । बाबुआमाको छोराछोरी माथी भएजस्तै छोराछोरीको मन पनि बाबुआमा माथी नै हुँदोरहेछ आमा । ढुङ्गामुढा माथि हुँदैन रहेछ । साँच्ची भनेको मैले । नपत्याए दाईलाई सोध्नु त । अब म नेपाल आएपछि पहिला जस्तो तपाईँ मकै गोडिरहँदा म चाहीँ साथीहरुसँग गाउँतिर डुल्न जान्नँ आमा । बरु तपाईँको कोदालो खोसेर आफू गोड्छु सबै मकै । त्यतिबेला जानिनँ भने बुबा र तपाईँ आलीमा बसेर सिकाउनुन ल.... अझै केही वर्ष कुर्नु खुशी लिएर आउँछु आमा । भएका ती दुःख सबै यहीँ दिएर आउँछु आमा । ।
गहना र गैह्री खेत एकैपटक निखनौँला
मात्र २—४ वर्ष न हो, आँशु पिएर आउँछु आमा । । ।
....................सबै भन्छन् लाहुरेसँग धेरै हुन्छ धन, कस्ले देख्छ टुक्रिएको लाहुरेको मन.......
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएकै बेश आनन्दी मनले । ।
साँचो भनेका थिए महाकवि देवकोटाले, त्यस्तो धन भएर पनि के काम जुन पाउनका लागि आफ्नो भन्नेहरुदेखी यत्ति टाढा बसेर दुख गर्नुपर्छ । परिवारसँग न दुखमा सँगै बसेर रुन पाइन्छ न खुशीमा सँगै बसेर अघाउञ्जेल हाँस्न नै । कहिलेकाहीँ त यस्तो लाग्छ की , जीन्दगी नै पैसाको पछाडी दौडिँदा दौडिँदै त बित्दैन । फेरी त्यति नै बेला सोँचिहाल्छु, मैले परिवारप्रतिको जिम्मेवारी धेरै पूरा गर्नुछ ।
आमा अहिले त हाम्रो गाउँ निक्कै सिङ्गारिएको होला है । घरका भित्ताहरु रातो माटो र कमेरो माटोले पोतिएका होलान । चुलोचौकोदेखी आँगनसम्मै सिनित्तै लिपेर राम्रो बनाइएका होलान सबै घरहरु । घर पछाडीको बनबाट सालको पात ल्याएर टपरी गाँसे होलान छिमेकी भाउजुहरुले । सपनामा दिनरात घर पुगेको पो देख्छु अचेल । बारीको त्यो आँपको रुख सुकेको पो देख्छु अचेल । ।
आउला आउला भन्दा भन्दै यसपाली नी आएन त
यस्तै भन्दै आमाको मन दुखेको पो देख्छु अचेल । । ।
...............यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैँमा...............
मन त थियो नी सबै परिवार सँगै बसेर रमाइलो गर्ने । तर हामीले चाहेको सबै कुरा कहाँ पूरा हुँदो रहेछ र आमा । यदि त्यसो हुन्थ्यो भने त, किन मुग्लानिया हुनुपथ्र्यो होला र । आफ्नै देशको माटोमा पसिनाका थोपाहरु सुरक्षित गरिन्थ्यो होला नि । जे छ मिठो पिठो बाँडेर खाइन्थ्यो होला । मान्छेले आ आफ्नो लेखान्त पूरा गर्नुपर्छ रे । हामी मान्छेहरु भनेका त कुनै नाटकको पात्रहरु मात्रै हौँ रे दाईले यस्तै भन्थ्यो । हामीले खेल्ने नाटकको कथा त अन्तै कतैबाट तयार हुन्छ रे । कस्ले दुखी बनेर खेल्ने, कस्ले सुखी बनेर खेल्ने, को घरमै बस्ने अनि को टाढा जाने सबैकुरा माथी बस्ने भगवान भनिने कुन्नि कस्ले हो निर्धारण गर्छ रे । सायद यतिबेला म पनि त्यस्तै कुनै नाटकको भूमिकामा अभिनय गरिरहेको छु होला, अनि तपाईँहरु पनि । जे होस् आ आफ्नो भूमिका राम्रोसँग निभाउँ अहिले, पछि के हुन्छ कस्लाई पो थाहा छ र .....हृदयमा यस्तै ठुलो घाउ रहेसम्म । ब्याजको स्याज जोडने जाली साहु रहेसम्म । ।
कसोगरि यो मन अन्त डुलाउन सक्छु
बुवा आमासँगै प्यारो गाउँ रहेसम्म । । ।
..............यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैँमा ............






No comments:
Post a Comment