Saturday, 19 October 2013

हेर्नुस् त चुरोटले के-के गराउँदो रहेछ ? (फोटोफिचर सहित)

धुमपानले मानिसमा फोक्सोको क्यान्सर गराउँछ, मुटु सम्बन्धि विभिन्न खाले समस्याको सिर्जना गर्छ भन्ने लगायतका कुरा त हामीलाई थाहै छ । तर पछिल्लो अध्ययनले भने चुरोटको सेवनले महिलाको जिउ खैरो बन्दै जाने, अनुहारमा भुत्ला पलाउन थाल्नुका साथै पुरुषमा शुक्रकिटलाई निस्कृय बनाउँदै लैजाने तथ्य पत्ता लगाएको छ ।
tob
फिनल्याण्डका शोधकर्ताहरुले चुरोटका यी नयाँ खराबीहरुलाई तस्वीरको माध्यमबाट प्रस्तुत गर्दै चुरोटका खतरालाई प्रस्तुत गर्न एक अन्तरक्रियात्मक वेबसाइट तयार गरेका छन् । टोबाको बडी नामक उक्त वेबसाइट क्यान्सर सोसाइटी अफ फिनल्याण्डको सहकार्यमा तयार पारिएको छ ।
1
त्यहाँ धुमपानले महिला र पुरुषको स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई तस्वीर सहित छुट्टछुट्टै देखाइएको छ । त्यहाँ विभिन्न खाले जानकारी समेत दिइएको छ । धुमपानले महिलाको अनुहार तथा पाखुरामा समेत अतिरिक्त रौँ पलाउने जानकारी दिइएको छ । विस्तृतमा जानकारी लिनका लागि वेबसाइटमा गएर महिला वा पुरुषको सरीरमा क्लिक गर्नुपर्नेछ ।
2
विज्ञहरुका अनुसार धुमपानका अम्मलीको छाला अस्वस्थ तथा कुरुप देखिन्छ किनकी चुरोटमा पाइने रसायनले छालाका इलास्टिक फाइबरमा असर पुराउँछ र छाला कडा बन्छ । धुमपानले छालामा विभिन्न खाले दाग तथा थोप्ला आउने सम्भावना पनि बढि हुनुका साथै रक्तसंचारमा असर पुग्छ । विज्ञहरुका अनुसार धुमपान गर्ने सहरिया युवतीहरु मोटोपनाको सिकार हुने खतरा पनि बढि हुन्छ ।
3
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment