“म तपाईं संग डेट जान चाहान्छु ।” मैले सिधैं मुख खोलेर भने ।
एकै छिन हामी बिचमा मौनता छायो । सायद आँखाको सामुन्ने भएको मौनता भए उनको अन्यौलताको अनुहारको रेखाहरु हेर्न लायक हुन्थे होलान । र म त्यसमै रमाएर घन्टौं विताउन सक्थें होला । तर बिडम्बना म फोन बाट उनलाई प्रस्ताव राख्दै थिएँ । त्यो केहि पलको मौनता पनि कौतुहलता संगै मेरो लागि असहय पिडा बन्यो ।
मैल मनमनै आफैलाई धिक्कारे – पहिलो भेट पश्चात नै मैले यसरी प्रस्ताव नराख्नु पर्ने थियो । के ममा धैर्यता भन्ने छैन?
“म के भनु? मलाइ कस्तो अफ्ठ्यारो लागिरको छ ।” मौनतालाइ चिर्दै मलिन स्वरमा उनले भनिन ।
“किन?” म अक्मकिए झैं गरेर आफ्नो कौतुहलता व्यक्त गरें ।
“म सच्चि भन्दै छु । मैले यो कल्पना पनि गरेको थिइन र मलाइ तपाइँसंग डेट जाने हिम्मत पनि छैन । मलाई माफ गर्नुस म संग त्यत्रो हिम्मत नै छैन ।” उनले हिम्मत बटुलेरै अस्विकार प्रकट गरिन ।
सायद उनको नजरमा म ठुलो मान्छे भन्ने लाग्यो होला! मान्छे पनि ठुलो-सानो हुन्छ र? मैले सोचें ।
तर म उनको नजरमा ठुलो मान्छे होइन कि केटाकेटी जस्तो भएर प्रेम गर्न चाहन्छे – विना कुनै हिच्किचाहट, विना कुनै रोकतोक । आकाशमा स्वतन्त्र उड्ने चखेवा जोडी जस्तो ।
“मैलें अस्तिको भेटमा केहि ठुला कुरा गरें हो? हेर! म साधारण मान्छे हु । कहिलेकाही केहि कुराहरु अनायास आउछन । तर विश्वास गर म एकदमै साधारण मान्छे हु ।”
लाग्यो यो ठुलो-ठुलो सपना देख्ने र संसार हाँक्ने कल्पना गर्नु पनि वाइयात् नै रैछ । वेकारमा अरुको नजरमा त्यत्तिकै ठुलो मात्रै देखिने । हुने केहि होइन । गर्ने पनि केहि होइन । भ्रमको खेती गर्दै हिड्ने नेता जस्तो !
त्यसपछि २० मिनट सम्म फोनमा वार्तालाप भई नै रहयो । उनलाई जति बुझाउने कोशिश गरें पनि सकिन । उनको नजरमा म एउटा बौदिक व्यक्ति भन्ने ठुलो छाप रैछ । त्यसलाई राम्रो अर्थमा लीईन वा यस्तो खुस्केट संग पनि के हिड्नु भन्ने सोचिन त्यो उनले जान्ने कुरा । तर उनले मलाइ रिजेक्ट गरिन ।एकै छिन हामी बिचमा मौनता छायो । सायद आँखाको सामुन्ने भएको मौनता भए उनको अन्यौलताको अनुहारको रेखाहरु हेर्न लायक हुन्थे होलान । र म त्यसमै रमाएर घन्टौं विताउन सक्थें होला । तर बिडम्बना म फोन बाट उनलाई प्रस्ताव राख्दै थिएँ । त्यो केहि पलको मौनता पनि कौतुहलता संगै मेरो लागि असहय पिडा बन्यो ।
मैल मनमनै आफैलाई धिक्कारे – पहिलो भेट पश्चात नै मैले यसरी प्रस्ताव नराख्नु पर्ने थियो । के ममा धैर्यता भन्ने छैन?
“म के भनु? मलाइ कस्तो अफ्ठ्यारो लागिरको छ ।” मौनतालाइ चिर्दै मलिन स्वरमा उनले भनिन ।
“किन?” म अक्मकिए झैं गरेर आफ्नो कौतुहलता व्यक्त गरें ।
“म सच्चि भन्दै छु । मैले यो कल्पना पनि गरेको थिइन र मलाइ तपाइँसंग डेट जाने हिम्मत पनि छैन । मलाई माफ गर्नुस म संग त्यत्रो हिम्मत नै छैन ।” उनले हिम्मत बटुलेरै अस्विकार प्रकट गरिन ।
सायद उनको नजरमा म ठुलो मान्छे भन्ने लाग्यो होला! मान्छे पनि ठुलो-सानो हुन्छ र? मैले सोचें ।
तर म उनको नजरमा ठुलो मान्छे होइन कि केटाकेटी जस्तो भएर प्रेम गर्न चाहन्छे – विना कुनै हिच्किचाहट, विना कुनै रोकतोक । आकाशमा स्वतन्त्र उड्ने चखेवा जोडी जस्तो ।
“मैलें अस्तिको भेटमा केहि ठुला कुरा गरें हो? हेर! म साधारण मान्छे हु । कहिलेकाही केहि कुराहरु अनायास आउछन । तर विश्वास गर म एकदमै साधारण मान्छे हु ।”
लाग्यो यो ठुलो-ठुलो सपना देख्ने र संसार हाँक्ने कल्पना गर्नु पनि वाइयात् नै रैछ । वेकारमा अरुको नजरमा त्यत्तिकै ठुलो मात्रै देखिने । हुने केहि होइन । गर्ने पनि केहि होइन । भ्रमको खेती गर्दै हिड्ने नेता जस्तो !
उनि संगको पहिलो भेट मै मैले फरक अनुभव गरेको थिएँ । सायद केहि कुराहरु थियो उनमा जसले मेरो मनको धैर्यताको बाँध तोड्यो र मैले दोश्रो दिन मै फोन बाट प्रस्ताव राखें ।
यो आजको कुरा होइन, लगभग सात बर्ष अघिको कुरा हो । म आज किन सम्झंदै छु मलाइ थाहा छैन । यो विचको अन्तरालमा यो घटना मेरो मानस पटलमा कहिले आएन । कहिँ कतै कुनामा लुकेर बस्यो होला, कम्प्युटरमा हिडन फाइलस बसे जस्तो । तर आज अनायासै याद आयो । मनै त हो खालि बस्नै नसक्ने । अझ एकान्त देख्नै नहुने, उ आफ्नो भड्किलो ताण्डव नृत्य शुरु गर्छ । कहिले अतीतलाई कोट्टयाइ रहन्छ, कहिले वर्तमानलाइ सराप्छ र कहिले भविष्यको सपना बुन्नमा तल्लिन रहन्छ । र केहि पाएन भने यी सबको समिक्षा गरेर बस्छ । मैले त्यस्तो नगरेर यस्तो गरेको भए के हुने थियो होला? मैले त्यो बाटो नहिडेर अर्को बाटो हिडेको भए कहा हुन्थे होला?
के म यी नानाथरी कुराहरु रोक्न सक्दिन? के म मेरो मनलाई कम्प्युटर जस्तो सट डाउन गर्न सक्दिन?
अस्ति एउटा साथीले प्रसंग बस भनिन “म मान्छु तिमि विद्वान हौ, तर यो पनि तिमीले स्विकार्नु पर्छ कि तिमीलाइ प्रेमको अर्थ थाहा छैन । वास्तवमा बौद्दिक व्यक्तिहरु प्रेम गर्न जान्दैनन् । उनीहरुको मन माथि दिमागको अधिपत्यता हुन्छ । उनीहरु जीवनलाई गणितीय हिसावमा लगेर जोड घटाउ गरिदिन्छन । अनि यसमा यो घटाएको भए, त्यो जोडेको भए यस्तो वर्तमान र भविष्य हुने थियो भन्ने सपना देक्छन । हिसाव किताबले जीवन चल्न सक्ला तर प्रेम चल्दैन । त्यसैले तिमि मलाइ मुर्ख लाग्छ, जसले जीवनलाइ मेशिन जस्तो बनाएको छ ।”
म बोलिन । धेरै बेर मौन रहे ।
जसको म संग उत्तर नै छैन त्यस बारे म के बोलुं? जब म आफै अन्योलमा परेको छु त म के भनु?
उनलाई खोक्रो शव्दको उत्तरले प्रहार गर्नु भन्दापनि मैले त्यहि प्रश्न आफै संग गरें । तर बिडम्बना, उत्तर भेटिन ।
के मैले यति उमेर सम्ममा कहिले कसैसंग प्रेम गरिन? के मलाइ कसैले मन पराएन? के म त्यस्तो मुर्ख छु, उनले भने जस्तो?
“तिमि मुर्ख छौ । तर मलाइ तिमि राम्रो खालको मुर्ख लाग्छ ।” उनले मेरो मौनतालाइ चिर्दै हाँसेर भनिन । “किन लाग्छ त्यो पनि मलाइ थाहा छैन ।”
सायद उनले बुझिन होला । उनको तिखो बाणले म घाइते भएको छु । मेरो मुटुमै प्रहार भएको छ । मुटुमै?? भनेपछि म संग पनि मुटु छ मैले पनि बुझें । छ र काम पनि गर्दो रैछ । तर के यो दिमागको अधिपत्यताबाट पिडित छ?
उनको कुरा केहि हद सम्म सहि नै थियो, अहिले म सोच्छु । जीवनलाइ मैले गाडी नै बनाएको रैछु । आफ्नै सपना ओसार्ने गाडी – जहाँ प्रेमको अस्तित्व कम नै छ । के यो मेरो जीवन निरस छ?
मलाई मन पराउछु भन्ने हरु नभएका पनि होइनन । कतिले भने पनि र कतिले भन्ने हिम्मत नै गरेनन होला जसरि मैलेपनि कतिलाइ मन पराएँ तर अस्विकार हुन्छ भन्ने डरले बोल्नै सकिन । “उ ट्यालेन्ट छ, राम्री छ, सम्पन्न छ – के मलाइ स्वीकार गर्ली र?” भन्ने दुबिधाका प्रश्नहरु मेरो खुट्टा समातेर झुण्डीरहे, मलाइ अगाडी बढ्नबाट रोक्नका लागि । अनि म पनि रोकिएँ दिमागी जोड-घटाउ पछी । त्यसै गरि कति “उनी”हरुका खुट्टा पनि रोकिए होलान !
म अहिले सम्झन्छु कति पटक त म निष्ठुरी बनेको छु । फर्किएको फुलको बोट जरै देखि गोड्नु भन्दा विजाअंकुर नै निमोठीदिएको छु । शव्द रुपी भएर आएका प्रस्तावहरु मुटुमा जान नपाउंदै कानै बाट फर्काइदिएको छु । के मैले पाप गरें? सायद यो उनले भने जस्तै विद्वानहरुको दुरगामी नजर होला – त्यो बोटमा कोपिला लाग्दैन भन्ने दुरदर्शी नजरले देखेर मलजल नै नगरे जस्तो !
कति फुलहरु फुल भएर पनि मन परेनन् ।
फुल त फुल नै हो नि होइन र?
आफ्नो बगैचालाइ मिल्दो-जुल्दो फुलहरुले मिलाएर सजाउने रहर कसको हुदैन र ! जब चमेली फुलको बिचमा गएर अफिम फक्रन खोज्छ, कसलाई राम्रो लाग्छ र? अफिम नशालु हुन्छ, त्यस्तै कति मान्छेहरु फुलकै रुपमा भएर पनि नशालु हुन्छन । सायद बौद्दिकताले सिकाएका यी शंकालु घेरा हुन । फुल भित्रै पनि नशा, बिष, रस, मद र सारा राम्रा-नराम्रा गुण देख्न सक्ने !
प्रेमको गन्तव्य हुदैन, प्रेम जीवनको यात्रा हो । त्यस्तै मेरो यो सोचको पनि कुनै निष्कर्ष छैन । यो केवल अन्त्यहीन सोच हो, जुन चलिनै रहनेछ ।

No comments:
Post a Comment