सँधै राम्रोसँग चलिराखेको कम्प्युटर अचानक ढिलो हुनु, धेरै ह्याङ्ग हुनु, अनि अनावश्यक रूपमा कम्प्युटर तातिनु, यस्तो समस्याले तपाईँलाई अन्योलमा पारिराखेको छ? यो समस्या कतिपय अवस्थामा कम्प्युटर भाइरसले पनि गर्छ। कम्प्युटर भाइरस तथा वर्म (worm) लाई कम्प्युटर भाषामा ‘मालवेयर’ (Malware) पनि भनिन्छ। अनि कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्दा पनि त्यो समाधान भएन भने बुझ्नुहोस् कि त्यो एन्टिभाइरसले भाइरसलाई हटाउन सकेन। यदि तपाईँ आफ्नो कम्प्युटरमा भएको व्यक्तिगत अथवा अफिसियल फाइलहरूलाई यस्ता भाइरसबाट बचाउन चाहनुहुन्छ भने उत्कृष्ट एन्टिभाइरस जस्ले जस्तोसुकै भाइरसलाई पनि हटाउन सक्छ, त्यस्तो एन्टिभाइरस राख्नु जरुरी हुन्छ।
अझसम्म विश्वभरि हजारौँ एन्टिभाइरसहरू बनिसकेका छन्, तर सन् २०१५ सबैभन्दा उत्कृष्ट दशवटा सफ्टवेयर यस्ता छन्।
१०. जि-डाटा एन्टिभाइरस
१० औँ स्थानमा जि-डाटा एन्टिभाइरस (G Data Antivirus) परेको छ। रेटिङ्ग हेर्नुपर्दा यो सफ्टवेयरले १० मा ८.४० रेटिङ्ग पाएको छ। यो सफ्टवेयरमा केहि अत्यावश्यक सेवाहरूको कमी छ, जस्तै ‘गेमर मोड’ (Gamer Mode), ‘ब्याट्री सेभिङ्ग मोड’ (Battery Saving Mode), ‘लिङ्क स्क्यानर’ (Link Scanner)।
यसको मूल्य २९.९५ डलर रहेको छ।
९. जोन आलर्म एन्टिभाइरस + फाइरवाल
यो ‘जोन आलर्म एन्टिभाइरस + फाइरवाल’ (ZoneAlarm Antivirus+Firewall) ९ औँ स्थानमा परेको छ भने यसले ८.६८ रेटिङ्ग प्राप्त गरेको छ। यसमा ‘बुटेबल रेस्क्यु सिडी’ (Bootable Rescue CD) को सेवा छैन। नयाँ प्रविधि र राम्रो सेवाको सङ्गालोले गर्दा यो सफ्टवेयर पनि राम्रो च्वाइस हुन सक्छ।
यसको मूल्य ४४.९५ डलर रहेको छ।
८. इ-स्क्यान एन्टिभाइरस
८ औँ स्थान प्राप्त गरेको यो ‘इ-स्क्यान इन्टिभाइरस’ (eScan Antivirus) ले ८.७३ रेटिङ्ग पाएको छ। मापन अनुसार यो एन्टिभाइरसले शतप्रतिशत भाइरसलाई हटाउन सफल भएतापनि यसले क्रमशः कम्प्युटरलाई ढिलो गराउने देखिएको छ।
यसको मूल्य २९.९५ डलर रहेको छ।
७. बुलगार्ड एन्टिभाइरस
८.९२ रेटिङ्ग प्राप्त गरेर यो ‘बुलगार्ड एन्टिभाइरस’ (Bullguard Antivirus) ले ७ औँ स्थानमा बसेको छ। यो सफ्टवेयर सबै पक्षमा राम्रो भएपनि कुनै कुनै पक्षमा अलि कमजोर भएको मापनअनुसार जनाएको छ।
यसको मूल्य २३.९६ डलर रहेको छ।
६. अभिरा एन्टिभाइरस
‘अभिरा एन्टिभाइरस’ (Avira Antivirus) छैठौँ स्थानमा परेको छ भने यसले १० मा ९.०० रेटिङ्ग पाएको छ। यो सफ्टवेयरले सबै परीक्षणमा राम्रो प्रदर्शनी गरेतापनि यसको सेवा सुविधाको लागि फोन सेवा अलि झन्झटिलो रहेको मापनअनुसार जानकारी प्राप्त भएको छ।
यसको मूल्य ३३.६३ डलर रहेको छ।
५. ट्रेण्ड माइक्रो टाइटानियम
‘ट्रेण्ड माइक्रो टाइटानियम’ (Trend Micro Titanium) एन्टिभाइरसले ९.१० रेटिङ्ग प्राप्त गरेको छ भने यो पाचौँ स्थानमा परेको छ। यसको निर्माणको क्रममा थोरै कोड प्रयोग भएको छ भने यसले सामाजिक सञ्जालको सेक्युरिटिलाई जाँच गर्न सक्दैन।
यसको मूल्य ३९.९५ डलर रहेको छ।
४. नोर्टन सेक्युरिटि
यो ‘नोर्टन सेक्युरिटि’ (Norton Security) एन्टिभाइरस सफ्टवेयर पनि सबैले मन पराएको सफ्टवेयर हो र यसले ९.२३ रेटिङ्ग प्राप्त गरि चौथो स्थानमा बसेको छ। यसको फाइदा के छ भने एउटै नेटवर्कमा जोडिएका ५ वटा कम्प्युटर सम्मलाई सेक्युरिटि प्रदान गर्न सक्दछ। यसले जस्तोसुकै भाइरसलाई पनि हटाउन सक्छ तर यसको एउटै मात्र कमजोरी के हो भन्दा यसले कम्प्युटरलाई ढिलो गराउँदछ।
यसको मूल्य ४९.९९ डलर रहेको छ।
३. मेक-एफी एन्टिभाइरस प्लस
‘मेक-एफी एन्टिभाइरस प्लस’ (McAfee Antivirus Plus) सफ्टवेयर पनि सबैले रुचाएका सफ्टवेयर मध्ये एक हो र यसले ९.६८ रेटिङ्ग प्राप्त गरेर तेस्रो स्थानमा बसेको मापनको अनुसार जानकारी प्राप्त भएको छ। यो निर्माण गर्दा एउटा लाइसेन्सले एउटा कम्पयुटरलाई मात्र हुने भनिएतापनि बजारमा कसै-कसैले एउटा भन्दा बढी कम्प्युटरमा चलाइरहेको देखिएको थियो। यसको मूल्य ४९.९९ डलर रहेको छ।
२. क्यास्परस्काइ एन्टिभाइरस
‘क्यास्परस्काइ एन्टिभाइरस’ (Kaspersky Antivirus) को नाम कम्प्युटर चलाउने धेरैले सुनेकै होला। यसले १० मा ९.७० रेटिङ्ग प्राप्त गरि दोस्रो स्थानमा बस्न सफल भएको छ। यो सफ्टवेयरले सबै पक्षलाई राम्रोसँग ध्यान दिएको छ तर सपोर्टको लागि २४ घण्टा सेवा उपलब्ध भने गराउन सकेको छैन।
यसको मूल्य ३९.९५ डलर रहेको छ।
१. बिटडिफेन्डर एन्टिभाइरस प्लस
‘बिटडिफेन्डर एन्टिभाइरस प्लस’ (Bitdefender Antivirus Plus) को नाम सायदै कसैले सुनेको होला तर यो सफ्टवेयर विश्वको सबैभन्दा शक्तिशाली एन्टिभाइरस सफ्टवेयर बनेको छ। यसले ९.७३ रेटिङ्ग पाएर पहिलो स्थानमा बसेको छ। यसले सबै प्रकारमा भाइरस र वर्महरूलाई खोज्दै हटाउँदै गर्दछ र कम्प्युटर पनि ढिलो गराउँदैन। यसले राम्रोसँग काम गर्नको लागि यसलाई अपडेट गरिराख्नुपर्ने जरुरी हुन्छ।
यसको मूल्य २९.९५ डलर रहेको छ।











No comments:
Post a Comment