राष्ट्रिय ध्वजावाहक ट्रक
चढेर फेरि गइयो कतार । जुलाई मासको बगरे घामले आगो ओकल्ने याम । टोलीमा तीन कार
थियौँ । व्यंग्यकार विमल निभा, पत्रकार देवेन्द्र भट्टराई
र गद्यकार म ।
चार वर्षअघि
कतारमा मैले मनको दूरी र कर्मको लय मिल्ने त्रिमूर्तिलाई भेटेको थिएँ । ती थिए— राजदूत डा. सूर्यनाथ मिश्र, पत्रकार देवेन्द्र भट्टराई र साहित्य अभियन्ता
दीपक भेटवाल । तिनका हातमा एक-एकवटा प्रभावकारी अस्त्र थिए ।
मिश्रका हातमा
कूटनीतिको अस्त्र थियो, देवेन्द्रका
हातमा सूचनाको अस्त्र र भेटवालका हातमा कलाको अस्त्र । कुरा सुन्दा अकूटनीतिक
लाग्ने डा. मिश्रको एउटा परम् पि्रय सूत्र थियो— 'म उनान्सय प्रतिशत श्रमिकको पक्षमा र एक
प्रतिशत दलालको विपक्षमा उभिन्छु ।' मिश्र अध्यापन कर्मबाट बुरुक्क उपि|mएर कूटनीतिमा आएका थिए । यस अर्थमा ती
नवप्रवेशी कोरा थिए । त्यसैले त ती कुरामा कूटनीतिक रपmफु नभरिकन कोरा भाषामा कोरा कुरा गर्थे । भन्थे— 'म सके श्रमिकहरूको भलाइ गर्छु र ठग दलालहरूलाई
ठीक पार्छु । नसके जनकपुरमा मेरो प्राध्यापन पेसा छँदै छ ।' बस्, आए आँप, गए झटारो ।
देवेन्द्र र
दीपकसँग नेपाली श्रमिकहरूका कथा बटुल्दै र हाँसखेल गर्दै म सानो कतारका यावत्
कुनाकानी घुमेको थिएँ । र कूटनीति, पत्रकारिता र कलाकोे पmयुजनबाट कतारमा नेपाली श्रमिकहरूको भलाइका लागि
गजपको काम भएको मैले आपmनै
आँखाले देखेको थिएँ । प्रमाणहरू आँखै अगाडि छन् त नपत्याउनु कसरी ! त्यसैले त
कतारे त्रिमूर्तिसामु प्रशंसाभावले नतमस्तक भएको थिएँ म । मेरो मुखबाट रेगिस्तानको अग्निवषर्ी आकाशमा
अनायासै 'धन्य, धन्य' भन्ने ध्वनि प्रस्फुटित भएको थियो । कतारमा
गर्न पनि यी तीन भाइले तमासै गरेका थिए । मरुभूमिका एकलासे अन्तरकुन्तरमा अनाम, अपहिचान र बेखबर रहेर बगरे आगोमा पिल्सिँदै
पसिना, रगत र आँसुले रेमिट्यान्सको सिर्जना गरिरहेका
श्रमिकहरूलाई पत्ता लगाउने देवेन्द्र थिए । नेपालबाट लेखक-कविहरूलाई निम्त्याएर
सन्तापमय निसासमा उच्चाटलाग्दो जीवन जिइरहेका नेपाली श्रमिकहरूमाझ साहित्यको
प्रकाशमय र रसमय वातावरणको सिर्जना गर्ने दीपक थिए । र श्रमिकहरूको हितमा रैथाने
श्रम कानुनलाई उपयोग गर्ने र दलालगणका ठग, लुच्चा र अमानवहरूलाई कानुन, नीति र नैतिकका कोर्राले ठोकी-ठोकी ठेगान
लगाउने सूर्यनाथ थिए । र तिनका सत्कर्महरूलाई छाप्ने र फिँजाउने रैथाने कान्तिपुर
थियो ।
तर यसपाला कतार
जाँदा मैले अर्कै दृश्य देखेँ । पूणिर्माको पि्रतीकर उज्यालोपछि औँसीको सकसलाग्दो
अँध्यारो देखेजस्तो । यहाँ म यो औँसीको सुनिजानेको कथा कहन्छु । डा. सूर्यनाथ
मिश्र कतारबाट फिर्ता भएछन् र राजदूतको आसनमा सट्टाभर्ना भइछन्, डा. मायाकुमारी शर्मा । दलीय अंशबन्डाको तजबिजी राजनीतिमा जे हुने हो, त्यही भएछ । बौद्धिक ल्याकत, कूटनीतिक कौशल र नैतिक सौन्दर्यशून्य
मायाकुमारीलाई करुणामयी पेरिसडाँडाको असीम कृपा प्राप्त भएछ । आखिर अंशबन्डामा
आइलागेको पद न हो । त्यो पदका लागि योग्य र दक्ष, कर्मठ र इमानी पात्र रोजे पनि भयो । त्यो पद
ढङ्ग, सोमत र शरम बिनाको कुनै लम्पटलाई बक्सिस दिए पनि भयो ।
मायाकुमारी
उत्तरआधुनिक टाइपकी मनुवा रहिछन् क्यार । चिन्तन र चरित्रको निश्चित आकार-प्रकार
नभएकी । र तिनमा उत्तरआधुनिक पथको बटुवामा झैँ अडबाङ्गे तालको प्रयोग गर्ने रुचि
भयङ्कर रहेछ । सके तिनका चित्तमा तर्कना यसरी खेल्यो होला— अघिल्ला राजदूत मिश्र सिङ्गल एमए पीएचडी, म टि्रपल एमए पीएचडी । ती कम पठितले जे गरे, म बढी पठित तिनका पाइला लुरुलुरु किन पछ्याउँ ? मौकामा चौका हान्दै कतारमा अमर कीर्ति राख्न म
केही मौलिक काम किन नगरुँ ? बस्, पदमा विराजमान हुनु के थियो, महामहिम मायाले भकाभक प्रयोग सुरु गरिछन् ।
तिनको प्रयोगको सूत्रवचन बनेछ— सुकिलालाई स्वागत, मैलालाई हटक । र तिनको प्रयोग उन्नान सय
प्रतिशत श्रमिकविरुद्ध एक प्रतिशत दलालप्रति सप्रेम समर्पित भएछ । मेरी आमा ! कुरा
सुन्दैमा आङ सिरिङ्ग हुन्छ । डा. मिश्रले अलपत्र परेका श्रमिकहरूका लागि कार्यालय
परिसरभित्र सेल्टर बनाएका थिए । प्रयोगको झोँकमा मायाले सबभन्दा पहिले त्यो सेल्टर
धुजाधुजा पारिछन् । मिश्र छँदा दूतावास श्रमिकका लागि ढाडस र दलालका लागि
आतङ्कतुल्य थियो । मायाको प्रयोगमा त्यो उल्टिएछ । मिश्र कालमा दूतावास मैलाहरूको
मितेरी गृह थियो । र मैलामाराहरूका लागि त्यो हाउगुजी थियो । माया कालमा त्यो पनि
उल्टिएछ । मिश्र रहुन्जेल दूतावासका सबै द्वार श्रमिकलाई सधैँ खुला हुन्थे, दलाललाई द्वारबाट प्रवेश गर्न कठिन हुन्थ्यो ।
मायाश्रीको मौलिक प्रयोगमा त्यो नियम पनि उल्टिएछ ।
मायाकुमारीको
बिछट्टको प्रयोगशीलताको मर्म नबुझ्ने मूढहरूले त्यसको विरोध गरेछन् । कतारे
कान्तिपुरले विरोध गरेछ । दीपक भेटवालले विरोध गरेछन् । श्रमिकगणका सबै
हितचिन्तकहरूले एकस्वरले विरोध गरेछन् । र विरोधको लहर कतारैभरि फैलिएछ ।
प्रत्युत्तरमा केही त गर्नैपर्यो । मायाले अर्को प्रयोग गरिछन् । तिनले कतारको
सेन्सर बोर्डछेउ निवेदन दिइछन्— कान्तिपुरमा नेपाली राजदूतावास र राजदूतको 'र' पनि छाप्न नदिनु । निवेदन पास भएछ । र
मायाकुमारीका मायालु हातबाट कतारका सबै नेपालीका मुख थुनिएछन् ।
प्रयोगले गति
लिँदै जाँदा मायाले गणतन्त्र दिवसको दिन दलालगणका हस्तीहरूलाई विभूषण बाँडिछन् ।
उस्तै उस्ताको मैत्रीभावको कति प्रगाढ दृष्टान्त हो यो !
अधोमुखी प्रयोग
एउटा दुव्र्यसन हो । गर्न थालेपछि त्यो गरुँ-गरुँ लाग्ने । मायाले अर्को प्रयोग
गरिछन् । त्यो हो, फेसबुकमा आफूमाथि विरोध बोल्नेहरूलाई कतारबाटै
निकाला गर्न खोज्नु । बस्, तिनको
निकालाको सूचीमा कतारे कान्तिपुरका सारथी होम कार्की परेछन् । दीपक भेटवाल परेछन्
। यी अनाथ त परे-परे, कतारका एमाओवादी इन्चार्ज पनि परेछन् । गजप छ
बा ! मायालाई राजदूतको गद्दी दिलाइदिने पेरिसडाँडा । तिनको निकालाको लहरमा पर्ने
पेरिसडाँडाकै इन्चार्ज !
प्रयोगको धुनमा
माया एबीसीमा फैलिइन्, बीबीसीमा
फैलिइन् । र उनको प्रयोगका रङ्गनि कथा-किस्साहरू सबैतिर व्याप्त भए । मायाको
कार्यकक्ष बाहिर श्रमिकहरू उनको दर्शन गर्न र आपmनो मर्का सुनाउन घन्टौँदेखि कुरिरहेका हुन्छन्
। भित्र माया जी-सिनेमामा मग्न हुन्छिन् । बाहिर श्रमिकहरू ठग दलालहरू विरुद्ध
उजुरी गर्न आतुर हुन्छन् । भित्र माया उनै दलालसँग मुस्कानको लयमा सद्भाव आदान-प्रदानमा
लीन हुन्छिन् ।
मायासँग उनीबाट
पञ्चखत माफी पाउने दलालहरू सिवाय कोही छैन । तर अचम्म, मायाको गद्दी अटल छ । के होला यो 'अटल'को रहस्य ? बुझ्न खोज्दा कुरो खुल्छ । खुसुक्क भन्छु— माया पेरिसडाँडाकी एक नेतापत्नीलाई
किस्ता-किस्ता गरी अमूल्य कोसेली टक्र्याउँदी रहिछन् । कोसेलीमा जो शक्ति छ, नाथे विरोधको आगोमा के छ ? कतारे बगरमा म देख्छु, नेपाली श्रमिकहरू क्रुद्ध मुद्रामा अन्तहीन
लाममा उभिएका छन् । तिनका मुखमा कालापट्टी छन् । र तिनको एउटा चोरऔँलो दूतावासतिर, अर्को चोरऔँलो पेरिसडाँडातिर सोझिएको छ । के
होला त्यसको अर्थ ? पेरिसडाँडा मौन छ ।
कतारबाट हिँड्न
लाग्दा मायापीडित श्रमिकहरूले घेरेर मलाई सोधे— दाज्यैज्यू ! दूतावास नामक यो आतताती नर्कबाट
हामीले मुक्ति पाउने कहिले होला ? म अलमल्ल परेँ । लाग्छ, पेरिसडाँडामा भवगती सरस्वती अशक्त छिन् । भगवती
लक्ष्मी छिन्, भयङ्कर सशक्त । कोसेलीदातृ भगवती मायालाई छुन
पेरिसडाँडाका नेताश्रीको के तागत ? बस्, कुरो यो हो ! र यो हो, कतारमा पेरिसडाँडाको अमर कृति


No comments:
Post a Comment