वा संगीतकार टंक बुढाथोकीको सगीतको चर्चा चुलिदै गएको छ । चलचित्र “जंजीर”को ‘किन गारो गारो हुन्छ “गीत चर्चामा रहे पनि खासै न चिनिएका टंकले पछिलो पल्ट अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली ” को गीत “काली तिम्रो नजरले गोली मार्यो ढिँच्याउ ढिँच्याउ”बाट नै उनको गीत संगीतको चर्चा हुन थालेको हो ।चलचित्र ‘हिम्मतवाली ” चलचित्र मात्रै हिट भएन कि तेसका गायक तथा संगीतकार टंक बुढाथोकी राता राता चलचित्र नगरीमा हिट हुन पुगे ।यस गीतको सफलता पछि टंकका नेपाली चलचित्र नगरिक धेरै निर्माता , निर्देशकले उनले आफ्नो चलचित्रको गीतमा स्वर तथा संगीत दिनको लागि उनका पुग्न थालेका छन् ।यस बिचमा टंकले धेरै चलचित्रमा स्वर तथा संगीत दिए तर ब्यबसाहिक रुपमा ति चलचित्र चल्न नसके पछि केहि ओजेलमा परेका टंकको चर्चा फेरी बिस्तारै चुलिन थालेको छ ।
उनको स्वर तथा संगीत रहेको पछिल्लो चलचित्र ‘हवल्दार सुन्तली’को गीतको कारण टंकको चर्चा फेरी बजारमा चुलिदै छ ।चलचित्रको ‘घन्टी बज्यो’ बोलको गीत सार्वजनिक भए पछि टंकको सो गीतको संगीत र स्वरले दर्शक तथा स्रोतले खुब मन पराएका छन् । चाडै श्रोता तथा दर्शकको मुखमा झुण्डने खालको गीत बनाउन सिपालु टंकको संगीत रहेको चलचित्र ‘हवल्दार सुन्तली’को यस गीतले ९ दिन भित्रै साठी हजार भन्दा बढी दर्शकले युटुब बाट समेत हेरी सकेका छन् ।टंकले स्वर तथा संगीत दिएका धेरै चलचित्र बजारमा आउने तयारी भैरहेको हुनाले अबका दिनमा टंकको गीत संगीतले अझै बढी चर्चा तथा सफलता हात पर्नेमा टंक दुक्का देखिन्छ ।गीत संगीतमा नै आफ्नो जिन्दगि बिताउने योजनाको साथ टंकले अहिले आफ्नै गीत रेकड़िंग स्टुडियो समेत निर्माण गर्दैछन् ।
No comments:
Post a Comment