इन्टरनेट, ज्ञान र सूचनाको खानी। त्यसो त मनोरञ्जन पनि भरपुर छ यहाँ। इन्टरनेटमा अनेकन सामग्री भएका वेबसाइट तथा वेबपेजहरु धेरै छन्। इन्टरनेटका वेबसाइटहरुको संख्याले मानिसको जनसंख्यालाई नै चुनौती दिइसकेको छ गणनामा। यस्ता धेरै वेबसाइट मध्ये कुन उत्कृष्ट छ, कुन बढि व्यवसायिक छन् भन्ने र कसले दैनिक कति कमाउँछन् भन्ने थाहा दिने वेबसाइटहरु पनि प्रसस्त पाइन्छन् इन्टनेटमा। त्यस्तै हरेक वेबसाइटको मुल्यांकन गर्ने एउटा यस्तो वेबसाइट छ जसले कुन वेबसाइटको यतिखेरको मुल्य कति हो भन्ने हिसाब गरिदिन्छ।
यो वेबसाइटले विभिन्न स्रोतहरुका सूचनाका आधारमा कुनै पनि वेबसाइटको मुल्य, दैनिक पेजभ्यू, दैनिक विज्ञापनको आमदानी, एलेक्सा रयांक, गुगल पेज रयांक, ब्याललिंकहरु, बी लिन्कहरु साथै कुन देशका कति मानिसले उक्त वेबसाइट हेर्छन् भन्ने सबै कुरा पत्ता लगाइदिन्छ। यो वेबसाइटले कुनै पनि वेबसाइटको दैनिक भिजिटर संख्या, पेज भ्यू साथै यसले कमाउन सक्ने दैनिक विज्ञापनको आयको समेत हिसब देखाइदिन्छ। त्यसो त वेबसाइटको दर्ता मिति, समय सकिने मिति, आइपी ठेगाना, र्सभरको प्रकार, ठेगाना साथै कुन खालको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम प्रयोग भएको समेत पत्ता लगाइदिन्छ।
यो वेबसाइटले अंग्रेजी र पश्चिमा मुलुकहरुको पेज भ्यू, भिजिटर लगायतका विभिन्न मापदण्डमा रहेर विज्ञापन, आमदानी तथा मुल्यको अनुमान गर्ने भएकाले नेपाली वेबसाइटहरुमा यो नमिल्न पनि सक्छ। अंग्रेजी वेबसाइटहरुमा धेरै जसो मिल्छ भनिन्छ। यसले विभिन्न धेरै वेबसाइटको साथै विश्लेषण पद्दतीको प्रयोग गर्ने भएकाले यसको तथ्यांकलाई गलत पनि भन्न सकिन्न। यसले अनुमान गरेको आमदानी तथा मुल्यको आंकडा मिले पनि नमिले पनि तपाइँ आफ्नो वा आफूले हेर्ने गरेको वेबसाइटको पश्चिमा मुलुकमा कति मुल्य रहेछ थाहा पाउन सक्नुहुन्छ। यो mysitecost.com वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् >>>।

No comments:
Post a Comment