यी हुन विश्वका सबैभन्दा बढी सुन भण्डारण गर्ने टप टेन मुलक

एजेन्सी, :संसारमा सबैभन्दा बढी सुन भन्डारण गर्ने मुलुकमा अमेरिका पहिलो स्थानमा रहेको छ । त्यस्तै नेपालका छिमेकी मुलुक चीन भारत क्रमस छैठौँ र दशौँ स्थानमा परेका छन् । सुन भण्डारण गर्ने मुलकमा तीनवटा एशियाली मुुलुक परेका छन् । त्यसमध्ये जापान आठौँ स्थानमा परेको छ । वल्ड गोल्ड काउन्सील (डब्ल्युजीसी) ले सार्वजनिक गरेको सूचि अनुसार अमेरिका आठ अजार एक सय ३३ दशमलव पाँच टन सुन सहित पहिलो स्थानमा रहेको छ । विदेशी पुँजी भन्डारमा यसको योगदान ७२ दशमलव एक प्रतिशत रहेको छ ।त्यस्तै जर्मनी तीन हजार तीन सय ८४ दशमलव २ टन सहित सुन भण्डारको सूचिमा दोस्रो स्थानमा परेको छ । जर्मनिको विदेशी पुँजी भण्डारमा ६७ दशमलव आठ प्रतिशत योगदान रहेको छ । तेस्रो स्थानमा रहेको इटालीसँग दुई हजार चार सय ५१ द्यशमलव आठ टन सुन रहेको छ । इटलीको विदेशी पूँजी भण्डारमा ६६ दशमलव सात प्रतिशत योगदान रहेको छ । उक्त सूचिमा फ्रान्स चौथो स्थानमा रहेको छ । फ्रान्ससँग दुई हजार चार सय ३५ दशमलव चार टन सुन रहेको छ । यस अनुसार फ्रान्सको विदेशी पूँजी भण्डारमा ६५ दशमलव दुई प्रतिशत योगदान रहेको छ । रुस एक हजार एक सय १२ दशमलव पाँच टन सुन सहित पाचौँ स्थानमा परेको छ । विदेशी पूँजी बजारमा रुसको योगदान नौ दशमलव नौ प्रतिशत रहेको छ ।एशियाली मुलुक चीनसँग एक हजार ५४ दशमलव एक टन सुन भण्डारण रहेको छ । छैठौँ स्थानमा परको चीनले विदेशी पूँजी भण्डारमा एक दशमलव एक प्रतिशत योगदान पुर्याएको छ । सातौँ स्थानमा रहेको स्वीजरल्याण्ड सँग एक हजार ४० टन सुन भण्डारण रहेको छ । स्वीजरल्याण्डको विदेशी पूँजी भण्डारमा सात दशमलव आठ प्रतिशत योगदान रहेको छ । एशियाली मुलुक जापानसँग सात सय ६५ दशमलव दुई टन सुन भण्डारण रहेको छ । आठौँ स्थानमा परेको जापानले विदेशी पूँजी भंडारमा दुई दशमलव पाँच प्रतिशत योगदान पुर्याएको छ । नवौँ स्थानमा रहेको नेदरल्याण्डसँग ६ सय १२ दशमलव पाँच टन सुन रहेको छ । नेदरल्याण्डको विदेशी पूँजी भण्डारमा ५४ दशमलव पाँच प्रतिशत योगदान रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतसँग पाँच सय ५७ दशमलव सात टन सुन भण्डारण रहेको छ । भारतले विदेशी पूँजी भंडारमा सात दशमलव एक प्रतिशत योगदान पुर्याएको छ ।
No comments:
Post a Comment