गाँउबाट शहर छिरेको तेस्रो दिन वा,पूर्वको बिकट एउटा गाँउबाट शहर छिरेको, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरको पहिलो डेरा बसाई 17-18 वर्षको थिँए । नमज्जा सँग मट्टितेलको स्टोभ बिग्रीयो । बेलुका सम्म त झ्यार्रर्रर्र्र गरेर बल्थ्यो । बिहान बालेर हेर्दा राँको मात्रै बल्न थाल्यो । बर्नरको सानो प्वालमा जति पिनले घोचे पनि काम लागेन । खाली कालो पिरो धुँवा मात्र आइरह्यो । घरमा त त्यै चिसो दाउरा परेको बेलामा मात्रै पिरो धुँवा हुन्थ्यो । मट्टितेलको भाउ पनि भर्खरै बढेको थियो । डर लाग्यो । त्यही अनुपातमा स्टोभ बनाएको ज्याला पनि बढ्ने होला । तै पनि दम दिएर हेरिरहेँ । झ्यार्रर्र्र बल्दे कस्तो मज्जा हुन्थ्यो । राँको बल्दा भाँडा पुरै कालो कालो हुन्छ । अझै यो भन्दा पनि अर्को डर । भाँडा भन्दा पनि धुवाले घरबेटीको कोठा बढी कालो हुन्छ । यस्तै लागे डरहरु कोठा खाली होला हजुर भनेर सोध्दै गएको पहिलो दिन घरबुढीले सोधेकी थिइन– “ग्याँस छ कि छैन भाई ? नत्र त कोठा दिने गरेको छैन हामीले ।” त्यतिबेला ग्याँसको प्रचलन अलि कम थियो कि । मैले उनको प्रश्नको उत्तर मुख खोलेर दिन सकिन । मनमनै मात्र भनेँ–“ग्याँस छैन कसरी भनुँ , ग्याष्टिकको रोगी हुँ, पेट हुँडुँलिएर बेला–बेला नजिक बस्नेको नाकमा भूकम्प ल्याँउने ग्याँस निस्कन्छ नयाँ ठाँउ, स्टोभ कहाँ बनाइन्छ, केही थाहा थिएन । हातमा थोत्रो स्टोभ लिएर बजार बजार डुलियो । बल्ल तल्ल गड्ढाघरको साइकल मर्मत गर्ने एउटा पसलमा स्टोभको जिर्णोदार भयो प्रसङ्ग भुकम्पकै घरबेटीकी छोरीको नाइटो । आठ रेक्टरस्केलको भुकम्प ल्याउने किसिमको थियो । त्यसै भन्थे पल्लो कोठामा बस्ने साथीहरु । घरबेटीकी छोरी स्वर्गकै परी हो । घरबेटी चाँही राक्षसनी हो । दैत्यकी स्वास्नी हो । चौथो कोठामा बस्नेले भन्यो–स्वस्थानी कथामा आउने मय दानवकी छोरी हो हाम्री घरबेटी आमै । दोश्रो कोठामा बस्नेले विवाद निकाल्यो–हैन हैन रावणकी कान्छी बहिनी हो हाम्री घरबेटी आमै । जुन दानवकी छोरी भएपनि घरबेटी बुढी राक्षसनी हो भन्ने कुरामा सबैको एकमत हुन्थ्यो । तर कसरी जन्मी त्यो स्वर्गकी परी ? सबै अच्चम प्रकट गर्थे । सायद उनको ………………….विशेष प्रकारको थियो हाँसोले त्यो घरको अन्तिम फ्ल्याट टन्नै भरिन्थ्यो । उनको एउटा विशेष शैली नै रहेछ–जे कपडा लगाएपनि नाइटो देखाएर हिड्ने । सायद उनको परिवारमा पनि उनको त्यो शैली पचिसकेको थियो । तर मलाई भने बढो अप्ठ्यारो लाग्थ्यो ।
घरबेटीकी छोरी बेला न कुबेला सलाई वा लाइटर माग्न आउथिँन । नाइटो देखाउनै पथ्र्यो उनलाई हरे !............... । लाज बहुतै लागेर पानी पानी बनिन्थ्यो । सलाई त लैजाउन बरु माग्न नआउन सायद उनी त्यतिबेला प्स टु कलेज पढ्थिन । उनलाई सोध्ने आँट गरिएन् । किनकी उनको तेश्रो आँखा सँग आफ्नो आँखा जुध्ला भनेर डर लाग्थ्यो । उनको नाइटोलाई हामी डेरावालहरुले तेश्रो आँखा नामाकरण गरेका थियौँ । एकदिन सोली थिएन । स्टोभको पुन्टे ट्याङ्कमिा मट्टीतेल हाल्दै थिँए । एक चौथाई जति पोखियो । एकछिनमै घरबेटीकी तिनै छोरी नाक थुन्दै आइन–”कुन कोठाबाट हो यस्तो मट्टितेल गन्हाएको, छ्या छ्या... । मेरो कोठामा हेरेर बारुले कम्मर मर्काउदै फर्केर गइन् । मैले भुँइमा सलाई कोरेर आगो लगाइदिँए । भुँइको मट्टितेल बल्दै थियो । मय दानवकी छोरी हुन वा रावणकी कान्छी बहिनी–घरबेटी बुढी ढोकामा आइन । “लौ हेर...हेर, घरै बाल्दिन लाग्यौ कि क्या हो भाइ तिम्ले त । मट्टितेल खन्याएर आगै सल्काएर । हेर..हेर गनाको । पुरै घर मट्टितेल गनायो भनेर छोरी सेन्ट छर्किदै छे । हिजो मात्रै बाउले पानसे हालेर ल्याउको सेन्ट सक्न लाइसकी । ग्याँस ल्याउनुपर्छ भाई ग्याँस । आको ४÷५ दिनमे के कोठा छोड भन्नु । यसरी त हुँदैन भाई । मट्टितेल बाले पनि नगन्हाउने तरिकाले पो बाल्नु पर्छ त ट्वाँ..............। मैले उनलाई ट्वाँ परेर क्वारक्वार्ती हेरीरहेँ । यति फतफताएर उनी हिँडिन ।मैले सानो आवाज आउने गरी स्टोभ झ्यार्रर्र पारेँ अनि भात र एक भल्को तरकारी उमालेर छ÷सात घण्टा सम्मको लागि स्टोभबाट बिदा लिँए तीनतले घर । पहिलो कोठामा म थिँए । दोश्रोमा ईलाम को भीमबहादुर खड्का, तेश्रोमा धार्दिङको कुन्नी के जाति तामाङ्ग र चौथोमा गोरखाको पोखरेल र अर्को एउटा साथी ।तर चारैवटा कोठामा मट्टितेलवाला स्टोभकै आधिपत्य थियो । उनीहरुको स्टोभ राम्रो खालको थियो । मेरो चाँही अलि रोगी बुढो टाइपको ।घरबेटी बुढी बिहानै गाइको दुध घर–घरमा पु¥याँउथिन । तर त्यसभन्दा अगाडि चार बजे देखि पाँच बजेसम्म उनको भजन किर्तन हुन्थ्यो……. ओम नमो भगवते वासुदेवाय येनकेन प्रकारेण, मेरो स्टोभ फेरी बिग्रियो । जति दम दिए पनि झ्यार्रर्रर्र गरेर बल्न छोड्यो । आधी भाग झ्यार्रर्र गरेर बल्थ्यो भने आधी भाग पाँचओटा टुकी बत्ति जोडेको जस्तै राँको बन्थ्यो । धुँवा पनि गजबले आँउने र भाँडा पनि उस्तै कालो बन्ने । साथीहरु भन्थे–“बर्नर फेरे ठीक हुन्छ ।” फेरी घरबुढी आएर कराउन थालिन–“यो स्टोभ सिस्टोभ फाल्देउ भाई । यस्तो स्टोभ बाल्नुभन्दा ग्याँस बाल्नुपर्छ । ग्याँस बाल्यो भने आयू बढ्छ । मट्टितेलको धुँवाले आन्द्रामा क्यान्सर पार्छ । अब कि कोठा छोड भाई कि स्टोभ त्यसै साँझ पल्लो कोठाको गोर्खालीलाई पनि घरबेटी बुढाले थर्काएछन् । पल्लोकोठाको भीम भन्दै थियो–गोर्खालीले घरबेटीको छोरीको नाइटोलाई एकोहोरो भएर हेरीरहेको घरबेटी बाले देखेछन् । अनि आफू नजिकै बोलाएर सुस्तरी झपार्दै भनेछन् – तैले काँ हेरेको हँ । बरु याँ हेर भन्दै आफ्नो …………….. देखाएर पठाएछन् । उस्को कुराले थुक नै सर्किने गरी हाँसियो बेलुका गोर्खाली मेरो कोठामा आयो र भन्यो– “म त कोठा छोड्छु यार । मेलै भने–“अनि त्यो नाइटो नी ?” पर्खि न, त्यसको नाइटोलाई म एकदिन गोबरले टालिदिन्छु ।” उसले हाँस्दै भन्यो ।त्यसै बेलुका सल्लाह भयो । सँगै मिलेर चारै जनालाई कोठा खोज्ने अनि एकैचोटी सर्ने । ६० सालको कुरो । त्यस आसपासमा सस्तैमा छ्यालब्याल कोठा पाइन्थ्यो । चारजनालाई चारतिर कोठा खोजेर हामी पालैपालो एक अर्काको झिटीगुन्टा सार्न थाल्यौँ । घरबेटी बुढी रिसले रन्फनिँदै भन्दै थिइन्–“आफ्नै छेरलाई जस्तै कहिलेकाँही गाली गरेँ जस्तैमा रिसाउनुपर्छ त तिमीहरु ! तिमीहरुको अन्त गएरपनि केही भलो हुँदैन”...आदि इत्यादि त्यो भूतपूर्व डेराबाट पाँच मिनेट पर मेरो नयाँ डेरा थियो ।
सामान सार्दा एउटा गुन्टा बाट थोपा–थोपा मट्टितेल चुहिरहेको थियो । अलि पर पुगेपछि घरबेटीको घर हेरेँ । कौसीमा केही चिज थियो । गोर्खाली पोखरेललाई पनि संकेत गरँे, उसले पनि उतै हे-यो र मुस्कुरायो । त्यो घरको कौसीबाट त्यै एउटी स्वर्गकी परी र उसको नाइटो हामीलाई हेरीरहेको थियो । आझ धेरै साल पछाडी पुरानो याद आयो ......... अनि छुटिमा गएको बेला तेही गाऊ अनि तो नाइटो अनि कचकचे बुडी कस्ता भए छन् भनेर हेर्न गए तर कसले चिन्नेर मलाई. घर उस्तै रहेछ तर वोरी परी धेरै घर हरु बनेछन नजिकै म:म दोकान मा सोधे कहाँ छन् त यहाका मान्छे भन्दा बुदा बुडी २ जनानै मरे छोरि को विबाह भयो कमलपोखरी को केटा संग घर त सबै भाडामा बस्ने मात्र रहेछन महिना मा पैसा लिन आउछे येस्ताही कुरा भन्दै थियो .........अनि म पानी आफ्नो कुरा भानौ की जस्तो लग्यो तर सकिन अनि आफ्नै गन्तब्य तिर लम्किए ................



No comments:
Post a Comment