Sunday, 29 December 2013

कम्युटर एशोसिएशन विभाजित


canlogoलामो समयदेखि विवादमा रहेको कप्म्युटर एशोसिएशन अफ नेपाल (क्यान) शनिवार औपचारिक रुपमै विभाजित भएको छ ।



गत वर्ष असोज २० गते गठन भएको क्यानको तर्दथ समितिको कार्यकाल १ वर्ष रहेकोमा गत साउनमा भएको विशेष साधारण सभाले संघको महाधिवेशन आह्वान गर्ने निर्णय सहित तदर्थ समितको कार्यकाल एक वर्ष थप गरिएको थियो । तर मंसिर १५ गते शनिवार एक्कासी क्यान नेपालकै नाममा २० औ साधारण सभा डाकिएको थियो

Thursday, 26 December 2013

प्रदिप नेपालको चर्चित उपन्यास 'बर्बरिक' : Download

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"बर्बरिक" 
लेखक : प्रदिप नेपाल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० भाद्र २५ गते तदनुसार १० सेप्टेम्बर २०१३ मंगलबारका दिन प्रदिप नेपालको चर्चित उपन्यास बर्बरिक लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ ।  नेकपा एमालेका नेता प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका पूर्व नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले विमोचन गरेका थिए । उपन्यासमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको छ । महाभारतका एक पात्र बर्बरिकसँग भण्डारीलाई तुलना गरिएको छ ।  पुस्तक विमोचन गर्दै साहित्यकार प्रश्रितले भण्डारीको रहस्यमय मृत्युको टुङ्गो लाग्न नसकेको अवस्थामा यस पुस्तकबाट उनीबारेको इतिहास बुझ्ने मौका मिल्ने बताए । अबका हप्ताका मंगलबारिय श्रृंखलाहरूमा बर्बरिकको बाचन हुनेछ । Novel Barbarik is written by Pradip Nepal. Pradip Nepal is a leader of UML
Listen and Download 
Episode 1 :(2070-05-25/10-09-2013) 

Download :Click Here to Download Episode 1
Episode 2 :
(2070-06-01/17-09-2013)
Download :Click Here to Download Episode 2

Wednesday, 25 December 2013

दुःख गर्नुस आजै बाट

आज कुनै काम ग¥यो त कि भोली नै प्रतिफल चाहीने यस्तो किसीम को उपलब्धि संसारमा कतै पनि छैन् । तपाई कुनै पनि काम गर्न सुरु गर्नु हुन्छ, सुरु गर्दा वित्तिकै त तपाइ ले चाहेको जति सफलता प्राप्त गर्न सक्नु हुन्छ त ? सक्नुहुदैन यो कुरा धुर्व सत्य हो । मानम तपाई कुनै व्यापार सुरु गर्दै हुनुहुन्छ भने त्यसको राम्रो र ताजा प्रतिफल पाउनको लागि त कम्ति मा पनि
३/४ महिना जति मज्जाले प्ररीश्रम गर्नै पर्छ भने, तपाइ मा प्रसस्थ सिप, ज्ञान र अनुभब को भण्डार छ, नत्र भने यस्ता किसीम का सिप, ज्ञान र अनुभब छैन भने तपाई हल्का रुपमा सफलता पाउन ६/७ महिना लाग्न सक्छ, त्यसै कारण हामी सहनशिलता र धै¥यता  भन्ने कुरा हामी ले सोच्दैनौ अनि हामी आज काम गरेर आजै प्रतिफल चाहान्छौ यो पूण रुपमा गल्ति हो । काम सानो होस या ठूलो कुनै पनि काम गर्नको लागि हामि सँग प्रसस्थ सिप, ज्ञान र अनुभब साथै एउटा कडा मेहनत पनि त्यतिकै महत्व रहन्छ विना परिश्रमको फल मिठो हुदैन भन्छन त्यस्तै भनेझै अब तपाई पनि मिठो प्रतिफल चाहानु हुन्छ भने मेहनत र परिश्रम गर्नु होस । राम्रो काम कठिन र कडा हुन्छ, र प्रतिफल पनि त्यहि अनुसारको प्राप्ति गर्न सक्नु हुने छ । परिश्रम भनेको के हो त उदाहरण लिन सकिन्छ संसार को धनि मान्छे मध्य का एक धनि व्याक्ति लक्ष्मि मित्तल को, उनि सामान्ने परिवार मा जन्मेका थिए, उनि हात मुख जोड्को लागि पनि गाह्रो थियो तर उनमा भएको कडा मेहनत, परिश्रम, साहस, निरन्तरता र धै¥यता ले गर्दा उनि अहिले संसार मा एक धनाढ्य व्यक्तिको रुपमा लिन सकिन्छ ।

मानिस किन असफल हुन्छ ? सफल बन्न के गर्ने ?


यदि गर्न लागेको काम बाट सन्तोष जनक परिणाम आएन भने तपाईले गरिरहेको काम गर्ने तरिका बदल्नुहोस, तपाई जुन काम गरिराख्नु भएको छ त्यहि काम बाट सधै एकैनासले गरिराख्नु हुन्छ भने तपाईको भविश्य पनि त्यहि गति र त्यहि अनुसार ले परिवर्तन हुदै जाने छ । हाम्रो भविश्य वास्तव मा कस्तो बनाउने हो र भविष्यलाई कता तिर मोडने हो भन्ने कुरा त वर्तमानले नै छुटयाईदिएको हुन्छ । वर्तमान समय भनेको दैनिक गरिरहने काम वा भरखरै को समयलाई बुझाउदछ, यो समय भनेको भावि जिवनको जिवन रेखा कोर्ने कलात्मक सिकाई हो । यो समय लाई सहि र सकरात्मक तरिकाले प्रस्तुत गरियो भने आफनो भविष्यको गन्तव्य सम्म पुग्न को लागि कुनै त्यस्तो वाधा अढ्चन कठिनाइ हरु भोग्न र समस्यको भौमरि मा रुमालीनु पर्ला जस्तो मलाई लाग्दैन् । हामी, हाम्रो भविष्यलाइ कस्तो बनाउन चाहान्छौ त ? के गरेर के बन्न चाहान्छौ ? के दिएर के लिन चाहान्छौ त ? के गुमाएर के प्राप्त गर्न चाहान्छौ ? आउनुस एक छिन गम्भिर भएर सोचउ त ? लेखक बन्न चाहान्छौ कि पाठक बन्न चाहान्छौ, व्यापारि बन्न चाहान्छौ कि कृषक बन्न चाहान्छो, विद्धन वन्न चाहान्छौ कि वैज्ञानिक बन्न चाहान्छौ, यि सबै कुराको बोध चिन्तन मनन गर्न सक्यो भने मात्र वर्तमान समय र जिवनको अनविज्ञ,अज्ञानता मा अल्झिरहेको वास्तविक जिवनलाई सुन्दर भविष्यको  जिवन मा परिणत गर्न सकिन्छ । भन्छन “हुने विरुवा को चिल्लो पात” यस्तै भनेझै राम्रो हुन र भविष्य राम्रो बनाउन को लागि सानै देखिने राम्रै खालको प्रतिक्रिया देखाउने ले मात्र राम्रो प्रगति गर्न सक्छ, सानै देखि राम्रै समाज, राम्रै संस्कार पाएर राम्रो शिक्षा पाउन सक्यो भने त्यो ब्याति भविष्यमा पनि राम्रै बन्न सक्छ । राम्रो भविष्य बनाउनको लागि हरेक कुरा बाट साथ पाउनु पर्छ जस्तै परिवार,समाज,वातावरण,स्वास् जस्तै परिवार,समाज,वातावरण,स्वास्थ्य आदि इत्यादि वाट पनि अहम भुमिका रहन्छ । यि कुरा वाट भरिपूर्ण हुन सक्यो भने मात्र एउटा सफल भविष्य निर्माण कर्ता बन्न सक्नेछ । जस्तै

गोधूलि साँझमा चार मानवीकृत दुम्सी


 सामाजिक प्राणी भएर पनि मान्छे समाजसँग विरक्तिएर किन बेला बेलामा वनजंगल, खोलानाला र हिमालतिर कुद्छ? के त्यो हन्टर एन्ड ग्यादरर युगको पशुवृत्ति हो, जसलाई मानव सभ्यताले अझसम्म सामाजिकीकरण गर्न सकेको छैन? किन मान्छे अनुकूल मिल्नासाथ सामाजिक दाम्लो चँुडाएर अलिक पर गई बुर्कुसी मार्न मन पराउँछ? प्रकृतिको विराट मौनतामा कुशलतापूर्वक आत्मालाप गर्न सकिने र स्वको विलय हुँदा प्राप्त हुने आत्मसन्तुष्टि पनि कारण होला। अवचेतनको अतृप्ति कहिले सतहमै देखिने गरी आउँछन् भने कहिले त्योे छैन जस्तै गरी गर्तभित्र सुषुप्त बसिरहन्छन्। म पनि त्यही पशुवृत्ति-मान्छेको एक जैविक कडी, अवसरको ताकमा हुँदो रहेछु र मौका मिल्नासाथ प्रकृतितिर निस्किहाल्छु। १ मंसिर २०७० मा भञ्ज्याङ् नर्सरी, थाप्ले र भीरकोटको यात्रामा निस्कन्छौँ, प्रभाकर गौतम, विमल आरोही, विन्देश दाहाल र म। बन्दको दिनमा पनि उत्साह बन्द भएको छैन। बरू पूर्वी आकाशमा सूर्य आफ्नै उज्यालोमा प्रशस्त खुलेको छ। आकाशको धावनमार्गमा चराहरू त्यसरी नै निर्बन्ध उडिरहेका छन्, जसरी सडकमा पातला सवारीसाधनहरू गुडिरहेका छन्।

यस्तो ग्रह, जहाँ साढे ८ घण्टाको एक वर्ष हुन्छ

 
कल्पना गर्नुहोस् त हरेक दिन ब्युझिँदा नयाँ वर्ष भए कस्तो होला ? पृथ्वीमा ३६५ दिनको एक वर्ष हुन्छ । तर पृथ्वीकै आकारको एक ग्रहमा भने केबल साढे ८ घण्टामै एक वर्ष हुन्छ ।
star
पृथ्वीभन्दा ७ सय प्रकाशवर्ष टाढा रहेको केप्लर ७८ बी नामको उक्त ग्रहले आफ्नो सूर्यलाई केवल साढे ८ घण्टामै परिक्रमा गरेर भ्याउँछ । यो ग्रहले आफ्नो सूर्यलाई परिक्रमा गर्ने समय ब्रम्हाण्डमा ग्रहले तारालाई परिक्रमा गर्न लाग्ने सबैभन्दा छोटो समयमध्ये एक रहेको वैज्ञानिकहरुको भनाइ छ । यो ग्रह आफ्नो ताराभन्दा निकै नजिक रहेको र यसको कक्षको अर्धव्यास उसको सूर्यको अर्धव्यासभन्दा केवल ३ गुणामात्र ठूलो रहेको बताइएको छ ।
आफ्नो सूर्यको निकै नजिक रहेकाले यो ग्रहको माथिल्लो सतह पूर्ण रुपमा पग्लिएको अवस्थामा छ । झण्डै २७६० डिग्री सेल्सियस तापक्रम रहेको उक्त ग्रहको सतहमा पग्लेको लाभाको समुद्र छ । यो ग्रहले परिक्रमा गर्ने सूर्य समेत तुलनात्मक रुपमा कम उमेरको रहेको र यसको परिभ्रमण गति हाम्रो सूर्यको भन्दा दोब्बर बढि रहेको खगोलविद्हरुले बताएका छन् ।