Thursday, 23 January 2014

न बिजुली छ न पानी, न शान्ति छ न संबिधान !

Fabio Reggiani Huge Chopper 001सामान्यतय मोटरसाइकल २ मिटर लामो हुन्छ । तर एक जना इटालियनले १० मिटर लामो मोटरसाइकल निर्माण गरी विश्व रेकर्ड कायम गरेका छन् ।


उनले हालै गिनिज बुकमा समेत आफ्नो रेकर्ड दर्ता गराईसकेका छन् । फाबियो रेगियानी नामका व्यक्तिले सात महिना लगाएर उक्त मोटरसाइकल बनाएका थिए । उनले आफ्नो समुहमा ८ जना समावेश गरेका थिए ।

न बिजुली छ न पानी, न शान्ति छ न संबिधान !

न बिजुली छ न पानी, न शान्ति छ न संबिधान, न जनतालाई न्याय छ न जनताको कोही नेता ! तर पनि मेरो देश चलिरहेको छ पशुपतिनाथकै कृपाले ! काठमाडौंको यो अस्तब्यस्तता र फोहोर का बिच पनि नेपाल संसारकै सुन्दर लाग्छ, स्वर्ग लाग्छ, आखिर मन त नेपाली न हो ! हेर्नुस यो भिडियो  

जीवनसाथी खोज्ने अनौठो तरिका


ABC wife car sr 131219 16x9 608न्युयोर्क । अलेक्जेन्डर गूर्बुनोभ ३८ वर्षका भए । हलिउड निवासी उनले विवाह गर्न खोजेको उक वर्षभन्दा बढी भइसक्यो । बिहेका लागि कन्याको खोजीमा उनले नयाँ तरिका अपनाएका छन् । आफ्नै बिएमडब्लु कारमा उनले पहेंलो पोस्टर टाँसेका छन् । पोस्टरमा लेखिएको छ–'पत्नीको खोजीमा छु ।' त्यसमा उनको मोबाइल नम्बर पनि लेखिएको छ ।


पेसाले मिस्त्री उनी यही कार लिएर बाहिर घुम्न निस्कन्छन् । एकवर्षको अवधिमा उनले पाँच सय बढी एसएमएस पाएसकेको बताए । एबीसी न्युजलाई उनले भनेका छन्, 'मैले मोबाइलमा पाँच सयभन्दा बढी म्यसेज पाए, एकै दिनमा २ सय ५० भन्दा बढी कल पाएको छु । जमैका, ब्राजिल, स्विजरल्यान्ड, फिन्ल्यान्डसम्मका महिलाले मलाई फोन गरेका छन् ।'

चार वर्षअघि रुसको मस्कोबाट अमेरिका आएका उनी नयाँ तरिका प्रयोग गरी केटी खोज्ने प्रयासस्वरुप यस्तो गरेको बताउँछन् । यस अवधिमा उनले अनौठाखाले फोनहरुको सामना पनि गर्नुपरेको छ । उनी भन्छन्, 'मलाई पुरुषहरुले पनि फोन गर्छन् र भन्छन्–मेरो पूर्वपत्नी तिमीलाई दिन्छु, हुन्छ ?' धेरै महिलाले भने उनको कार र पैसाबारे जिज्ञासा राखेको सुनाए । उनी मनले खाएजस्तो युवती पाएपछि बिहे गर्ने योजनामा छन् ।

जुँगा पनि ४ मिटर लामो


Longest Mustache In The World 001सन् १९७० बाट उनको जुँगा उम्रिन थाल्यो । अहिलेसम्म पनि उनले जुँगा काटेका छैनन् । र, ४ मिटर ३० सेन्टिमिटर लामो भइसकेको छ । उनी नै अहिले संसारकै लामो जुँगा भएको मान्छे दरिएका छन् । गिनिज बुकमा नाम लेखाएका छन् ।

उनी हुन् भारत राजस्थानका ५८ वर्षे रामसिहं चौहान । उमेर बढेकै कारण हिजोआज भने उनको जुँगा बढ्ने क्रममा सुस्तता आएको छ ।

यही जुँगा पालेकै कारण श्रीमतीसँग झगडा हुनेगरेको उनले सुनाए । तर चर्चामा आएपछि उनकी श्रीमतीले साथ दिएकी छिन् । दस–दस दिनमो धुन सघाउछिन् । उनको जुँगा धुनलाई एकघन्टा लाग्छ रे ।

संसारकै अग्लो साइकल


Tallest Bike Of The World 003


Tallest Bike Of The World 005यो सुन्दै अचम्म लाग्दो छ । लस एन्जलसका एकजना मानिस साढे चारमिटर अग्लो साइकल चढ्ने गर्छन् । उनी सडकमै साइकल दगुराउछन् पनि ।

Tuesday, 21 January 2014

बेहुलीलाई हिउँमा फ्याँक्ने !

नेपाली समुदायमा आफ्नी चेलीलाई बेहुलाको घर पठाउनुअघि दाजुभाइले बोकेर गाडी चढाउँछन् । यो बेला बेहुली पक्षमा दुःख मनाऊ हुन्छ ।
bridegroom_snow_ritual तर, जापानका मात्सुनोया सहरमा भने बेहुली विदा हुनुअघि माइती पक्षबाटै हिउँमा फ्याँकिनु पर्दछ ।
मायानिची शिम्बुन अखबारका अनुसार बेहुलीलाई हिउँमा फ्याँक्ने अनिमात्र बेहुलाको घर पठाउने चलन छ । अहिलेसम्म सात जना बेहुलीलाई हिउँमा फालिसकेको बताउने एक स्थानीयबासी भन्छन् ‘आउँदो विहेमा पनि मैले नै बेहुली फाल्ने पालो पाएको छु ।’
यो परम्परा ३ सयदेखि ६ सय वर्षभन्दा पुरानो भएको विश्वास गरिन्छ । आफ्ना गाउँले तरुनीहरु अरुको अर्धाङ्गिनी बनेको बदला लिन स्थानीय तन्नेरी युुवाहरुले बेहुली फाल्ने चलन सुरु गरेको अनुमान गरिन्छ ।