Monday, 16 March 2015

पहिलो डेरा-ग्याँस र नाइटो ><><>


गाँउबाट शहर छिरेको तेस्रो दिन वा,पूर्वको बिकट एउटा गाँउबाट शहर छिरेको, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरको पहिलो डेरा बसाई  17-18 वर्षको थिँए । नमज्जा सँग मट्टितेलको स्टोभ बिग्रीयो । बेलुका सम्म त झ्यार्रर्रर्र्र गरेर बल्थ्यो । बिहान बालेर हेर्दा राँको मात्रै बल्न थाल्यो । बर्नरको सानो प्वालमा जति पिनले घोचे पनि काम लागेन । खाली कालो पिरो धुँवा मात्र आइरह्यो । घरमा त त्यै चिसो दाउरा परेको बेलामा मात्रै पिरो धुँवा हुन्थ्यो । मट्टितेलको भाउ पनि भर्खरै बढेको थियो । डर लाग्यो । त्यही अनुपातमा स्टोभ बनाएको ज्याला पनि बढ्ने होला । तै पनि दम दिएर हेरिरहेँ । झ्यार्रर्र्र बल्दे कस्तो मज्जा हुन्थ्यो । राँको बल्दा भाँडा पुरै कालो कालो हुन्छ । अझै यो भन्दा पनि अर्को डर । भाँडा भन्दा पनि धुवाले घरबेटीको कोठा बढी कालो हुन्छ । यस्तै लागे डरहरु कोठा खाली होला हजुर भनेर सोध्दै गएको पहिलो दिन घरबुढीले सोधेकी थिइन– “ग्याँस छ कि छैन भाई ? नत्र त कोठा दिने गरेको छैन हामीले ।” त्यतिबेला ग्याँसको प्रचलन अलि कम थियो कि । मैले उनको प्रश्नको उत्तर मुख खोलेर दिन सकिन । मनमनै मात्र भनेँ–“ग्याँस छैन कसरी भनुँ , ग्याष्टिकको रोगी हुँ, पेट हुँडुँलिएर बेला–बेला नजिक बस्नेको नाकमा भूकम्प ल्याँउने ग्याँस निस्कन्छ नयाँ ठाँउ, स्टोभ कहाँ बनाइन्छ, केही थाहा थिएन । हातमा थोत्रो स्टोभ लिएर बजार बजार डुलियो । बल्ल तल्ल गड्ढाघरको साइकल मर्मत गर्ने एउटा पसलमा स्टोभको जिर्णोदार भयो प्रसङ्ग भुकम्पकै घरबेटीकी छोरीको नाइटो । आठ रेक्टरस्केलको भुकम्प ल्याउने किसिमको थियो । त्यसै भन्थे पल्लो कोठामा बस्ने साथीहरु । घरबेटीकी छोरी स्वर्गकै परी हो । घरबेटी चाँही राक्षसनी हो । दैत्यकी स्वास्नी हो । चौथो कोठामा बस्नेले भन्यो–स्वस्थानी कथामा आउने मय दानवकी छोरी हो हाम्री घरबेटी आमै । दोश्रो कोठामा बस्नेले विवाद निकाल्यो–हैन हैन रावणकी कान्छी बहिनी हो हाम्री घरबेटी आमै । जुन दानवकी छोरी भएपनि घरबेटी बुढी राक्षसनी हो भन्ने कुरामा सबैको एकमत हुन्थ्यो । तर कसरी जन्मी त्यो स्वर्गकी परी ? सबै अच्चम प्रकट गर्थे । सायद उनको ………………….विशेष प्रकारको थियो हाँसोले त्यो घरको अन्तिम फ्ल्याट टन्नै भरिन्थ्यो । उनको एउटा विशेष शैली नै रहेछ–जे कपडा लगाएपनि नाइटो देखाएर हिड्ने । सायद उनको परिवारमा पनि उनको त्यो शैली पचिसकेको थियो । तर मलाई भने बढो अप्ठ्यारो लाग्थ्यो ।

Thursday, 12 March 2015

गितकार दिनेश सुवेदी प्रहरी खोरमा, खुल्यो अर्को पनि पोल

आफ्नै स्कुले ९ बर्षकी छात्रालाई वलत्कार गरि प्रहरी खोरमा पुगेका गितकार दिनेश सुवेदीको अर्को पोल खुलेको छ । चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको चर्चित गीत घण्टी बज्योका गीतकार भनेर प्रचार गरे पनि अन्तत उनको रचना उक्त गित नभएको उक्त गितका संगितकार टंक बुढाथोकिले बताएका छन् । दुई दिन अघि दिनेश ले दामन पालुङ स्थित सेती गणेश माध्यमिक विद्यालयमा पढ्ने आफ्नै विद्यार्थीलाई बलात्कार गरेको पोल खुलेपछि उनलाई गाउँलेले कालो मोसो दल्दै ज्यान मार्ने प्रयास समेत गरेका थिए ।दिनेशलाई बचाउँन खोज्दा प्रहरी माथी गाउँलेहरुनै जाई लाग्दा प्रहरीका पोषाक समेत च्यातिन पुगेका थिए ।कक्षा चार मा पढ्ने बलात्कृत बालिका जम्मा ९ बर्षकी छिन् । अधवैशे दिनेश चाँहि ती बालिकालाई पढाउँने स्कूलका टिचर समेत हुन । प्राप्त जानकारी अनुसार बलात्कार पश्चात दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाई रहेका थिए तर बालिकाको परिवारले घटना थाहाँ पाएपछि सवै कुरा बाहिर आएको हो । टंकले उक्त गितमा उनको शब्द नभएको भन्दै यस्तो प्रतिक्रिया दिएका छन् ।
                        
  टंक Budathoki बुदाथोकी  को भनाई 
हो घन्टी बज्यो भन्ने गीत को रचनाकार मा मैले दिनेश सुवेदी को नाम दिएको छु ।खास्मा मैले नै यो गीत लेखेको हो ।हिम्मतवाली ताका संगै काम गर्दा मैले "तिमी 19 year कि beauti म hansome 21 को" भन्ने concept मा शब्द पूरा गर्न लाएको थिए जस अनुरुप मलाइ दिनेस सुनेदी ले दिनुभको शब्द उहाकै hand writing मा तल पढ्नुहोला जुन पछि मैले रिशि लामिछाने "हवल्दार सुन्तली Director" दाइ अनि छवि ओझा दाइ लाई सुनाउदा मन पराउनु भएन र पछि मैले नै लेखे तर मेहनती मान्छे होला भनेर मैले रचनाकरको नाम दिनेश कै दिए ।आज यो दिन आउदा मैले यो कुरा खोल्नु पर्यो।record भएको शब्द 
तिमी 19 year कि beauti म handsom 21 को
तिम्ले छोए पछि बढ्यो बढ्यो beat धद्कनको
घन्टी बज्यो मन्को
https://www.youtube.com/watch?v=F5fEJCuKuEw

Tuesday, 3 March 2015

मानिसको मस्तिष्कलाई टक्कर दिने मेसिन तयार

robort 2
वैज्ञानिकहरुले एउटा यस्तो उपकरण निर्माण गरेका छन् जसले कुनैपनि खेल आफै सिक्न सक्छ । यो उपकरणले अहिलेसम्म ४९ प्रकारशा भिडियो गेम सिकिसकेको छ । यसमध्ये आधाजसोमा उक्त मेसिनको प्रदर्शन कुनै पेशेवर खेलाडीको भन्दा पनि राम्रो रहेकेा छ ।
गुगलको डिप माइन्ड परियोजना सँग सम्बद्ध वैज्ञानिकहरुका अनुसार कुनै कम्प्युटर प्रणालीबाट तयार गरिएको उपकरणले यस्तो जटील काम सिकेर त्यसमा पारंगत बनेको यो पहिलोपक हो ।
डिप माइन्डका उपाध्यक्ष डाक्टर ह्यासाभिसका अनुसार अहिलेसम्म आफै सिक्न सक्ने प्रणालीलाई सजिलो खाले समस्यामा प्रयोग गरिँदै आएको थियो । तर पहिलोपटक उनीहरुल्े यसको प्रयोग यस्तो जटिल कामका लागि गरेका छन् जुन काम मानिसकै लागि समेत चुनौतिपूर्ण हुन्छ ।
आफै सिक्न सक्ने इन्टेलिजेन्स भएका उपकरण निर्माण गर्न विश्वका विभिन्न प्रविधि कम्पनीहरुले ठूलो लगानी गरिरहेका छन् । गुगलले डिप माइन्डका लागि झण्डै ४० करोड डलर खर्च गरेको छ ।
यसअघि सन् १९९७ मा आइबीएमले निर्माण गरेको एक कम्प्युटरले विश्व च्याम्पियन चेस खेलाडि ग्यारी कास्पारोभलाई समेत चेस खेलमा हराएको थियो ।
यद्यपि उक्त कम्प्युटरमा पहिले नै दिशा निर्देश गर्ने प्रोग्राम इन्स्टल गरिएको थियो ।
robort 1डिप माइन्ड कम्प्युटर प्रोग्राममा भने कुनै भिडियो गेम खेल्नुभन्दा पहिले केवल आधारभुत सूचना मात्र प्रदान गरिन्छ । सिस्टमलाई केवल पिक्सेल सम्बनिध सूचना प्रदान गरिएको र मेसिन आफैले खेलमा आफै सिकेर उच्च स्कोर हासिल गरेको वैज्ञानिकहरु बताउँछन् । डिप माइण्ड कम्प्युटर मेसिनले सिकेका ४९ भिडियो गेमहरुमा स्पेस इनभेडर देखि लिएर पोंग, बक्सिङ, टेनिस तथा थ्री डी रेसिङ लगायतका छन् ।
पिनबल, बक्सिङ तथा ब्रेकआउट जस्ता खेलमा यो मेसिनले कुनै व्यवसायिक खेलाडीले भने उच्चस्तरको प्रदर्शन गरेको छ ।
यो उपकरणले खेलका दौरान कुन कदम चाल्ने भन्ने कुरा यो मेसिनले आफै सिक्दछ । कुनै नयाँ गेम तथा नयाँ स्क्रिन प्रदान गरेसँगै केही घण्टा गेम खेलेपछि यो सिस्टमले त्यसपछि के गर्ने र कसरी गेम खेल्ने भन्ने कुरा आफै सिक्ने शोधकर्ता ह्यासाबीच बताउँछन् ।
वैज्ञानिकहरुका अनुसार यो सफलता स्मार्ट मेसिन निर्माणमा नयाँ उपलब्धी हो । वैज्ञानिकहरु मानव मस्तिष्क जस्तै कम्प्युटर प्रोग्राम विकशित गर्ने काममा जुटिरहेका छन् जसले तस्वीर तथा ध्वनीको विशाल भण्डारबाट जरुरी सूचनाहरु छान्न सकोस् । चालक रहित कारमा यस्तो प्रविधिको बढि उपयोग हुन्छ ।

‘हिम्मतवाली”बाट चर्चामा आएको टंकको गीत सगीत “हवल्दार सुन्तली”मा आउदा चुलिदै

tanka budathokiवा संगीतकार टंक बुढाथोकीको सगीतको चर्चा चुलिदै गएको छ । चलचित्र “जंजीर”को ‘किन गारो गारो हुन्छ “गीत चर्चामा रहे पनि खासै न चिनिएका टंकले पछिलो पल्ट अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली ” को गीत “काली तिम्रो नजरले गोली मार्‍यो ढिँच्याउ ढिँच्याउ”बाट नै उनको गीत संगीतको चर्चा हुन थालेको हो ।
चलचित्र ‘हिम्मतवाली ” चलचित्र मात्रै हिट भएन कि तेसका गायक तथा संगीतकार टंक बुढाथोकी राता राता चलचित्र नगरीमा हिट हुन पुगे ।यस गीतको सफलता पछि टंकका नेपाली चलचित्र नगरिक धेरै निर्माता , निर्देशकले उनले आफ्नो चलचित्रको गीतमा स्वर तथा संगीत दिनको लागि उनका पुग्न थालेका छन् ।यस बिचमा टंकले धेरै चलचित्रमा स्वर तथा संगीत दिए तर ब्यबसाहिक रुपमा ति चलचित्र चल्न नसके पछि केहि ओजेलमा परेका टंकको चर्चा फेरी बिस्तारै चुलिन थालेको छ ।
उनको स्वर तथा संगीत रहेको पछिल्लो चलचित्र ‘हवल्दार सुन्तली’को गीतको कारण टंकको चर्चा फेरी बजारमा चुलिदै छ ।चलचित्रको ‘घन्टी बज्यो’ बोलको गीत सार्वजनिक भए पछि टंकको सो गीतको संगीत र स्वरले दर्शक तथा स्रोतले खुब मन पराएका छन् । चाडै श्रोता तथा दर्शकको मुखमा झुण्डने खालको गीत बनाउन सिपालु टंकको संगीत रहेको चलचित्र ‘हवल्दार सुन्तली’को यस गीतले ९ दिन भित्रै साठी हजार भन्दा बढी दर्शकले युटुब बाट समेत हेरी सकेका छन् ।टंकले स्वर तथा संगीत दिएका धेरै चलचित्र बजारमा आउने तयारी भैरहेको हुनाले अबका दिनमा टंकको गीत संगीतले अझै बढी चर्चा तथा सफलता हात पर्नेमा टंक दुक्का देखिन्छ ।गीत संगीतमा नै आफ्नो जिन्दगि बिताउने योजनाको साथ टंकले अहिले आफ्नै गीत रेकड़िंग स्टुडियो समेत निर्माण गर्दैछन् ।

Monday, 23 February 2015

यस्ता छन् विश्वका उत्कृष्ट फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?

यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२ फोटोग्राफरका झण्डै ९८ हजार फोटोहरुबाट छानिएका हुन्। नेपालबाट पनि अंगद ढकाल, नवीन बराल, उमा विष्ट, विजय गजमेर, विकास कार्की, बीबी फुयाँल, किशोर शर्मा, हेमन्तकुमार श्रेष्ठ, नरेश श्रेष्ठ र दीपक तोलाङ्गेले फोटो पठाएका थिए (सबै सहभागीको नाम हेर्न क्लिक गर्नुस्) तर नेपाली फोटोग्राफरका फोटोले भने कुनै पनि पुरस्कार जित्न सकेन।
Clashes in Maidan square- kiev
स्पट न्युज क्याटेगोरीको स्टोरिजतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो फ्रान्सका Jérôme Sessini ले Magnum Photos for De Standaard का लागि खिचेका हुन्। फोटो युक्रेनको किभमा आफ्ना साथीलाई गोली लागेपछि चिकित्सा सहयोगकालागि बोलाउँदै गर्दाको हो।

Thursday, 19 February 2015

अरबको कथा

तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”
हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें
कुनै टुंगो हुदैन उनीहरुको,
कैले सफारी, कैले लुलु कैले क्यरिफोर, कैले कहाँ,
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरुलाई
त्यहीं हो भेट्ने
निर्धारित समय मा ‘सफारी मल’ पुगें,
एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए,
हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडीमा बसाएर लागे
रित्तो बस फर्कियो भरे ४ घण्टापछि लिन फर्किने शर्तमा
म आफुसँग गाडी नहुने मध्यको परें,
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !