Wednesday, 25 December 2013

नेपाल free sms गर्नुहोस

नमस्ते आज मैले हजुरहरुको लागि बिश्वो भरि फ्री मा कसरि यस यम यस गर्ने भन्ने बारेमा यौटा अनलाइन टुल्स लिएरआयको छु  यो यक्दमै सजिलो पनि छ स्ले १०० % काम गर्छ  र तँपाईले म्यासेज पठाउदा पनि  तँपाई कै मोबाल नम्बर जान्छ जहाँ पठाय पनि अब कम सुरु गरौं सब भन्दा पहिला यो मुनिको लिंक मा जानु होला http://www.afreesms.com/ र खुलेको पेजमा धेरै देस हरुको नाम देखाउछ तँ पाई कुन देसमा पठाउने हो देसको नाम सेलेक्ट गर्नुहोस जस्तै नेपाल यहाँ मुनिको फोटो हेर्नुस जस्तो मैले नेपालमा रातो एरो देखाको छ
तेस्मा सेलेक्ट गर्नुहोस र फेरी अर्को windos खुल्छ त्यहाँ मोबाइल नम्बर भनेको ठाउँमा कुन नम्बरमा पठाउने
 त्यो नम्बर लेख्नुहोस म्यासेज बक्समा म्यासेज लेख्नुहोस् sender id भनेको ठाउँमा तँपाइको मोबाल नम्बर लेख्नुहोस Verification Code: मा त्यहाँ देखेको कोड लेखिदिनुस र लास्टमा तल देखियको sent मा ok गरिद्निस तँ पाइको काम सकियो नजानेमा हामीलाई सम्पर्क गर्नुहोला skyp id :dipalal.ghising यड गर्न्हुहोला हाम्रो साइट हेर्दै गर्नुहोला धन्नेबाद 

आफ्नो फेसबुक प्रोफाइल कलर चेन्ज रंगी चंगी बनाउनुहोस

आज मैले हजुर हरुलाई फेसबुक प्रोफाल्ल्लाई कलर चेन्ज गरेर कसरि रंगी चंगी बनाउने भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु  जो तँपाइले चलाई रहनु भयको प्रोफालमा त नर्मल कलर होला हैन चायो भने तेस्लाई कलर चेन्ज गरेर आफुले मन लागेको कलरमा हरियो रातो कालो खैरो जस्तो सुकै पनि कलरमा हामी बदल्न सक्छौ साथै देम्स पनि चेन्ज गर्न सकिन्छ अब लागौँ कम तिर सर्ब प्रथम तँपाइले google crome खोल्नुहोस र store मा जानुहोस यहाँ मुनिको फोटो पनि हेर्नुहोला
अनि अर्को windos खुल्छ त्यहाँ लेफ्ट साइडमा हेर्नुहोस सर्च बक्स देखाउछ त्यहाँ तँपाइले facebook colour changer भनेर टाइप गर्नुहोला  यहाँ तल हेर्नुहोस  र राइट साइडमा हेर्नुस तँपाइलाई कुन कलर मन पर्छ हेरेर दायाँ पट्टि  ad to chrome मा ok गर्नुहोला अनि फेरी अर्को ad भन्नेwindos खुल्छ तेस्मा पनि ad मा क्लिक गर्नुहोला

Tuesday, 24 December 2013

कस्तो तालिम हो यस्तो जहाँ नांगै हुनुपर्ने ?



तपाइ सेना वा प्रहरीमा भर्ति हुँदा तालिमका क्रममा काँडेतार मुनि घस्रिनु पर्छ, सानो अध्यारो सुरुङभित्र हिड्नु पर्छ,  वालहरु जम्प गर्नुपर्छ, डोरीमा झुण्डिएर  एक ठाउँबाट अर्को ठाउँमा पार गर्नुपर्छ या त फेरि यस्तै यस्तै । तर, चीनमा भने अनौठो सैनिक तालिम हुन्छ । जहाँ नाङगै बनाएर जवानहरुलाई तालिम दिइन्छ ।  नयाँ भर्तिहुने जवानहरुलाई  भर्तिहुनु भन्दा पहिला  उनीहरुको शरिर नाङगो बनाएर मेडिकल चेक गरिन्छ ।  उनीहरुलाई भर्ति हुनको लागि  सबैको सामु कपडा उतारेर आफ्नो शरिरको जाँच गर्न दिनुपर्ने हुन्छ ।
पूर्वि चीनको जियांझी को डांगजियागंको  सैनिकस्कुलमा  युवाहरुलाई  यसैगरी नागै बनाएर खुला शरिरमा कसरत गराइन्छ ।

दाइजोमा केटीका बाउले मागे १० लाख फेसबुक लाइक

विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा ।
युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन् ।
facebook
युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।
यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ ।

क्रिसमस उपहार– ९ बर्षिय दाईले ५ बर्षिय भाइलाई दिए जीवनदान

क्रिसमस र नयाँ बर्षसँगै उपहार आदानप्रदान ब्यापक हुन्छ । गिफ्टसप ग्राहकले भरिभराउ हुन्छन् । तर कतिपय गिफ्ट यस्ता पनि हुन्छन जो गिफ्टसपमा किन्न पाइदैनन, दिलबाटै दिनुपर्छ ।
हालै एक ९ बर्षिय बालकले आफ्ना ५ बर्षिय भाईलाई क्रिसमस उपहारका रुपमा जीवनदान दिएका छन् । बेलायति पत्रिका डेलिमेलका अनुसार ९ वर्षीय किरन मेरिक्कले ५ बर्षिय भाइ शामलाई बोन म्यारो (हड्डी भित्रको मासु) ट्रान्सप्लानको जीवनरक्षी क्रिसमस उपहार प्रस्ताव गरेका छन् ।
Sam Merrick
ह्याम्पशायरकी लुईस र पलले आफ्नो छोराको बोन म्यारो ट्रान्सप्लान्टको सम्भावना ८० प्रतिशत रहेको बताएका छन् । चार सन्तानकी आमा पलले भनेकी छिन्–‘हामीले धेरै परिक्षण ग¥यौं । तर, किरणको मात्र १० मा १० मिल्यो । यो सबैभन्दा राम्रो हो ।’ उनका अनुसार सुरुमा किरणले आफ्नो बोन म्यारो दिन मानेका थिएनन् । निकै डराएका थिए । तर, सम्झाएपछि उनी परीक्षणका लागि तयार भए ।
२६ हप्तामै जन्मिएका साम जन्मैदेखि औषधी र चिकित्सकका भरमा बाँचिरहेका छन् । अहिले उनी निकै स्वस्थ हुन थालिसकेका छन् ।

बेलायतमा जँड्याहाहरुको बितण्डा, इमर्जेन्सी सेवा नै बनाइदिए असफल

क्रिसमसअघिको शुक्रबार जसलाई ‘म्याड फ्राइडे पनि भनिन्छ । यही बहुलाह शुक्रबारका दिन बेलायतमा लाखौं जँड्याहाहरुले बितण्डा मच्चाएका छन् ।
क्रिसमसको बिदा सुरु हुनुअघिको अन्तिम शुक्रबार जसलाई यो सालको काम गर्ने अन्तिम दिनका रुपमा लिइन्छ । कामबाट निस्केका लाखौं बेलायतीहरुले बजोडसँग जाँड खाएर सडकमा रमिता देखाए ।
Mad-Friday
युवायुवतीहरु होस गुमाएर सडकमा पल्टिरहेका, अंगालो मारेर आपत्तिजनक अबस्थामा प्रेमालाप गरिरहेका, वान्ता गरिरहेका र आफ्ना कपडा फुकालिरहेका देखिन्थे । बार र क्लवबाट टिल्ल परेर निस्केका उनीहरु सडकमा खुट्टामाथि र टाउको तलको पोजिसनमा देखिन्थे ।
अश्लील गतिविधि गरिरहेको अवस्थामा युवायुवतीहरु रंगेहात पक्राउ परे । प्रहरीले सम्भावित घटनालाई ध्यान दिँदै अरु शुक्रबारभन्दा २० प्रतिशत बढि सुरक्षाकर्मी खटाएको थियो । तर, सडकमा लडिरहेका, अश्लिल हर्कत गरिरहेका, घाइते भएकाहरुलाई समात्न पुलिसलाई हम्मेहम्मे पर्‍यो ।
उनीहरुले बेलायतको बेलायतको इमर्जेन्सी सर्भिस नै असफल पारिदिएको मिरर न्यूजले जनाएको छ । बेलायतको म्योनचेष्टर, लिभरपुल लगायतका यस्ता उदेकलाग्दा तस्वीरहरु सार्वजनिक भएका छन् ।