Tuesday, 15 October 2013

रुझेको मन, रुझेको दसैँ...


मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन  सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै  लहरमा राखेँ । मैले पहिल्यै राख्न खोजेको थिएँ । दाईले मान्नुभएन । सायद विहान उठ्ने बित्तिकै तपाईँको यादले सताउँछ भनेर  सायद । तर मलाई  लाग्यो तपाईँ अब हाम्रो मनमा सजिनुपर्छ । भगवानहरु जस्तै पुजिएर ।
आमा गुमाएको यसपालिको दसैँ । मेरो मात्रै होइन बुवा दाईको पनि मन थामिएको थिएन । आज विहानै देखि हामी हाम्रो  स्मृतिमा अझै गाढा भएर आउनुभयो । हामीले एकअर्कासँग आखाँ जुधाउनै सकेनौं । दाईले पनि आँखा छलेरै 'अफिस गएँ है'  भन्नुभयो ।  बुवा दिनभर घरमै  सुत्नु भयो । म पुराना फोटो हेर्दै वितेका वर्षमा फर्किएँ । विगतका  दसैँ सम्झँदा लाग्छ त्यस्तो
रमाईलो लिएर दसैँ अब कहिल्यै  आउने छैन हाम्रो घरआँगनमा ।

दसैँको तयारी घरमा घटस्थापना देखि नै सुरु हुन्थ्यो । लुगा धुने, बाली भित्र्याउने । माकुराको जालो सफा गर्ने । घरका कुनाकाप्चाका फोहोर निकालेर सफा बनाउने । अनि बारीको सबैभन्दा रहर लाग्दो पाकेको काँक्रोको अचार हाल्ने । बुवालाई खुब मन पर्थ्यो त्यो अचार । अष्टमी, नवमीको दिन बाराही थानमा पूजाको भाग लिएर जानुपर्ने चलन । अनि पिङ्ग खेल्ने रहर ।
दसैँ साँच्चै खुसि नै खुसि लिएर आउने चाड हो । आफन्तलाई भेट्ने, मझेरीको वरपर मुखामुख गरेर बस्ने । गफिने ।

भारतमा समुद्री आँधीको महाविनास (फोटो फिचर)

_70440342_70440341काठमाडौं, असोज २७ – भारतमा सन् १९९९ पछिकै सबैभन्दा ठूलो समुद्री आँधीले महाविनास गरेको छ । शनिबार राती स्थानिय समय अनुसार करिब ९ बजेर १५ मिनेट जाँदा ओरिसा राज्यको गोपालपुरको समुद्र तटमा सबैभन्दा पहिले आएको सो आँधीले ५ लाखभन्दा बढी मानिसलाई अहिले घरबारबिहीन बनाएको छ । करिब २०० किलोमिटर प्रति घण्टाको रफ्तारमा आएको फाइलिन आँधीको अहिले गति केही कम भएको छ तर त्यसले आफ्नो पछाडि ठूलो विनास गरेको छ । यो समाचार तयार पार्दासम्म ७ जनाको मृत्यु भएको खबर आएको छ । भारतमा आएको आँधीको असर नेपालमा पनि देखिएको छ । शनिबारपछि एक्कासी मौसम धुम्मिएको छ भने देशको पूर्वी भागहरुमा पानी पनि परिरहेको बताइएको छ । हेर्नुहोस् तस्विरमा भारतमा आँधीको महाविनासः

Monday, 14 October 2013

यसलाई म आपmनो जीवनको उपलब्धि मानौं कि अन्योल ? म आफनै जीवनका पहेलीहरू बुभmन सकिरहेको छैन । यो शहरमा मानिसहरूले मलाई निरन्तर चिलेका छन् अरिंगालले चिलेजस्तो । त्यसैले मलाई त्यसको रत्तिभर चिन्ता छैन । पढने र ठूलो मानिस बन्ने चाहना थियो । कस्तो ठूलो मानिस ? त्यसको परिभाषा थिएन मसँग । यति थाहा थियो, डाक्टर, इन्जिनियर, सचिव,
सहसचिव, मन्त्री वा नेताजस्तो ठूलो मान्छे बन्ने होइन । त्यतिबेला मैले केही नबुझे पनि अज्ञेयको कविता पढेको थिएँ, ज्याँ जेनेको उपन्यास 'मिर्‍याकल अफ दि रोज'को हिन्दी अनुवाद 'गुलावकी पंखुडियोंका चमत्कार' पढेको थिएँ । पछि मैले यो उपन्यासको अंग्रेजी अनुवाद पढ्दा थाहा पाएँ -जव त्राशद अभिनय गर्ने अभिनेताहरू अभिनयको चरम अवस्थामा पुग्दछन्, उनीहरूको सास तीव्र गतिमा बढ्न थाल्दछ, स्याँ स्याँ बढ्न थालेपछि उनीहरूको छाती फुलेको देखिन्छ) भाषाले अर्थान्तरका समस्याहरू बोक्दा रहेछन् । प|mान्सिसीहरू भन्दछन्, अनुुवाद पनि आइमाईजस्तै हुन् । ती या त सुन्दर हुन्छन्, या छिनार । सआदत हसन मण्टोका कथाहरू पढेको थिएँ । मिर्जा गालिवका गजलका टुक्राटाक्री पढ्थंे म । र, लाग्दथ्यो, प्रेम सधैं दःुखान्तमा टुंगिन्छ ।

इन्द्रलाई थाहा छ ।

उि एकदमै थकित भएर मेरा अगाडि उभियो । म उसको अनुहार देखेर एकदमै आत्तिएँ । अनुहारबाट सबै रंग उडिसकेका थिए उसका । मैले तैपनि निकै बेरसम्म हेरिरहेँ उसको अनुहारमा । कतैकहीँ कुनै रंग फेला परिहाल्छ कि । उसको ओँठ सुकेको थियो । आँखामा विचित्रको शून्यता देखेँ मैले । पत्थरजस्तै स्थिर भएका थिए मेरो छोरो भाइचाका ती चञ्चल आँखाहरू । मैले केही बोल्नै सकिनँ । उसैले भन्यो, 'मा, अब म धेरै बाँच्दिनँ ।'

म त आमा हुँ । कस्तो भयो होला मेरो मन त्यतिखेर !

केही दिनअघिमात्र इन्द्रजात्राको लिङ्गो लिनको लागि ऊ गुरुजुको पल्टनको पछिपछि लागेर चितापोल गएको थियो । त्यहाँबाट ल्याइएको लिङ्गो ठड्याइएको थियो वसन्तपुरमा । ऊ कति उत्साहले सहभागी भएको थियो त्यसमा । लिङ्गो ठड्याइएपछि इन्द्रध्वज फहराएको पनि हेरेर आएको थियो उसले । कति खुसी थियो । त्यसको अघिल्लो दिन किलागलमा ऊ आफैँले देवीनाच नाचेको थियो । मरुटोलका साथीभाइहरूसित बसेर अयला र समयबजी पनि खाएर आएको थियो । भन्दैथ्यो, 'मा, तिमीलाई थाहा छ ? पहिला पहिला हनुमानढोकामा हैन, मरुटोलको अट्कोनारायण मन्दिरअगाडि पो लिङ्गो ठड्याइन्थ्यो ।

Sunday, 13 October 2013

एस पाली त येस्तै भयो आम अर्को साल आउछु दसैँ मा

दशैँ आयो तर मेरो छोरो आएन ।
भन्दै होलिन् मेरी आमा मोरो आएन । ।
यसपाली त आइपुग्छ की भन्ने लागेकोथ्यो ।
वर्षौँ बित्यो तर एकोहोरो आएन । । ।
................
परदेशबाट छोरो फर्केन.........................

मलाई थाहा छ आमा, मलाई हेर्न तपाईँ कत्ति आत्तुर हुनुहुन्छ भन्ने । उसो त म पनि तपाईँबाट टाढा बस्नुपर्दा कहाँ खुशी छु र । गुनसिङ लुकाइएको मान्छे जस्तै भएको छु । होस हवासमै भएर पनि बेहोस भएको छु । यसपाली त जसरी पनि फर्किनेछु आफ्नै गाउँ, अनि सँधै तपाईँसँगै बस्नेछु भन्ने सोँचेको थिएँ । तर यो विदेशी भूमिबाट हाम्रो गाउँसम्म आईपुग्नु भनेको त दशैँमा टीका थाप्न हजुरबाको घर जाँदा वस्तीपुर पारीको ठाडो खोला नाघेको भन्दा पनि सकस रै छ । नत्र त म उहिले नै आइसक्थेँ । मन नभएको कहाँ हो र । केही परिस्थितिहरु त्यस्तै परे, केही वाध्यताहरुको अर्घेलो आइप¥यो । मैले चाहेर पनि ती जँघारहरु तर्न सकिनँ ।
मैले तपाईँप्रतिको कर्तव्य पूरा गर्न पाएको छैन । अझ सकेको छैन भनाँै । चारैधाम घुमाउन भ्याएको छैन तपाईँलाई । सानै छँदा ठुलो वर्णमालामा श्रवण कुमारले आमाबाबुलाई टोकरीमा राखेर तीर्थ यात्रा गराएको पढ्दा म पनि श्रवण कुमार
जस्तै हुन्छु भन्ने संकल्प गरेथेँ मैले । तर अझैपनि त्यो कलिलो संकल्पले छिप्पिने मौका पाएको छैन ।

सन् २८८० मा पृथ्वीमा प्रलय हुनसक्छ : नासा

यसअघि पनि पृथ्वी ध्वस्त हुनै लागेका विभिन्न खाले भविष्यवाणी तथा समाचार आएपनि कसैले दाबी प्रमाणित गर्न सकेनन् र पृथ्वी ध्वस्त भएन । त्यसैले पृथ्वी ध्वस्त हुने भन्ने भविष्यवाणीलाई मानिसहरुले हावादारी भन्न थालेका छन् । तर पछिल्लो पटक भने पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी नै र्सार्वजनिक भएको छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५० डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ ।
dhosta
झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ । सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ ।
नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०.३ प्रतिशत मात्र छ । तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो ।
स्मरण रहोस् यस्तै खाले क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो ।
पृथ्वीमा भविष्यमा ठोक्किने खतरा रहेको भनिएको १९५० डिए क्षुद्रग्रह सन् १९५० मा पहिलोपल्ट देखा परेको थियो । त्यसबेला १७ दिन देखा परेर क्षुद्रग्रह हराएको थियो र आधा शताब्दीपछि सन् २००० को डिसेम्बर ३१ मा फेरि देखा परेको थियो ।
यो क्षुद्रग्रहको परिक्रमण दर २.१ घण्टा रहेको छ जुन क्षुद्रग्रहमा दोश्रो उच्च गति हो । वैज्ञानिकहरुका अनुसार अहिले ब्रम्हाण्डमा १४ सय वटा यस्ता जोखिमपर्ूण्ा क्षुद्रग्रह छन् जसले पृथ्वीमा असर पूराउने खतरा छ ।