Wednesday, 24 July 2013

विश्वका पौने अरब मोबाइल फोन ह्याक हुने खतरामा

मोबाइल फोनको सिम कार्ड प्रविधिमा देखिएको गडबडीका कारण विश्वका दशौँ लाख मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइलमा रहेका डाटा चोरिने तथा विभिन्न प्रकारले ह्याक हुने खतरामा परेका छन् ।
अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ कारस्टेन नोहलले विश्वका झण्डै पौने अर्ब मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका हुन् ।
आफुले विशेष टेक्स्ट म्यासेज पठाएर सिम कार्डको डिजिटल की पत्ता लगाउन सकिने विधि पत्ता लगाएको उनको दाबी छ । अपराधी तथा ह्याकरहरुले यो विधि पत्ता लगाएर फोन कल सुन्ने तथा मोबाइल बाट पैसा समेत चोर्नसक्ने उनले चेतावनी दिएका छन् ।
मोबाइल नेटवर्क सम्बन्धि विश्वव्यापी सस्था जिएसएम एसोसिएसनले विज्ञको पछिल्लो दाबीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । एसोसिएसनका प्रवक्ताका अनुसार यसबाट सम्भावित असरको विषयमा सतर्कता अपनाउन सजिलो भएको छ र जोखिममा रहेका मोबाइल सेवा प्रदायक तथा सिमकार्ड निर्माताहरुका लागि सुरक्षा निर्देशिका जारी गरिँदैछ । खासगरी पूरानो प्रविधिबाट उत्पादन गरिएका सिमकार्डहरु खतरामा रहेको हुनसक्ने उनको ठम्याइ छ ।

मोबाइलको सिमकार्ड वास्तवमा प्रभावकारी सुरक्षा टोकन हो जसले नेटकर्व अपरेटरको लागि प्रयोगकर्ताको पहिचानलाई आधिकारिकता प्रदान गर्छ । साथै सिमकार्डमा निश्चिम मात्रामा टेक्स्ट म्यासेज, कन्ट्याक्ट नम्बर तथा केही एप्लिकेसन जस्तै भुक्तानी लिने नम्बर तथा ब्यांकिङ सेवा सम्बन्धिका विस्तृत जानकारी समेत संग्रहित हुन सक्छन् ।
विशेषज्ञ नोहलको दाबी छ की उनले यस्तो विधि पत्ता लगाएका छन् जसको माध्यमबाट मोबाइल प्रयोगकर्ताको मोबाइल अपरेटरमा म्यासेज पठाएर उसको सेक्युरिटी कोड पत्ता लगाउन सकिन्छ । यस्तो म्यासेज फर्जी डिजिटल हस्ताक्षरको रुपमा हुन्छ । यस्तो म्यासेज प्राप्त भएपछि अधिकांस मोबाइल फोनको तर्फबाट नेटवर्क अपरेटरले उक्त म्यासेज नक्कली भएको पहिचान गरेपनि झण्डै एक चौथाइ नम्बरबाट भने उक्त म्यासेजको जवाफको रुपमा एरर म्यासेज पठाइन्छ जसमा नबुझिने पारिएको सिमकार्डको आधिकारिक संकेत समेत रहेको हुन्छ ।

स्विट्जरल्यान्ड सपना

लामो समयदेखि नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गर्दै र सुन्दै आइएको छ । नेपालजस्तै भूपरिवेष्ठित यो पहाडी मुलुकको नेपालसँग अरु के-के समानता छन् । किन अहिलेसम्म नेपाल यस्तै विकसित हुन सकेन ?
पञ्चायतकालीन नेताहरूले जनतालाई स्विट्जरल्यान्डको सपना देखाउँथे । 'हामी मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछौं' भन्ने त नेताहरूको थेगोजस्तै थियो । प्रजातन्त्रकालमा पनि नेताहरूले यो थेगो छोडेनन्, सपना बाँड्न छोडेनन् । नेपालजस्तै पहाडी र भूपरिवेष्ठित भएर पनि समृद्ध मुलुक भएकाले स्विट्जरल्यान्डको सपना देखाइएको होला । बाँडिएका ती सपनाहरूले गर्दा मेरो मानसपटलमा स्विट्जरल्यान्डकै जस्तो सुन्दरता र समृद्धि हाम्रो मुलुकमा पनि हुनेछ भन्ने विश्वास स्थापित भएको थियो ।



यसैले मलाई स्विट्जरल्यान्डलाई 'लाइभ' हेर्ने कौतूहल थियो । मस्को युनिभर्सिटीमा पढ्दै गर्दा सन् १९९० मा त्यो कौतूहलले विश्राम पायो । ग्रीष्मकालीन छुट्टी मनाउने क्रममा सपनाको त्यो देशमा पहिलोपटक पाइला टेक्न पाएको थिएँ ।
अग्लो पहाडमा उभिएर सपनाको देशलाई एकपटक फनक्क घुमेर हेरें । स्विट्जरल्यान्डको अनुहारको एउटा पाटोचाहिँ देखेझैं लाग्यो । नेपालका जस्तै पहाडहरू तर अलि सानासाना । नेपालका पहाडहरूलाई मानिसहरूले बेवास्ता र प्रकृतिले वास्ता गरेजस्तो लाग्छ तर स्विट्जरल्यान्डका पहाडहरूलाई प्रकृतिले भन्दा मानिसले वास्ता गरेका रहेछन् । सजाएका रहेछन् । ती पहाडहरू प्रायः एकै किसिमका जुम्ल्याहा सन्तानजस्तै । अरूलाई ठूला लागे पनि ती पहाड हामी नेपालीहरूलाई भने साना लाग्छन् । रूखहरू पनि नेपालका भन्दा सानासाना । पहाडमा जंगल होइन वन र बगैंचाले ढाकेजस्तो देखिएको थियो ।

Tuesday, 23 July 2013

जान्नुस् कुन वेबसाइटको मुल्य कति

इन्टरनेट, ज्ञान र सूचनाको खानी। त्यसो त मनोरञ्जन पनि भरपुर छ यहाँ। इन्टरनेटमा अनेकन सामग्री भएका वेबसाइट तथा वेबपेजहरु धेरै छन्। इन्टरनेटका वेबसाइटहरुको संख्याले मानिसको जनसंख्यालाई नै चुनौती दिइसकेको छ गणनामा। यस्ता धेरै वेबसाइट मध्ये कुन उत्कृष्ट छ, कुन बढि व्यवसायिक छन् भन्ने र कसले दैनिक कति कमाउँछन् भन्ने थाहा दिने वेबसाइटहरु पनि प्रसस्त पाइन्छन् इन्टनेटमा। त्यस्तै हरेक वेबसाइटको मुल्यांकन गर्ने एउटा यस्तो वेबसाइट छ जसले कुन वेबसाइटको यतिखेरको मुल्य कति हो भन्ने हिसाब गरिदिन्छ।
यो वेबसाइटले विभिन्न स्रोतहरुका सूचनाका आधारमा कुनै पनि वेबसाइटको मुल्य, दैनिक पेजभ्यू, दैनिक विज्ञापनको आमदानी, एलेक्सा रयांक, गुगल पेज रयांक, ब्याललिंकहरु, बी लिन्कहरु साथै कुन देशका कति मानिसले उक्त वेबसाइट हेर्छन् भन्ने सबै कुरा पत्ता लगाइदिन्छ। यो वेबसाइटले कुनै पनि वेबसाइटको दैनिक भिजिटर संख्या, पेज भ्यू साथै यसले कमाउन सक्ने दैनिक विज्ञापनको आयको समेत हिसब देखाइदिन्छ। त्यसो त वेबसाइटको दर्ता मिति, समय सकिने मिति, आइपी ठेगाना, र्सभरको प्रकार, ठेगाना साथै कुन खालको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम प्रयोग भएको समेत पत्ता लगाइदिन्छ।

यो वेबसाइटले अंग्रेजी र पश्चिमा मुलुकहरुको पेज भ्यू, भिजिटर लगायतका विभिन्न मापदण्डमा रहेर विज्ञापन, आमदानी तथा मुल्यको अनुमान गर्ने भएकाले नेपाली वेबसाइटहरुमा यो नमिल्न पनि सक्छ। अंग्रेजी वेबसाइटहरुमा धेरै जसो मिल्छ भनिन्छ। यसले विभिन्न धेरै वेबसाइटको साथै विश्लेषण पद्दतीको प्रयोग गर्ने भएकाले यसको तथ्यांकलाई गलत पनि भन्न सकिन्न। यसले अनुमान गरेको आमदानी तथा मुल्यको आंकडा मिले पनि नमिले पनि तपाइँ आफ्नो वा आफूले हेर्ने गरेको वेबसाइटको पश्चिमा मुलुकमा कति मुल्य रहेछ थाहा पाउन सक्नुहुन्छ। यो mysitecost.com वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् >>>।

Monday, 22 July 2013

बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो

एक २३ वर्षीया दलित युवती सफाइ दिँदैछिन्। चारैतिर आफूलाई सभ्य भन्न रुचाउने तर व्यवहार हेर्दा पशुजस्ता समाजका सदस्यहरु छन्। आक्रोशमा छन्, केरकार गर्दैछन्। युवतीको कोही छैन। श्रीमान् पनि वैदेशिक रोजगारीका लागि बाहिर रहेछन्। आफूलाई स्थानीय एक युवकले जबर्जस्ती गर्न खोजेको उजुरी प्रहरी चौकीमा दिएकी रहिछिन् उनले। त्यो झुटो भन्ने दावी त्यो जंगली भिडको रहेछ। त्यही भिड जम्मा भएको ठाउँ ‘न्यायालय’ थियो।
‘वकिल’ केटाहरुले केरकार गरे। त्यही भिडले उनलाई दोषी ठहर गर्‍यो। अनि त्यही अमानवीय भिडबाट एक महिलाले कपाल लुछ्दै, लुगा च्यात्दै भक्कुमारसँग कुटिन् उनलाई। अरु महिलाले जथाभावी अपशब्दका साथ गाली गरे। कसैले उचाल्यो- यसलाई त कालो मोसो दल्नुपर्छ।
कुटपिटले अचेत।
हस्। भिडतन्त्र जिन्दावाद !
बिचरी अबला नारी भूँइमा लडेकी थिइन्। धन्न कसैले माया गरेर एउटा रातो पछ्यौराले उनको जिउ ढाकिदिएको थियो। नत्र त उनी अर्धनग्न भइसकेकी थिइन्।
एकैछिनमा त्यहाँ जम्मा भयो कालो मोसो अनि फाटेका जुत्ता। न्यायाधीश भइखाएको त्यही भिडले आफ्नो फैसला सुनाइसकेको थियो- ती अबला दलित युवती दोषी नै हुन्। मोसो दलियो। फाटेका जुत्ताको माला पहिर्‍याइयो।

कतारमा पेरिसडाँडाको कृति

राष्ट्रिय ध्वजावाहक ट्रक चढेर फेरि गइयो कतार । जुलाई मासको बगरे घामले आगो ओकल्ने याम । टोलीमा तीन कार थियौँ । व्यंग्यकार विमल निभा, पत्रकार देवेन्द्र भट्टराई र गद्यकार म ।
चार वर्षअघि कतारमा मैले मनको दूरी र कर्मको लय मिल्ने त्रिमूर्तिलाई भेटेको थिएँ । ती थिए— राजदूत डा. सूर्यनाथ मिश्र, पत्रकार देवेन्द्र भट्टराई र साहित्य अभियन्ता दीपक भेटवाल । तिनका हातमा एक-एकवटा प्रभावकारी अस्त्र थिए ।
मिश्रका हातमा कूटनीतिको अस्त्र थियो, देवेन्द्रका हातमा सूचनाको अस्त्र र भेटवालका हातमा कलाको अस्त्र । कुरा सुन्दा अकूटनीतिक लाग्ने डा. मिश्रको एउटा परम् पि्रय सूत्र थियो— 'म उनान्सय प्रतिशत श्रमिकको पक्षमा र एक प्रतिशत दलालको विपक्षमा उभिन्छु ।' मिश्र अध्यापन कर्मबाट बुरुक्क उपि|mएर कूटनीतिमा आएका थिए । यस अर्थमा ती नवप्रवेशी कोरा थिए । त्यसैले त ती कुरामा कूटनीतिक रपmफु नभरिकन कोरा भाषामा कोरा कुरा गर्थे । भन्थे— 'म सके श्रमिकहरूको भलाइ गर्छु र ठग दलालहरूलाई ठीक पार्छु । नसके जनकपुरमा मेरो प्राध्यापन पेसा छँदै छ ।' बस्, आए आँप, गए झटारो ।

देवेन्द्र र दीपकसँग नेपाली श्रमिकहरूका कथा बटुल्दै र हाँसखेल गर्दै म सानो कतारका यावत् कुनाकानी घुमेको थिएँ । र कूटनीति, पत्रकारिता र कलाकोे पmयुजनबाट कतारमा नेपाली श्रमिकहरूको भलाइका लागि गजपको काम भएको मैले आपmनै आँखाले देखेको थिएँ । प्रमाणहरू आँखै अगाडि छन् त नपत्याउनु कसरी ! त्यसैले त कतारे त्रिमूर्तिसामु प्रशंसाभावले नतमस्तक भएको थिएँ म ।  मेरो मुखबाट रेगिस्तानको अग्निवषर्ी आकाशमा अनायासै 'धन्य, धन्य' भन्ने ध्वनि प्रस्फुटित भएको थियो । कतारमा गर्न पनि यी तीन भाइले तमासै गरेका थिए । मरुभूमिका एकलासे अन्तरकुन्तरमा अनाम, अपहिचान र बेखबर रहेर बगरे आगोमा पिल्सिँदै पसिना, रगत र आँसुले रेमिट्यान्सको सिर्जना गरिरहेका श्रमिकहरूलाई पत्ता लगाउने देवेन्द्र थिए । नेपालबाट लेखक-कविहरूलाई निम्त्याएर सन्तापमय निसासमा उच्चाटलाग्दो जीवन जिइरहेका नेपाली श्रमिकहरूमाझ साहित्यको प्रकाशमय र रसमय वातावरणको सिर्जना गर्ने दीपक थिए । र श्रमिकहरूको हितमा रैथाने श्रम कानुनलाई उपयोग गर्ने र दलालगणका ठग, लुच्चा र अमानवहरूलाई कानुन, नीति र नैतिकका कोर्राले ठोकी-ठोकी ठेगान लगाउने सूर्यनाथ थिए । र तिनका सत्कर्महरूलाई छाप्ने र फिँजाउने रैथाने कान्तिपुर थियो ।

तर यसपाला कतार जाँदा मैले अर्कै दृश्य देखेँ । पूणिर्माको पि्रतीकर उज्यालोपछि औँसीको सकसलाग्दो अँध्यारो देखेजस्तो । यहाँ म यो औँसीको सुनिजानेको कथा कहन्छु । डा. सूर्यनाथ मिश्र कतारबाट फिर्ता भएछन् र राजदूतको आसनमा सट्टाभर्ना भइछन्, डा. मायाकुमारी शर्मा । दलीय अंशबन्डाको तजबिजी राजनीतिमा जे हुने हो, त्यही भएछ । बौद्धिक ल्याकत, कूटनीतिक कौशल र नैतिक सौन्दर्यशून्य मायाकुमारीलाई करुणामयी पेरिसडाँडाको असीम कृपा प्राप्त भएछ । आखिर अंशबन्डामा आइलागेको पद न हो । त्यो पदका लागि योग्य र दक्ष, कर्मठ र इमानी पात्र रोजे पनि भयो । त्यो पद ढङ्ग, सोमत र शरम बिनाको कुनै लम्पटलाई  बक्सिस दिए पनि भयो ।
मायाकुमारी उत्तरआधुनिक टाइपकी मनुवा रहिछन् क्यार । चिन्तन र चरित्रको निश्चित आकार-प्रकार नभएकी । र तिनमा उत्तरआधुनिक पथको बटुवामा झैँ अडबाङ्गे तालको प्रयोग गर्ने रुचि भयङ्कर रहेछ । सके तिनका चित्तमा तर्कना यसरी खेल्यो होला— अघिल्ला राजदूत मिश्र सिङ्गल एमए पीएचडी, म टि्रपल एमए पीएचडी । ती कम पठितले जे गरे, म बढी पठित तिनका पाइला लुरुलुरु किन पछ्याउँ ? मौकामा चौका हान्दै कतारमा अमर कीर्ति राख्न म केही मौलिक काम किन नगरुँ ? बस्, पदमा विराजमान हुनु के थियो, महामहिम मायाले भकाभक प्रयोग सुरु गरिछन् ।

Friday, 19 July 2013

मेरो वाल्यकाल,

                                                                मेरो वाल्यकाल,,,,,,बाटोको छेउमा सानो घर जुन असुरक्षित थियो र राति कुनै सुरक्ष्या थिएन र नै राति आएको चोरले आमाको कानको सुनको मुन्द्री चोर्छ र नाक लुच्छ. घरमा केटाकेटी थाहा पाउदैनन. आमा बुबा केहि खैलाबैला गर्नुहुन्छ सायद. यो कथा जस्तै मैले पछि सुनेको हो र आज फेरि मैले सोधे भने बुबा आमाले केहि प्रस्टपार्नुहुन्छ होला. म सानो थिए कतै चार वर्ष को वा त्यस्तै हुँला ठ्याक्कै भन्न सकिन. मैले आमाको दुध छोडेको थिइन मेरी बैनी जन्मिसके पनि रम सानो छदा मलाई मेरी आमा पछि मलाई स्तन पान गराउने एकजना छिमेककी बिस्वकर्मा आमै पनि सम्झिन्छु जुन मेरा लागि दुध खुवाउने दोश्री आमा भएकी थिइन र म खेल्दै तिनै आमै लाई एकदिन पछाडीबाट ढकेली दिएको थिए जुन सानै छदा पनि मलाइ नरमाइलो लागेको  थियो र आज सम्म पनि.
 
एकदिनको घटना मलाइ झल्झली आउछ ..मलाई डर लागि रहेको थियो त्यसैले म साँझ पारेर घर गएको थिए, झन्डै राती नै भएको थियो. अलि घरै नजिकै पुगेर मकै बारी मा लुकेर घरको चालामाला र खैला बैला सुन्ने विचार गरे. आमा बुबा दिदि बहिनीहरु र नजिकै मामा घरबाट कोहि मेरो बारेमा कुरा पो गरिरहेका छन् कि वा चिन्ता गरिरहेका छन् जान्नु थियो मलाइ. मलाई खोजेर मेरो अनुपस्थितिमा  ठुलो चिन्ता नलिए पनि निकै खैला बैला भैरहेको पत्ता लगाए तर म पनि घर गैहलने स्थितिमा थॆइन तर रात छिप्पिदै जादा मलाई मनमा कतै डर ले पनि सताई रहेको थियो. दिदि मामा घरतिर सोध्न जाने भनेर हिड्न आटेको थाहा पाए. मन मन मा चाही मलाई देखे त घर लगीहल्थी दिदिले र हप्की दप्की, गाली र आमाले अलि अलि चुटाइ त दिने हो नि भन्दै सोच्दै थिए. मैले गल्ति गरेको सजाय यो काफी थियो. हो ठ्याक्कै दिदि पनि अध्यारो मा मामा घरतिर लागि र म नजानिँदो पाराले देखिने तरखरमा थिए र भयो पनि त्यहि दिदिले मलाइ देखि र चिच्याई आमा भाइ त यहाँ पो छ त? लौ मरो अब मलाई आज अलि अलि चिउरा त मिल्ने नै भयो मन मन मा सोच्दै डराउन थालेको थिए. किन घर नआइ लुकेको भनेर दिदीले झपारी हाली, मेरो उत्तर मा मेरो गल्ति आफै भन्नु पर्ने थियो नत्र थाहा पौदैन थिए कसैले पनि र पछि फेरि आफै थाह पाउनेछन र धुलाई त पाइहालिन्छ भन्ने थियो. आमा बुबा अनि गर्दै सबैको अनपत्तको गाली सुनिरहेको थिए. अब मैले कुराको चुरो नखोली नै भएन र भने' आज स्कूल बाट फूटबल खेल्न लगेको थियो चौरीमा र मेरो नया जर्केट (ज्याकेट) को चेन बिग्र्यो अनि मैले मास्टर (शिक्षक) लाई पनि भने वहाले बनाउन खोज्नु भयो तर त्यो बनेन, आमा चेन बिग्रियो. यसै गरि भनिदिए किन भने त्यो नया ज्याकेट मलाइ आमाले अघिल्लो दिनमात्र मेरो घुर्क्याई बाट किनिदिनु भएको थियो र जतन गरि लाउने भए मात्र भनेर सर्त राख्नु भाको थियो, मलाई मन पर्ने ज्याकेट. यो सुनेर आमाले कराउनु भयो अनि त्यसकै कारणले घर नआएको? ल अनि येति सानो कुराले पनि घर नै छोड्नु पर्छ त ? मेरो अन्तर्मन मा प्रसन्नता को उज्यालो धिप धिप गरि सल्किन थालेको थियो तर दिदिहरु मेरो ओरिपरि घेरेर बसेका थिए र बुबा अलि पर बसेर हास्दै हुनुहुन्थ्यो