
२ पुस, काठमाडौं । विश्वका लगभग सबैजसो भागमा पाइने सर्वव्यापी खाद्यपदार्थ आलुले क्यालोरीको हिसाबले संसारका सबै मानिसको प्राण धानिदिएको छ । तर आलुले केवल खाद्यपदार्थको रुपमा मानिसको जिवन धान्ने मात्र होइन उर्जा संकटको समेत समाधान गरिदिने सम्भावना रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यद्यपि आफुहरुले विकाश गरेको प्रविधिप्रति विश्वका सरकार तथा कम्पनीहरुले ध्यान नदिएको भन्दै शोधकर्ताहरुले निरासा व्यक्त गरेका छन् ।
इजरायलका वैज्ञानिकहरुले आलुबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेका हुन् । जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका प्राध्यापक हाइम रबिनोविच सहितका शोधकर्ताहरुले विकाश गरेको नयाँ प्रविधिबाट एउटा आलुले ४० दिनसम्म बल्ब बालिदिन सक्छ ।
आलुबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यवसायिक स्तरमै विजुली निकाल्न सकिने सम्भावना रहेको दाबी गर्दै शोधकर्ताहरुले विजुलीको लाइन नपुगका विश्वका कतिपय क्षेत्रमा आलुबाट विजुली निकालेर वितरण गर्न सकिनेतर्फ संकेत गरेका छन् ।
शोधकर्ताहरुका अनुसार आलुसँगै जस्ता तथा तामाको पाताको प्रयोग गरी विजुली निकालिन्छ । आलुभित्र रहेको अम्लले तामा तथा जस्तासँग रासायनिक प्रतिक्रिया गर्ने र त्यस क्रममा जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थमा जान्छ सो बेला उर्जा पैदा हुने शोधकर्ताले बताएका छन् ।
शोधकर्ता रबिनोविचले अमेरिका शोधकर्ताहरु एलेक्स गोल्डबर्ग तथा बोरिन्स रुबिन्स्कीसँग मिलेर आलुबाट विजुली निकाल्ने प्रविधिको अनुसन्धान सुरु गरेका थिए ।
शोधकर्ता गोल्डबर्गका अनुसार त्यसक्रममा उनीहरुले विभिन्न २० प्रकारका आलुको आन्तरिक प्रतिरोध तथा करेन्ट प्रवाहको जाँच गरेका थिए ।
उनका अनुसार काँचो आलु भन्दा उसिनेको आलुमा आन्तरिक प्रतिरोध कम हुने हुँदा धेरै उर्जा निकाल्न सकिन्छ ।
शोधकर्ता गोल्डबर्गका अनुसार त्यसक्रममा उनीहरुले विभिन्न २० प्रकारका आलुको आन्तरिक प्रतिरोध तथा करेन्ट प्रवाहको जाँच गरेका थिए ।
उनका अनुसार काँचो आलु भन्दा उसिनेको आलुमा आन्तरिक प्रतिरोध कम हुने हुँदा धेरै उर्जा निकाल्न सकिन्छ ।
शोधकर्ताका अनुसार एउटा आलुबाट लगातार निस्कने उर्जाको भोल्टेज कम हुने भएपनि सो उर्जा संचित गर्ने ब्याट्री बनाएर त्यसलाई मोबाइल तथा ल्यापटप चार्ज गर्नमा प्रयोग गर्न सकिन्छ ।शोधकर्ताहरुका अनुसार आलुबाट विजुली निकाल्दा लाग्ने लागत डि सेल ब्याट्रीको लागतभन्दा ५० गुणा सस्तो हुन्छ । त्यस्तै मट्टतिेलको प्रयोग भन्दा ६ गुणा सस्तो पर्ने दाबी शोधकर्ताहरुको छ ।आलु सस्तो हुने, सजिलैसँग संचय गर्न सकिनुका साथै लामो समयसम्म राख्न सकिने भएकाले यसबाट उर्जा उत्पादन भरपर्दो हुने बताइएको छ ।
विश्वमा १ अर्ब २० करोड मानिस विजुलीको पहुँचमा नरहेको अवस्थामा विजुलीबाट बञ्चित मानिसहरुको घर आलुले उज्यालो पारिदिन सक्ने दाबी शोधकर्ताहरुको छ ।
तर ३ वर्ष पहिले नै वैज्ञानिकहरुले पत्ता लगाएको आलुबाट विजुली निकाल्ने प्रविधितर्फ विश्वको ध्यान गएको देखिँदैछ । शोधकर्ता रबिनोविच यो विषयमा अरु कसैले केही थाहा नपाएको हुनाले नै ध्यान नगएको बताउँछन् ।
केराको बोक्राबाट पनि बिजुली
उता श्रृलंकाका वैज्ञानिकहरुले भने केराको बोक्राबाट विजुली निकाल्न कस्सिएका छन् । श्रृलंकाको केलानिया विश्वविद्यालयका केडी जयसूर्या लगायतको टोलीले केराको बोक्रालाई उमालेर त्यसबाट विजुली निकाल्ने प्रविधिको विकाश गरिरहेको छ । एउटा केराको बोक्रालाई उमालेर विजुली निकाल्दा एलइडी बल्ब ५ सय घण्टा सम्म बाल्न सक्नेजति उर्जा निकाल्न सकिने दाबी उनीहरुको रहेको बीबीसीले जनाएको छ ।
No comments:
Post a Comment