Monday, 15 December 2014

अब फेसबुकले थाहा दिने छ, तपाईका आसपासका साथीको सूचना

न्यूयोर्क(एपी) फेसबुक प्रयोगकर्ताले अब आफु बसेको ठाउँ नजिक कुन साथी छ भन्ने पत्ता लगाउन सक्नेछन् । फेसबुकले यही बिहीबार सार्वजनिक गर्न लागेको Nearby friends सुबिधाको प्रयोग गरी प्रयोगकर्ताले आफ्नो लोकेसन फेसबुके साथीहरुलाई सेयर गर्न सक्नेछन र त्यस आसपास रहेका साथीबारे जानकारी पाउन सक्नेछन् । तत्कालका लागि अमेरिकी प्रयोगकर्तालाई मात्र उपलब्ध हुने यो फिचर अन गरेपछि प्रयोगकर्ताले आफ्नो लोकेसन आफ्ना साथीहरुलाई थाहा दिन सक्नेछन् । यसका लागि मोबाइलको जीपीएस लोकेसन ट्रयाकिङ सिस्टमले काम गर्ने छ ।
यो फिचरले तपाई ठ्याक्कै कुन ठाउँमा हुनुहुन्छ भन्ने नदेखाइ केवल आधा 
माइल भित्र हुनुहुन्छ भन्ने सन्देशमात्र दिने छ । यदि तपाईले खास साथीलाई आफ्नो सही ठेगाना अर्थात कुनै पार्क, कफी सप वा बारमा छु भन्ने थाहा दिन चाहानुहुन्छ भने त्यो सुबिधा भने पाउनुहुनेछ । तपाईको लोकेसनको सूचना केवल आधा घण्टामात्र तपाईका साथीहरुले पाउनेछन, त्यसपछि आफै त्यो फिचर अफ हुनेछ । तर, तपाईले त्यसलाई सम्पादन गरी समय थप्न सक्नुहुनेछ ।
यो सुबिधा १८ बर्षभन्दा मुनीका प्रयोगकर्ताका लागि उपलब्ध हुने छैन् । दुई बर्षदेखि यो फिचर तयार पार्ने काम गरिरहेका फेसबुकका प्रोडक्ट म्यानेजर एन्ड्री भकारी भन्छन– ‘यसले तपाईलाई भर्चुअल दुनियाँका साथीलाई वास्तविक रुपमा भेट गर्न सहयोग गर्नेछ ।’ अनलाइन साथीको लोकेसन थाहा दिने कम्पनी ग्लेन्सी सुरुवात गरेका भकारी यसको सफलताप्रति आशावादी छन् । उनको कम्पनी फेसबुकले किनेपछि उनी फेसबुकमा यो सुबिधा थप्ने गृहकार्यमा जुटेका हुन् । तर, इन्टरनेट प्रयोगकर्ताको गोपनियताको अधिकारमाथि बहस गर्दै आइरहेको बिभिन्न संस्थाले भने यसले प्रयोगकर्ताको गोपनियता भंग गर्न सक्ने चेतावनी दिइरहेका छन् यो फिचर बाध्यकारी नभई ऐच्छिक भएकाले गोपनियतामा असर नगर्ने भक्कारी बताउँछन् । अहिले लोकेसनमा आधारित साथीहरुको पत्ता लगाएर अनलाइन डेटिङ गर्ने मोबाइल एप्सहरु टिण्डर र हिङगे लोकप्रिय छन् । ती एपले जस्तो साथी नबनेका प्रयोगकर्ताको लोकसन दिएपनि फेसबुकले भने साथी बनेकाहरुको मात्र लोकेसनबारे सूचना दिन्छ ।

No comments:

Post a Comment