Wednesday, 5 February 2014

Manoj Gajurel : Hasya Byangya Kendra, February 5th 2014


चीनका केटीहरुले टुप्पी बाँधेर पढ्न थाले


Chinese students tie their hair

हिन्दु धर्मग्रन्थहरुमा ऋषिमुनीहरुले आफ्ना चेलालाई टुप्पी बाँधेर पढ्न लगाएको पढ्न लगाएको प्रसंग पढ्न पाइन्छ । तर, आजकल चीनका युवतीहरुले उहिलेका ऋषिमुनीहरुको सिको गरेर टुप्पी बाँधेर पढ्न थालेका छन् ।
Chinese students tie their hair 1रातभरि पढ्दा निद्राबाट बच्न फुजिआन एग्रिकल्चर युनिभर्सिटीका दुई छात्राले टुप्पी बाँधेर पढ्न थाले । यो तस्वीर सामाजिक संजाल वीबोमा अपलोड भएपछि अहिले चीनका सोसल मिडियामा टुप्पी बहस चुलिएको छ ।
२० वर्षकी चेङ टेङ र २१ वर्षकी हुआङ ल लाई कामको बोझ ज्यादै थियो । उनीहरु रातभर जागै बस्नु पथ्र्यो । उनीहरुले एक इतिहासको किताबमा चिनियाँ स्कालर्सको माइन्ड अलर्ट गर्ने तरिकाबारे पढेका थिए । जसमा कपाललाई डोरीले बाँध्ने समेत उल्लेख थियो ।
आफूले यो तरिका अनपनाउँदा धेरै हदसम्म फलदायी भएको चेनले बताइन् । अहिले चिनिया बिद्यार्थीमाझ यो ट्रिक निकै लोकप्रिय समेत भएको छ ।

एन्ड्रोइड फोन बोक्नेको जासुसी गर्दै फेसबुक

युवा प्रयोगकर्ताले फेसबुकलाई रुचाउन छाडेका खवर सार्वजनिक भइरहँदा फेसबुकले भने एन्ड्रोइड प्रयोगकर्ताको जासुसी गर्न थालेको छ ।
facebookइन्टरनेट सेक्युरिटीसम्बन्धी काम गर्ने कास्परेस्की ल्यावको दावीअनुसार फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताको एसएमएस लगायत केही गोप्य सूचनाहरुमाथि निगरानी बढाइरहेको छ ।
फेसबुकको पछिल्लो एन्ड्रोइड एप्समार्फत् यसरी जासुसी गरिएको भन्दै कास्परेस्कीले बिज्ञप्ति निकालेरै प्रयोगकर्तालाई सचेत बनाएको छ ।
फेसबुक एप्स मोबाइलमा इन्स्टल गर्ने बेलामा यसले केही महत्वपूर्ण सूचनामा पहुँच माग्ने गरेको पछिल्लो अपडेटले चाहिँ ”Read your text messages (SMS or MMS)” भन्ने गरेको छ ।
प्रयोगकर्ताको भेरिफाईका लागि फोन नम्बर माग्नु सही भए पनि मल्टिमिडिया र एसएमएससम्मको एक्सेस गर्न खोज्नु सही नभएको कास्परेस्कीको भनाई छ ।
यसअघि अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीमा काम गरिसकेका स्नोडेनले फेसबुकले अमेरिकी अधिकारीकाहरुका लागि गुप्तचरी गर्ने गरेको आरोप लगाएका थिए । त्यो आरोपलाई फेसबुकले अस्वीकार गरेको थियो । स्परेस्कीको पछिल्लो आरोपबारे भने फेसबुकले अहिलेसम्म केही बोलेको छैन् ।

सुधारिएको पानीघट्टबाट विद्युतीकरण

राष्ट्रिय प्रसारण लाइन नपुगेका ग्रामीण क्षेत्रमा सुधारिएको पानीघट्टमार्फत गरिएको विद्युतीकरण सुविधा प्रभावकारी बन्दै गएको छ। विद्युतीय सुविधा र आर्थिक उपार्जनसमेत हुने भएपछि दुर्गम क्षेत्रमा यस्तो प्रणालीले प्रभावकारी बन्दै गएको हो। राजधानीमा बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेदरल्यान्ड सहयोग नियोगको संयुक्त आयोजना भएको गोष्ठीमा विद्युत सुविधा पुर्‍याउन नसकिएका जिल्लामा सुधारिएको पानीघट्टबाट सर्वसाधारणले सेवा पाइरहेको जनाइएको थियो। ग्रामीण क्षेत्रमा ऊर्जाका लागि मटितेलको अधिक प्रयोग हुने गरेको भन्दै केन्द्रका कार्यकारी निर्देशक गोविन्दराज पोख्रेलले पानीघट्टबाट उत्पादित विद्युतले महँगो मटितेल प्रयोगलाई न्यूनीकरण गरेको बताए। उनले भने, 'परम्परागत पानीघट्टले कुटानी पिसानीको मात्र काम गर्थ्यो भने सुधारिएको घट्टले बत्ती बाल्न पनि सकिन्छ।'
केन्द्रका अनुसार ३७ जिल्लामा घट्ट सुधारका कार्यक्रम सुरु गरिएको छ भने यसबाट ४ लाख ४० हजार व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्। २३ वटा घट्टबाट हालसम्म विद्युत उत्पादन भएको र यसबाट ८ सय ७१ घरमा विद्युतीकरण गरिएको छ। ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योग सञ्चालन गर्न यो प्रविधि बढी प्रभावकारी भइरहेको ग्रामीण प्रविधि केन्द्र नेपालका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले बताए।
सन् १०९० देखि पानीघट्टको सुधार सुरु गरिएको थियो। हालसम्म ३० हजार घट्ट सुधार गरेर सञ्चालन गर्न सकिने केन्द्रले जानकारी दिएको छ। यस्ता घट्टबाट हालसम्म ७ हजार युनिट विद्युत उत्पादन भएको छ। यसरी उत्पादित विद्युतले ठूला उद्योगका आवश्यक विद्युत उपलब्ध गराउन नसके पनि दुर्गमा गाउँमा छरिएर रहेका घरमा बत्ती बाल्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ। केन्द्रका अनुसार यस्ता घट्टबाट विद्युत उत्पादन गर्न प्रतिकिलोवाट २ लाख ४० हजार रुपैयाँ लाग्छ।

९ सय मुसा खाएर बिरालो

मिस ः ल भन बच्चाहरू, ९ सय मुसा खाएर बिरालो ....... हिड्यो। खाली ठाउँमा के हुन्छ?

पाङ्ग्रे जुरुक्क उठ्यो र भन्यो ः ९ सय मुसा खाएर बिरालो बिस्तारै-बिस्तारै हिँड्यो। 

मिस ः ठट्टा नगर पाङ्ग्रे, तिमीलाई पढ्ने मन छैन?

पाङ्ग्रे ः त्यो पनि तपाईंको मन राख्नलाई मात्र भनेको, नत्र ९ सय मुसा खाएर बिरालो त के बाघ पनि हिँड्न सक्दैन। 

०००

मोबाइल अनि महिला दुवै उस्तै-उस्तै 

- कुरा गरेर/ बोलेर कहिल्यै नथाक्ने

- नभै पनि नहुने

- समयसमयमा चार्ज र रिचार्ज गरिरहनुपर्ने

- अर्कोले 'डायल' गर्दिन्छ कि भन्ने चिन्ता भैरहने

- थरी-थरीका मोडल अनि महत्त्वपूर्ण कुरा

- आवश्यक परेका बेला 'सिग्नल' नहुने।

०००

२० रुपैयाँमा टेलिकमको अनलिमिटेड भ्वाइस कल

नेपालटेलिकमले प्रति महिना २० रुपियाँमा अनलिमिटेड भ्वाइस कलको प्याकेज घोषणा गरेको छ। कम्पनीको १० औँ वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले विभिन्न छुटको प्याकेज घोषणा गरेका हुन्। 
भट्टराईका अनुसार सिडिएमए प्रिपेड सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र हुने फोनमा प्रति महिना २० रुपियाँमा जति पनि कुरा गर्न सकिन्छ। यस्तो नाइट कल प्याकेज आजदेखि तीन महिनासम्म दिइनेछ।
प्याकेज लिन सिडिएमए मोबाइलबाट Night टाइप गरी १४१५ मा एसएमएस पठाएपछि करसहित २४ रुपैयाँ ८५ पैसा शुल्क काटिन्छ र एसएमएस पठाएको मितिदेखि लागू हुने गरी एक महिनाका लागि यो प्याकेज लागू हुन्छ।
मोबाइल सेवामा अनलिमिटेड भ्वाइस कलको सुविधा दिइएको नेपालमा यो पहिलो अवसर हो। 
वार्षिकोत्सवका अवसरमा अरु पनि विभिन्न छुट प्याकेजको घोषणा गरिएको छ।
पोस्टपेडलाई डाटा निःशुल्क
त्यसैगरी जिएसएम र सिडिएमए दुवै किसिमका पोस्टपेड मोबाइलका ग्राहकहरुले प्रति महिना ५० एमबी डाटा निःशुल्क पाउनेछन्। यो सुविधा टेलिकमले आजदेखि तीन महिनासम्म दिनेछ। 
पोस्टपेडको ग्राहक शुल्क दर पनि घटाइएको छ। यसअघि २ हजार १ सय ३० रुपैयाँ ग्राहक शुल्क रहेकोमा अब १ हजार ४ सय ३० रुपियाँ मात्र पर्नेछ। 
५५ पैसामा फोन