Saturday, 28 September 2013

जिन्दगी

  यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन । 
 बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै छुट्टिन लागेकाहरूसँग कसरी भेट्ने होला फेरि ? 
 यतिका वर्षपछि बल्ल बुझ्दैछु–हो बाँच्नुपर्ने रहेछ, भेटिँदा रहेछन् छुटेका मानिसहरु । जीवनको एउटा याममा दर्केझरीसँग भेटेझैं भेटिएर छुटेका मान्छेहरुसँ पनि भेट हुने रहेछ । सोह्र बर्षपछि उनीसँग फेरि भेट भयो अर्थात् खोलो फर्कियो
 भर्खर भर्खर स्नातक पढ्न थालेका दिनहरु थिए । साह्रै अन्र्तमुखी थिएँ । अरूले बोलेको सुनिरहने । तिनको जवाफ मनभित्रै दिने मनैले । त्यस्तो दिनमा क्यान्टिनमा चिया पिउन बस्दा भेट भएको थियो उनीसँग । 
‘म ननभेज टी’–उनले भनेकी थिइन् । 
 चियापनि ननभेज हुँदो रहेछ भनेर ज्ञानको विशाल किताब भेटेझैं मनभित्रै एकहात लामो खुशी फुलाएँ । केही बेरमा उनको अगाडि कालो चिया आयो । म दगं परें । मेरो घरमा बाले कालो चिया पिउन मन लागे भन्नुहुन्थ्यो–लौ है विरामी चिया भए पनि बसालम् । 
 उनीसँग अरू तीनजना केटीहरु थिए । ती मध्ये एउटीसँग मेरो साथी प्रल्हादको चक्कर शुरू भएको थियो । हिरो साइकलको पछि त्यही केटीलाई राखेर काठमाडौंका केही सडकहरुको फन्को मार्दै गरेको देखेको थिएँ दुई तीन चोटी प्रल्हादलाई । 
त्यो भन्दा बढी के के गर्‍यो ऊ आफैं जानोस् । प्रल्हादलाई उसैको प्रेमिकाले बोलाएकी थिई–‘यतै आए हुन्छ ।’ म नबोलाईकनै गएँ प्रल्हादको पछि लागेर । ननभेज टी अर्डर गर्नेवालीले हात अघि बढाउँदै भनि–‘एनी वे म विशाखा, घर विरगन्ज ।

Thursday, 26 September 2013

‘कतारमा नेपालीको स्थिति दास सरह’

ब्रिटेनको एउटा दैनिक पत्रिका द गार्डियनले कतारमा नेपालीहरु अहिलेको समयमा पनि दास सरह जीवन बिताइरहेको र दैनिक रुपमा एकजना नेपालीको मृत्यु हुने गरेको खोजमूलक समाचार प्रकाशित गरेको छ।


सन २०२२ मा कतारमा आयोजना गरिने विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माणमा कार्यरत नेपाली श्रमिकहरुको दयनीय अवस्था पनि उक्त समाचारपत्रले चित्रित गरेको छ।
नेपालीहरुको एउटा प्रमुख गन्तब्य रहँदै आएको कतारमा नेपालीहरुले भने अनुसार तलब नपाउने, कैयौं महिनासम्म तलबै नपाउने, संझौतामा उल्लेख भएको भन्दा फरक किसिमको कठिन र कष्टकर काम गर्नुपर्ने समाचार बारम्बार नेपालमा पनि प्रकाशित हुँदै आएका छन्।
चारमहिनादेखि तलब नपाएपछि काम गर्न छोडेर एउटा कोठामा सातजना साथीहरुसँग नेपाल फर्कने अवसरको पर्खाइमा रहेका सर्लाहीका ढालबहादुर थापाले आफ‍्नो राहादानी कम्पनिले जफत गरेको र फोहर पानी पिएर बस्नुपरिरहेको बताए।
बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा थापाले भने, “कतारमा काम गर्ने असी प्रतिशत नेपालीहरुको स्थिति हामी जस्तै छ।“

कतारमा नेपाली कामदारको करुण कथा


विमानस्थलमा काठको बाकस। फोटो साभारः गार्जियन
विमानस्थलमा काठको बाकस। फोटो साभारः गार्जियन
नेपाली मिडियामा कतारका लागि नेपाली राजदूत छाएकी छिन्। माओवादी कोटामा नियुक्त भएकी राजदुतले प्रचण्डले फर्कन भन्दा पनि मानिनन् रे। तर बेलायती मिडियाले भने बुधबार कतारमा रहेका नेपाली श्रमिकको पीडा खोतलेको छ। उनीहरुलाई दास जस्तो व्यवहार गरिएको देखाएको छ। गार्जियनमा छापिएको यो फिचर ले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ। पिट प्याटिसनले नेपाल र दोहा गएर यो फिचर तयार पारेका हुन्। फिचरमा एउटा पात्र छ गणेश विश्वकर्मा। भर्खर १६ वर्ष टेकेका। दाङका गणेशलाई म्यानपावर एजेन्टहरुले राम्रो काम र पैसा पाइन्छ भन्दै लोभ्याएपछि ऊ कतार जान कस्सिन्छ। पैसा त थिएन तर सपना थियो, फर्केर आएर आमाका लागि एउटा राम्रो घर बनाइदिने। ३६ प्रतिशत ब्याजमा डेढ लाख ऋण लिएर उड्छ कतारतिर। दुई महिनापछि फर्कन्छ। तर काठको बाकसमा- शवको रुपमा !

Monday, 23 September 2013

बिदेशी कामदारका लागि कतारमा सुपरमार्केट खुल्दै

grand-mallदोहा । नेपाल लगायतका देशबाट गएका एकल विदेशी कामदारका लागि लक्षित गर्दै कतारको राजधानी दोहामा बहु प्रतिक्षित व्यापारिक तथा मनोरञ्जन कम्प्लेक्स संचालनमा आउने भएको छ । कतारमा पहिलोपटक एकल विदेशी कामदारका लागि खोल्न थालिएको उक्त सपिङ तथा मनोरञ्जन मल अक्टोबरको पहिलो सातादेखि संचालनमा आउने बताइएको छ ।
पहिलो चरणमा यो परियोजना अन्तरगत कम्प्लेक्स भित्र हाइपरमार्केट हुनेछ । सन् २०१४ को मध्यदेखि यो कम्प्लेक्स पूर्ण सुविधामा संचालित हुनेछ ।दोहाको औद्योगिक क्षेत्रस्थित वेस्ट इण्ड पार्कमा रहेको ग्राण्ड मल हाइपरमार्केट नामको यो मल खासगरी भारतीय, पाकिस्तानी, नेपाली, श्रृलंकाली तथा बंगलादेशी र दक्षिणपूर्वी एसियाली देशका कामदारलाई लक्षित गरी संचालनमा आउन लागेको हो ।

Sunday, 22 September 2013

नासाले भन्यो : मंगल ग्रहमा जिवन छैन

मंगल ग्रहमा जिवको अस्तित्व रहन सक्ने यसअघिका विभिन्न खाले अनुमान तथा दाबीलाई असत्य सावित गर्दै अमेरिकी अन्तरीक्ष संस्था नासाले मंगल ग्रहमा कुनै पनि जिवित वस्तु नरहेको घोषणा गरेको छ ।
एक वर्षभन्दा बढि समयसम्म नासाको यान क्युरोसिटी रोबरले मंगल ग्रहमा गरेका विभिन्न खाले खोज तथा अवलोकन र त्यसबाट प्राप्त प्रमाणका आधारमा नासाले यस्तो निष्कर्ष निकालेको हो ।
curo
क्युरोसिटीले मंगल ग्रहमा जिवनको अस्तित्व रहने कुनैपनि वायुमण्डलीय वातावरण फेला नपारेको नासाको भनाइ छ । जिवित वस्तुबाट निस्कने मिथेन ग्यास मंगल ग्रहमा फेला नपरेको नासाले जनाएको छ ।
एक वर्षअघि मंगल ग्रहमा अवतरण गरेसँगै क्युरोसिटीले हरेक दिन बिहान र बेलुकी मंगल ग्रहको हावाको परीक्षण गर्ने गरेको छ । कतै त्यहाँ जिवको अस्तित्व रहेको प्रमाण दिने खालको वायुको प्रकार छ की ? भन्ने कुराको खोज गर्न क्युरोसिटीले गर्ने त्यस्तो परीक्षणबाट कुनैपनि सकारात्मक नतिजा पनि निस्कन सकेको छैन ।

पृथ्वीबाट मानिस लोप हुने वैज्ञानिकको चेतावनी

विश्वव्यापी उष्णिकरण अर्थात् तापमान बढ्ने क्रम तिब्र बनिरहेको बेला वैज्ञानिकहरुले पृथ्वीमा एक दिन सबै जिवको अस्तित्व समाप्त हुने भविष्यवाणी गरेका छन् । भविष्यमा सूर्य निकै तातो हुने र अत्यधिक तापक्रममा कारण पृथ्वीमा कोहीपनि नबाँच्ने वैज्ञानिकहरुको भनाइ छ ।
sun
तर वैज्ञानिकहरुको यस्तो भविष्यवाणीलाई लिएर हाम्रो पुस्ता तथा सन्तान दरसन्तानले समेत झ्वाट्टै चिन्ता लिइहाल्नुपर्ने अवस्था भने छैन । वैज्ञानिकहरुले पृथ्वीमा जिवको अस्तित्व समाप्त हुने दिन आउन अझै १ अर्ब ७५ करोड वर्ष लाग्ने बताएका छन् । १ अर्ब ७५ करोड देखि साढे ३ अर्ब वर्ष पछि पृथ्वीको तापक्रम निकै उच्च हुने र यहाँका सबै जिवित वस्तुको