Monday, 15 December 2014

अब फेसबुकले थाहा दिने छ, तपाईका आसपासका साथीको सूचना

न्यूयोर्क(एपी) फेसबुक प्रयोगकर्ताले अब आफु बसेको ठाउँ नजिक कुन साथी छ भन्ने पत्ता लगाउन सक्नेछन् । फेसबुकले यही बिहीबार सार्वजनिक गर्न लागेको Nearby friends सुबिधाको प्रयोग गरी प्रयोगकर्ताले आफ्नो लोकेसन फेसबुके साथीहरुलाई सेयर गर्न सक्नेछन र त्यस आसपास रहेका साथीबारे जानकारी पाउन सक्नेछन् । तत्कालका लागि अमेरिकी प्रयोगकर्तालाई मात्र उपलब्ध हुने यो फिचर अन गरेपछि प्रयोगकर्ताले आफ्नो लोकेसन आफ्ना साथीहरुलाई थाहा दिन सक्नेछन् । यसका लागि मोबाइलको जीपीएस लोकेसन ट्रयाकिङ सिस्टमले काम गर्ने छ ।
यो फिचरले तपाई ठ्याक्कै कुन ठाउँमा हुनुहुन्छ भन्ने नदेखाइ केवल आधा 
माइल भित्र हुनुहुन्छ भन्ने सन्देशमात्र दिने छ । यदि तपाईले खास साथीलाई आफ्नो सही ठेगाना अर्थात कुनै पार्क, कफी सप वा बारमा छु भन्ने थाहा दिन चाहानुहुन्छ भने त्यो सुबिधा भने पाउनुहुनेछ । तपाईको लोकेसनको सूचना केवल आधा घण्टामात्र तपाईका साथीहरुले पाउनेछन, त्यसपछि आफै त्यो फिचर अफ हुनेछ । तर, तपाईले त्यसलाई सम्पादन गरी समय थप्न सक्नुहुनेछ ।
यो सुबिधा १८ बर्षभन्दा मुनीका प्रयोगकर्ताका लागि उपलब्ध हुने छैन् । दुई बर्षदेखि यो फिचर तयार पार्ने काम गरिरहेका फेसबुकका प्रोडक्ट म्यानेजर एन्ड्री भकारी भन्छन– ‘यसले तपाईलाई भर्चुअल दुनियाँका साथीलाई वास्तविक रुपमा भेट गर्न सहयोग गर्नेछ ।’ अनलाइन साथीको लोकेसन थाहा दिने कम्पनी ग्लेन्सी सुरुवात गरेका भकारी यसको सफलताप्रति आशावादी छन् । उनको कम्पनी फेसबुकले किनेपछि उनी फेसबुकमा यो सुबिधा थप्ने गृहकार्यमा जुटेका हुन् । तर, इन्टरनेट प्रयोगकर्ताको गोपनियताको अधिकारमाथि बहस गर्दै आइरहेको बिभिन्न संस्थाले भने यसले प्रयोगकर्ताको गोपनियता भंग गर्न सक्ने चेतावनी दिइरहेका छन् यो फिचर बाध्यकारी नभई ऐच्छिक भएकाले गोपनियतामा असर नगर्ने भक्कारी बताउँछन् । अहिले लोकेसनमा आधारित साथीहरुको पत्ता लगाएर अनलाइन डेटिङ गर्ने मोबाइल एप्सहरु टिण्डर र हिङगे लोकप्रिय छन् । ती एपले जस्तो साथी नबनेका प्रयोगकर्ताको लोकसन दिएपनि फेसबुकले भने साथी बनेकाहरुको मात्र लोकेसनबारे सूचना दिन्छ ।

Monday, 1 December 2014

श्रुतिशंबेगबाट बिजय मल्लको उपन्यास "अनुराधा" : Download


श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :   "अनुराधा"
लेखक : बिजय मल्ल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार साथीहरू,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 कार्तिक 4 गते तदनुसार 21-October-2014 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार बिजय मल्लको उपन्यास "अनुराधा" लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । अबका मंगलबारिय श्रृंखलहरुमा निरन्तर अनुराधाको बाचन सुन्नुहुनेछ । कार्यक्रममा कुनै सल्लाह सुझाव र प्रतिकृया भए कार्यक्रमको इमेल shrutisambeg@unn.com.np मा मेल गर्नुहोला । Novel Anuradha by Bijaya Malla
Listen and Download (Right Click and Save As to Download)
Episode 1 : (21-10-2071/2071-07-04)

Download : Click Here to Download Episode 1
Episode 2 : (28-10-2071/2071-07-11)

के तपाई कम्प्युटर बाट आफ्नो मोबाइल मा नयाँ एप्लिकेसन लगाउन चाहनु हुन्छ


Mobogenie-Android-Manager

आज म यहाँ हरु लाइ सानो टिप्स तर धेरै उपयोगी टिप्स लिएर म यहाँ  हरु माझ आइ सकेको छु त्यो हो Mobogenie यो एउटा साधरण Mobogenie नाम बाट हामीले के  के फाइदा पाउछौ त हजुर ले कुन मोबाइल चलाउनु भएको छ हरेक एप्लीकेसन मा हरेक मोबाइल मा एप्लिकेसन को Software ले  मजाले काम गर्छ हजुर ले मोबाइल मा Game देखि लिएर जति पनि Software हरु अहिले अनलाइन मा अपडेट भएका छन् त्यो हजुर ले  यहाँ बाट पाउन सक्नु हुने छ हजुर कुनै पसल मा काम गर्दै हुन्या हुन्छ कुनै कस्टमर लाइ मोबाइल मा कुनै एप्लिकेसन चाहियो भने एसरी पनि दिएर पैसा कमाउन सकिन्छ धेरै सुधिदा एकै ठाउमा तपैले पाउन सक्नु हुनेछ  मैले तल लिंक दिएको छु तेस्मा क्लिक गरी डाउनलोड गर्नु होला यो आफ्नै सर्भर को भएको हुदा हजुर लाइ डाउनलोड गर्न  कुनै आपति नपर्ला एदी आपति भएमा हामीलाई निम्न ठेगाना मा या तल कमेन्ट गर्न नभुल्नु होल धन्यबाद 
या तल क्लिक गरी डाउनलोड गर्नु होला
अब या तल चित्र को लागि क्लिक गर्नु होला

Sunday, 30 November 2014

झापा शिवगञ्जकी मृगौला पिडित मनिषालाई कतारबाट दुई लाख सहयोग /




मृगौला रोगबाट पिडित झापा शिवगञ्जकी मनिषा लम्सालको जीवन रक्षाका लागि कतारमा संकलन गरिएको २ लाख रूपैयाँ मनिषाकी आमालाई हस्तान्तरण गरिएको छ ।
शिवगञ्ज-१ स्थायी घर भई शिवगञ्ज बहुमुखी क्याम्पसमा बीबीएस तेश्रो वर्षमा अध्यनरत २२ बर्षीया मनिषाको जीवन रक्षाको कामना गर्दै कतारमा रहेका श्री जन आर्दश विद्यालयका भू.पू. विद्यार्थीले कतारमा स्थापना गरेको संस्था, श्री जनआर्दश भू.पू. विद्यार्थी सम्पर्क मञ्च र कतारकै अलमिस्नाद सर्भिसेज कम्पनीका नेपाली कामदारहरुको सहकार्यमा जम्मा गरिएको रकम मनिषाकी आमा तारादेवी न्यौपाने (लम्साल)लाई हस्तान्तरण गरिएको हो ।
मञ्चको नियमित बैठक अन्तरगत २८ नोमेम्बर शुक्रबारका दिन कतारको दोहामा बसेको बैठकमा सहकार्य जनाउँदै सहभागि भएका अलमिस्नाद सर्भिसेज कम्पनीका नेपाली
कामदार र मञ्चले मृगौला पिडित मनिषा लम्सालको उपचारमा सहयोग गर्न संकलन गरेको एकमुष्ट रकम कतार रिएल ७ हजार ३ सय ४८ रियल (नेपाली रुपैयाँ २ लाख) मञ्चका का.बा. प्रथम उपाध्यक्ष मुकेश सुब्बाको नामबाट मृगौला पिडित मनीषाकी आमाको नाममा सिद्धार्थ रेमिटबाट पठाइएको मञ्जले जनाएको छ । मृगौला पिडित मनिषाको उपचारका लागि रकम सहयोग गर्ने उद्देश्यले मञ्चले दुई महिना अघिदेखि सुरु गरेको रकम संकलन कार्यमा मञ्चको तर्फबाट मञ्चमा आवद्ध नेत्र प्रसाद बोहोरा, मुकेश सुब्बा, जीवन खतिवडा, बिरेन्द्र राजवंशी, मेहरमान आङ्देम्बे, सरोज माबो र ओम दुलालको सकृयता थियो ।त्यसैगरी रकम सकलन कार्यमा कतारमा रहेको अल मिस्नाद सर्भिसेज कम्पनीमा कार्यरत इन्द्र खड्काको अगुवाईमा सोही कम्पनीमा कार्यरत नेपाली कामदारको सहयोग र सकृयतामा जगरनाथ खड्का, बिरेन्द्र यक्थुम्बा, थर्चा लामा, शिव थपलिया, चन्द्र सापकोटा, राजन न्यौपाने, विकास थापा, रोशन बुढाथोकी र शम्भु कार्की सहितको समुहले गएको तिहारमा देउसी भैलो कार्यक्रम संचालन गरेर रकम संकलन अभियानको सुरुवात गरेका थिए ।

Monday, 14 April 2014

श्रुति शंबेगबाट सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' : Download

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'समर लभ'
लेखक : सुबिन भट्टराई 
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ २४ गते तदनुसार 7th February 2014 शुक्रबार  सुबिन भट्टराईको उपन्यास  'समर लभ'  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel Summer Love written by Subin Bhattrai from Shrutisambeg)
LISTEN AND DOWNLOAD
Episode 1 : (07-02-2014/2070-10-24)

Download : Click Here to Download Episode 1
Episode 2 : (14-02-2014/2070-11-02)

Download : Click Here to Download Episode 2
Episode 3 : (21-02-2014/2070-11-09)