Wednesday, 5 February 2014

९ सय मुसा खाएर बिरालो

मिस ः ल भन बच्चाहरू, ९ सय मुसा खाएर बिरालो ....... हिड्यो। खाली ठाउँमा के हुन्छ?

पाङ्ग्रे जुरुक्क उठ्यो र भन्यो ः ९ सय मुसा खाएर बिरालो बिस्तारै-बिस्तारै हिँड्यो। 

मिस ः ठट्टा नगर पाङ्ग्रे, तिमीलाई पढ्ने मन छैन?

पाङ्ग्रे ः त्यो पनि तपाईंको मन राख्नलाई मात्र भनेको, नत्र ९ सय मुसा खाएर बिरालो त के बाघ पनि हिँड्न सक्दैन। 

०००

मोबाइल अनि महिला दुवै उस्तै-उस्तै 

- कुरा गरेर/ बोलेर कहिल्यै नथाक्ने

- नभै पनि नहुने

- समयसमयमा चार्ज र रिचार्ज गरिरहनुपर्ने

- अर्कोले 'डायल' गर्दिन्छ कि भन्ने चिन्ता भैरहने

- थरी-थरीका मोडल अनि महत्त्वपूर्ण कुरा

- आवश्यक परेका बेला 'सिग्नल' नहुने।

०००

२० रुपैयाँमा टेलिकमको अनलिमिटेड भ्वाइस कल

नेपालटेलिकमले प्रति महिना २० रुपियाँमा अनलिमिटेड भ्वाइस कलको प्याकेज घोषणा गरेको छ। कम्पनीको १० औँ वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले विभिन्न छुटको प्याकेज घोषणा गरेका हुन्। 
भट्टराईका अनुसार सिडिएमए प्रिपेड सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र हुने फोनमा प्रति महिना २० रुपियाँमा जति पनि कुरा गर्न सकिन्छ। यस्तो नाइट कल प्याकेज आजदेखि तीन महिनासम्म दिइनेछ।
प्याकेज लिन सिडिएमए मोबाइलबाट Night टाइप गरी १४१५ मा एसएमएस पठाएपछि करसहित २४ रुपैयाँ ८५ पैसा शुल्क काटिन्छ र एसएमएस पठाएको मितिदेखि लागू हुने गरी एक महिनाका लागि यो प्याकेज लागू हुन्छ।
मोबाइल सेवामा अनलिमिटेड भ्वाइस कलको सुविधा दिइएको नेपालमा यो पहिलो अवसर हो। 
वार्षिकोत्सवका अवसरमा अरु पनि विभिन्न छुट प्याकेजको घोषणा गरिएको छ।
पोस्टपेडलाई डाटा निःशुल्क
त्यसैगरी जिएसएम र सिडिएमए दुवै किसिमका पोस्टपेड मोबाइलका ग्राहकहरुले प्रति महिना ५० एमबी डाटा निःशुल्क पाउनेछन्। यो सुविधा टेलिकमले आजदेखि तीन महिनासम्म दिनेछ। 
पोस्टपेडको ग्राहक शुल्क दर पनि घटाइएको छ। यसअघि २ हजार १ सय ३० रुपैयाँ ग्राहक शुल्क रहेकोमा अब १ हजार ४ सय ३० रुपियाँ मात्र पर्नेछ। 
५५ पैसामा फोन

एनसेलको अनलिमिटेड इन्टरनेट


एनसेलको अनलिमिटेड इन्टरनेट

काठमाडौं-मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना डेटाका ग्राहकहरुलाई ३० दिनै इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ अनलिमिटेड इन्टरनेट प्याक नामक नयाँ डेटा योजना ल्याएको छ।

यहि माघ २२ गतेबाट लागु हुने यस योजनामा एनसेलका इन्टरनेट प्रयोगकर्ताले ६ सय ९९ (कर बाहेक) रुपैयाँमा एक जिबी डेटा भल्युम रहेको अनलिमिटेड इन्टरनेट प्याक खरिद गरी ३० दिनसम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।यस योजनाले एनसेलका ग्राहकहरुलाई प्याक सकिएपछि पनि इन्टरनेट चलाई आधारभूत कार्यहरु गर्न सक्ने सुविधा प्रदान गरेको छ। निश्चित मूल्यमा ३० दिनसम्म इन्टरनेट चलाउन सकिने यो सुविधाले हाम्रा ग्राहकहरुलाई थप लाभ प्रदान गर्ने विश्वास छ,' एनसेलकी कर्पोरेट कम्यूनिकेसन निर्देशक सन्जु कोइरालले भनिन्।अनलिमिटेड इन्टरनेट प्याक लिएका ग्राहकले प्याक रहुञ्जेल थि्रजीको गतिमा इन्टरनेट चलाउन सक्नेछन् भने प्याक सकिए पछि पनि बाँकी अवधिभर ३२ केबिपिएसको गतिमा निःशुल्क इन्टरनेट चलाउन सक्नेछन्।यो सुविधा मोबाइलको माध्यमबाट इन्टरनेट चलाउने ग्राहकहरुको लागि लागु हुने छ। एनसेलका ग्राहकहरुले ८१७१२५३ डायल गरी यो सुविधा एक्टिभेट गर्न सक्छन्।अनलिमिटेड इन्टरनेटमा ठूलो भल्युमको प्याक चाहने ग्राहकहरुको लागि ५ जिबी र १० जिबीका प्याकहरु पनि उपलब्ध छन्। ग्राहकले कर बाहेक क्रमशः एक हजार ९ सय ९९ र दुई हजार ९ सय ९९ मा यी प्याकहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

युट्युवले 'भिडियो भ्युज' अडिटिङ गर्ने


युट्युवले 'भिडियो भ्युज' अडिटिङ गर्ने

एजेन्सी- भिडियो सेयरिङ वेबसाइट युट्युबले 'भिडियो भ्युज'को अडिटि सुरु गरेको छ। युट्युबमा सेयर गरिएका भिडियोको दर्शक संख्याको गणना आधिकारिक, यथार्थ र थप सुधार गर्न अडिट सुरु गरेको युट्युवले जनाएको छ।युट्युबको यो कदमले कुनै भिडियोको दर्शक संख्या अप्राकृतिक रुपमा बढाएर चर्चा कमाउने चलन हट्ने युट्युबको दाबी छ। अहिले इन्टरनेटमार्फत दर्शक संख्या बढाउन 'रिडाइरेक्ट' तथा दर्शक किन्नेसम्मका विकृति देखिन थालेपछि कम्पनीले यस्तो कदम चालेको हो। 'अब यसले समय-समयमा दर्शक संख्या आधिकारिकता जाँच गर्ने छ,' युट्युबको सन्चालक गुगलले आफ्नो ब्लगमा भनेको छ, 'यदी गलत तथा अप्राकृतिक दर्शक छ भने त्यसलाई हटाइने छ।'

किशोरीका आँखाबाट आँसुको सट्टा ढुंगा बर्सिएपछि (भिडियोसहित)

crying STONES instead of tears 2
यमनमा एक जना किशोरीको आँखाबाट आँसुको सट्टा ढुंगा झर्न थालेपछि चिकित्सक छक्क परेका छन् ।
यमनको एक गाउँमा बस्ने १२ बर्षिय किशोरी सादिया सालेहको आँखाबाट सानो–सानो आकारका कडा ढुंगा खस्छन् । आँसुजस्तै ती ढुंगा आँखाको बिच भागमा आइ पुगेर गालामा खस्छन् ।
यो अनौठो घटनापछि उनलाई डाक्टरकहाँ पुराइयो । तर, डाक्टर पनि यो देखेर छक्क परिरहेका छन र किन यस्तो भयो भन्ने बताउन सकिरहेका छैनन् ।

यी हुन बिश्वको उत्कृष्ट तस्वीरका प्रतिस्पर्धीहरु

‘सोनी वर्ल्ड फोटोग्राफी एवार्ड २०१४’को प्रतिस्पर्धामा रहेका तस्वीरहरुको सूची सार्वजनिक गरिएको छ । यो बर्ष विश्वका १ सय ६६ मुलुकका फोटोग्राफरहरुले कूल एक लाख ४० हजार तस्वीर पेस गरेका थिए ।
Sony-Photography-Awards
यो संख्या गत ७ वर्षयताकै धेरै हो । गत १२ महिनाभित्र खिचिएका अद्धितीय तस्वीरले पुरस्कार जित्नेछन् । यो एवार्ड तीन बिधामा हुने छ । प्रोफेसनल, ओपन र युथ मुख्य बिधामा दर्जनौं उप बिधाहरु तोकिएका छन जसअन्र्तगत सयौं तस्वीर प्रतिस्पर्धामा छन् ।
हामीले यहाँ तपाईलाई प्रोफेसनल र ओपन बिधामा प्रतिस्पर्धारत केही तस्वीरहरु पेश गरेका छौं जो जीतको दौडमा छन् ।
Sony Photography Awards 1
Sony-Photography-Awards-2अरु फोटा हेर्नु होला