Tuesday, 4 February 2014

अमेरिकी पुरुषले कुकुरसँग बिहे गरे, राज्यले मान्यता दियो

अमेरिकाको सान फ्रान्सिस्को शहरले एक पुरुषलाई कुकुरसँग बिबाह गर्न अनुमति दिएको छ । सान फ्रान्सिस्को राज्यले पहिलोपटक मान्छेलाई जनावरसँग बिबाह गर्ने अनुमति दिएपछि सोमबार त्यहाँका एक ३५ वर्षीय पुरुषले आफ्नो कुकुरसँग बिबाह गरेका छन् ।
dog-marriage
३५ बर्षीय पउल हर्नरले आफ्नो पाल्तु कुकुर म्याकसँग बिबाह गरेका छन् । चर्चका पादरीसमेत उपस्थीत बिबाहमा उनले कुकुरलाई दुलहीले लगाउने सेतो गाउनजस्तो देखिने बस्त्र लगाइदिएका थिए ।
बिश्वकै इतिहासमा एउटा पुरुषले भाले कुकुरसँग गरेको पहिलो कानुनी मान्यताप्राप्त बिबाह हो ।
‘म म्याकलाई एकदमै माया गर्छु, म उसलाई लिएर चाँडै हनिमुन मनाउन मोन्टाना जाँदै छु’ विवाहले कानुनी मान्यता पाएपछि उनले प्रेससँग भने-’यहाँ विवाह गर्न मात्र अनुमति पाइयो, माया गर्न चाहिँ यहाँ कठिन छ ।’
मानिसहरुले किन कुकुरसँग बिबाह गरेको भन्दै आफुलाई हैरानै पार्नेगरि सोधेको भन्दै हर्नरले आक्रोश पोखे । ‘म उसलाई एकदमै माया गर्छु र उसले पनि मलाई एक मान्छेले गर्नेभन्दा सयौं गुणा बढी माया गर्छ’ उनले भने ।

बान्ता गरेर पेन्टिङ बनाउने युवती

मानिसहरु बिरामी नभई बान्ता गर्दैनन् । तर, बेलायतकी एक शाकाहारी युवती दिनमा दर्जनौंपटक बान्ता गर्छिन र सुन्दर चित्र बनाउँछिन् ।
Millie-Brown
२७ वर्षीया मिली ब्राउन सफा क्यान्भासमा रंगीन उल्टी गरेर अमूर्त चित्र बनाउँछिन् । पेन्टिङ गर्ने परम्परागत आर्ट शैलीबाट दिक्क भएपछि उनलाई केही नयाँपन दिने जोस जाग्यो । सन् २००५ बाट बान्ता गरेर आर्ट बनाउन सुरु गरेकी मिलीले अहिले लाइभ परफर्मेन्स दिँदै आएकी छिन् ।
लाइभ परफर्मेन्स गर्नु पर्ने भएपछि उनी दुई दिनअघि देखि नै खाना खान बन्द गर्छिन् । जसका कारण उनको पेट पूर्ण रुपमा खाली हुन्छ, ताकि उनलाई जुन रंगले पेन्टिङ गर्नुछ, त्यो पेटको भित्रसम्म पुग्न सकोस् । उनी रंगलाई दुधमा मिसाएर पिउँछिन् । चार लिटरसम्म तरल पदार्थ पिउन सक्ने उनको दावी छ ।
अरु पनि फोटा हेर्नु  होला। 

एक किलो महको मूल्य ७ लाख रुपैयाँ ?

Elvish-honey
एक किलो महको मूल्य कति पर्ला ? तपाईको सहज अनुमान हुनसन्छ २/४ सयदेखि बढीमा हजार । तर, आज हामी तपाईलाई यस्तो महबारे जानकारी दिँदै छौं-जसको मूल्य कारको भन्दा बढि पर्छ ।
टर्किमा उत्पादित ‘एल्विस’ नामको यो महको मूल्य प्रतिकिलो ५ हजार युरो अर्थात् झण्डै ७ लाख रुपैयाँ पर्छ ।
यो महको मूल्य यति महंगो पर्नुमा खास कारण छ । यो १८ सय मिटर गहिरो गुफामा उत्पादित प्राकृतिक मह हो । हुन त संसारमै टर्कीको मह अब्बल मानिन्छ । तर, त्यहाँको सारिकायर उपत्याकाको गुफामा उत्पादित यो मह झनै खास छ ।
स्थानीय माहुरी पालक गुनाय भन्छन्-यो सबैभन्दा महंगो मह हो । यो मह बनाउने क्रममा महुरीले गोला बनाउँदैन ।’ यो उपत्याकामा थुप्रै औषधिजन्य बनपस्ति रहेका कारण पनि यो मह खास रहेको उनले भनाई छ ।
Elvish-honey-1
गुनायको तीन पुस्ताले महुरी पालन गर्दै आएको छ । २००९ मा गुफामा माहुरी आवत जावत गरिरहेको देखेपछि यो मह भएको आशंका गरिएको थियो । ब्यबसायिक आरोहीको सहयोगमा गुफाभित्र गएपछि १८ किलो मह भेटिएको थियो ।
उक्त मह फ्रान्सेली ल्याबमा परिक्षण गर्दा यो सात बर्ष पुरानो भएको र महत्वपूर्ण तत्वले भरिपूर्ण पाइएको थियो । २००९ मा फ्रान्सको स्टाक एक्सचेन्जमा पहिलो पटक एक किलो मह ४ हजार ५ सय यूरोमा बेचिएको थियो । त्यसको एक वर्षपछि चीनका फर्मासिस्टले २८ हजार यूरोमा मा किनेका थिए ।
अहिले यसको मूल्य ५ हजार युरो प्रतिकिलो तोकिएको छ । टर्कीमा सामान्यतयाः ५ हजार भन्दा कम मूल्यमै नयाँ कार आउँछ । तर, कारभन्दा महंगो यो महको चर्चा र माग पनि उत्तिकै छ ।

एकपटक चार्ज गरेर चार दिन चलाउन मिल्ने लेनोभो मोबाइल

स्मार्ट फोनको सवैभन्दा दिक्क लाग्ने पक्ष हो– ब्याट्री छिटो सकिनु । दैनिक १२ घण्टा लोडसेडिङ अँध्यारो हुने हाम्रो मुलुकमा भनेका बेला चार्ज गर्न नपाइने भएकाले पनि स्मार्टफोनमा ब्याट्री टिकाउन निकै कठिन हुन्छ ।
तर, हालै नेपाली बजारमा आएको लेनोभो पी७८० मोडलको मोबाइलमा यो दिक्दारी छैन् । तपाईले एकपटक पूर्ण चार्ज गरेपछि लगभग चार दिनसम्म मजाले फोन चलाउन सक्नुहुन्छ । ब्याट्री सेभर मुडमा नराख्दा पनि तपाईले ४३ घण्टासम्म निरन्तर कुरा गर्न सक्नुहुन्छ ।
स्मार्टफोन बजारमा ‘किङ अफ द रिङ फर ब्याट्री’का रुपमा चिनिने यो फोनमा ४००० एमएएचको ब्याट्री जडित छ । यसले भारतीय बजारमा धेरेको मन जितिसकेको छ ।
५ इन्च स्क्रिन भएको यो मोबाइल डिजाइन र डिस्प्लेमा पनि निकै उत्कृष्ट छ । १.२ गिगाहर्जको क्वाड प्रोसेसर रहेको पी ७८० मा एन्ड्रोइड ४.२ जेलिविन अपरेटिङ सिस्टम रहेको छ ।
दुईवटा जीएसएम सीम लाग्ने यो फोनमा पछाडीको क्यामेरा ८ मेगापिक्सेलको छ भने अगाडीको क्यामेरा ३ मेगापिक्सेलको । ४ जीवी इन्टरनल स्टोरेज क्षमता भएको यो मोबाइलमा ३२ जीवीसम्म क्षमताको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।

एनसेलको अनलिमिटेड इन्टरनेट प्याक

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले डेटाका ग्राहकहरुलाई ३० दिनै इन्टरनेट सेवा उपलब्ध गराउन ‘अनलिमिटेड इन्टरनेट प्याक’ योजना ल्याएको छ । योजना माघ २२ गतेदेखि लागु हुने कम्पनीले बताएको छ । योजना अन्तर्गत एनसेलका इन्टरनेट प्रयोगकर्ताले कर बाहेक ६ सय ९९ रुपैयाँमा १ जीबी डेटा भल्युम रहेको अनलिमिटेड इन्टरनेट प्याक खरिद गरी ३० दिनसम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
अनलिमिटेड इन्टरनेट प्याक लिएका ग्राहकले प्याक रहुञ्जेल थि्रजीको गतिमा इन्टरनेट चलाउन सक्नेछन् भने प्याक सकिएपछि पनि बाँकी अवधिभर ३२ केविपिएसको गतिमा निःशुल्क इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीका अनुसार एनसेलका ग्राहकहरुले ८१७१२५३ डायल गरि यो सुविधा एक्टिभेट गर्न सक्नेछन् । अनलिमिटेड इन्टरनेटमा ठूलो भल्युमको प्याक चाहने ग्राहकहरुको लागि ५ जीबी र १० जीबीका प्याकहरु प्नि उपलब्ध गराउने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन् । यी प्याक लिनका लागी ग्राहकहरुले कर बाहेक क्रमशः एक हजार ९ सय ९९ र दुई हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो योजनाले एनसेलका ग्राहकहरुलाई प्याक सकिएपछि पनि इन्टरनेट चलाई आफ्ना आधारभूत कार्यहरु गर्न सक्ने सुविधा प्रदान गरेको कोइरालाले बताइन् । 

श्रृंखला 89 - वहकिने मन (2070-10-20/03-02-2014) - Download

बहकिने मन BAHAKINE MAN
DATE :(2070-10-20/03-02-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2070 माघ 20  तदनुसार 03-February 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 89 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download