Saturday, 9 November 2013

Thursday, 7 November 2013

Dance India Dance 3rd Season 4 November 2013

Part - 1

Part - 2

Part - 3

Part -4

Part - 5
Dance India Dance Season 4 3rd November 2013

Wednesday, 6 November 2013

बिद्यार्थीको स्वागतमा युनिभर्सिटीमै फोम फाइट र किसिङ (फोटो फिचरसहित)

स्कटल्याण्डको पूरानो विश्वविद्यालय ‘यूनिभर्सिटी अफ सेन्ट एन्ड्रयूज’ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने आफ्नै शैली छ । त्यहाँ परम्परागत विशाल फोम (फिंज) फाइट गरिन्छ । हालै भएको स्वागत कार्यक्रममा सयौं विद्यार्थीले फोम फाइटमा भाग लिएका छन् ।
massive-foam-fight-4
फाइटमा फोम प्रयोग गरिएको थियो, जसका कारण विद्यार्थीहरु सेतै ढाकिए । फोम यतिसम्म बाक्लो थियो की त्यसको मद्दतबाट उनीहरुले आफ्नो हेयर स्टाइल नै बदलिदिए । सेताम्मे भएर फोम फाइटमा सहभागी नौजवानहरु क्षणभरमै रोमान्टिक मुडमा बदलिए ।
अनुहार नै फोमले ढाकिएको अवस्थामा केही जोडीहरु एक अर्कालाई किस गर्दै मस्ती मारिरहेका देखिन्थे । यूनिभर्सिटीमा रहेको पूराना विद्यार्थीले नवआगन्तुकलाई आफनो परिवारमा सामेल गरेको खुसियालीमा फोम फाइट गर्ने गरिन्छ ।

फिल्म हेरेकै भरमा बेलायती युवाले छाडे सम्पन्न जिन्दगी, गान्धीको सिको गर्दै जीवन धान्ने

आयरल्याण्डका मार्क बोयलले आफ्नो घर जागिर सबै छाडिदिएका छन् । अब उनीसँग न बैंक अकाउन्ट छ न कुनै सम्पत्ति । सारा संसारिक सुख छाडेर अहिले उनी सयौं बर्ष पुरानो जीवन जीउँदै छन् ।
mark-boyle-1
उनको जीवनमा यो परिर्वतन महात्मा गान्धीको जीवनीमा बनेको भिडियो ‘द गान्धी’ हेरेपछि आएको हो । गान्धीको विचार ‘बी द चेन्ज वान्ट टू सी इन द वल्र्ड’ ले मार्कलाई यति प्रभावित पर्‍यो कि जीवनको उद्देश्य नै बदलिदिए- गान्धीले जस्तो जीवन बिताउने । अब उनले संघर्ष गरेर नै बाँकी जीवन बिताउने छन, पश्चिमा मुलुकको सुबिधामा हैन् ।
मार्क भन्छन्-सात वर्षअघिसम्म म यस्तो गर्नेबारे सोच्नसम्म सक्दिनथेँ ।’ बिजनेस र इकोनोमिक्समा डिग्री गरेपछि उनले एक अर्गानिक कम्पनीमा काम गरेका थिए । ‘मसँग पैसा र जीवनको सबै सुविधा थियो ।’ उनी भन्छन्, अब म आफ्नो खाना माइक्रोओभनमा हैन स्टोभमा बनाउँछु । मलाई लाग्छ, उपभोक्ता र उपभोगको बीचमा निकै दुरी बढेको छ । पैसाले खुसी आउँदैन । सुविधाको अभावमा पनि म निकै खुसी छु ।’
बृत्तचित्र हेरेपछि अहिले उनी गान्धीको जस्तो जिन्दगी जिउने कोसिसमा छन् । उनी सकेसम्म सुबिधायुक्त चीज प्रयोग गर्दैनन, आफ्नो जीवनलाई भोग बिलासबाट टाढै राख्न कोसिस गर्छन् ।
mark-boyle

भारत मंगलग्रहतर्फ

भारतले मंगलग्रहको पहिलो अभियान मंगलबार प्रक्षेपण गरेको छ । यो सफल भएमा भारत उक्त रातो ग्रहमा पुग्ने पहिलो एसियाली मुलुक हुनेछ । यसले न्यून लागतको अन्तरिक्ष प्रविधि प्रदर्शन गर्नेछ । दक्षिणी श्रीहरिकोटको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उक्त विमान प्रक्षेपण भएको सरकारी टेलिभिजन दूरदर्शनमा देखाइएको थियो । रातो तथा कालो रंगको उक्त विमान आकाशमा प्रवेश गर्दा टेलिभिजनमा प्रस्तोताले विमान प्रक्षेपण भएको वर्णन गरेका थिए । ३ सय ५० टनको विमानमा मानवविहीन विमान पनि छ । भारतले सन् १९६३ मा अन्तरिक्ष अभियान सुरु गरेपछिको यो सबैभन्दा चुनौतीपूर्ण लक्ष्य हो ।

एनसेलको फेसबुक प्याक

एनसेलले पहिलो पटक एप्लिकेसनमा आधारित प्याकेज (योजना) सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो । यस्तो प्याकेज खरिद गर्दा तोकिएको एप्लिकेसनको सुविधा छुट्टै खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार ग्राहकले न्यूनतम प्रतिएमबी ५० पैसासम्ममा 'फेसबुक प्याक' अन्तर्गत सामाजिक सञ्जाल चलाउन पाउनेछन् ।
कात्तिक २१ गतेदेखि ग्राहकले दैनिक, साप्ताहिक वा मासिक फेसबुक प्याक लिन सक्ने जनाइएको छ । 'दैनिक प्याकअन्तर्गत ग्राहकले ९ रुपैयाँ -करबाहेक) मा १० एमबी बराबरको प्याकेज प्राप्त गर्न सक्नेछन््,' विज्ञप्तिमा भनिएको छ, 'यो प्याक खरिद गरेको २४ घन्टासम्मका लागि मान्य हुनेछ ।' सात दिन चल्ने साप्ताहिक प्याकमा करबाहेक ४९ रुपैयाँमा फेसबुकका लागि ७० एमबी पाउनेछन्् ।   मासिक प्याक खरिद गर्ने ग्राहकले करबाहेक १ सय ४९ रुपैयाँ बुझाउनुपर्नेछ । जसमा फेसबुकका लागि ३ सय एमबी डाटा उपलब्ध हुनेछ । प्याक मोबाइलमा मात्र लागू हुने र फेसबुकको आधिकारिक एप्लिकेसनबाट चलाउनुपर्ने कम्पनीले जनाएको छ । फेसबुक प्याकबाट स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्बिर तथा भिडियो अपलोड गर्न, लाइक तथा कमेन्ट गर्न र फेसबुकभित्रै रहेको भिडियो हेर्न सकिन उल्लेख गरिएको छ । तर फेसबुकमा राखिएको लिंकबाट अर्को वेबसाइटमा गए नियमति इन्टरनेट शुल्क लागू हुने कम्पनीले जनाएको छ । 'योजनालेे हाम्रा ग्राहकलाई सुलभ दरमा आफ््ना निकटजनसँग सम्पर्कमा रहन र आफ््ना विचारहरू अभिव्यक्त गर्ने अवसर प्रदान गर्नेछ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'यसले हाम्रा सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।'