भारतले मंगलग्रहको पहिलो अभियान मंगलबार प्रक्षेपण गरेको छ । यो सफल भएमा भारत उक्त रातो ग्रहमा पुग्ने पहिलो एसियाली मुलुक हुनेछ । यसले न्यून लागतको अन्तरिक्ष प्रविधि प्रदर्शन गर्नेछ । दक्षिणी श्रीहरिकोटको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उक्त विमान प्रक्षेपण भएको सरकारी टेलिभिजन दूरदर्शनमा देखाइएको थियो । रातो तथा कालो रंगको उक्त विमान आकाशमा प्रवेश गर्दा टेलिभिजनमा प्रस्तोताले विमान प्रक्षेपण भएको वर्णन गरेका थिए । ३ सय ५० टनको विमानमा मानवविहीन विमान पनि छ । भारतले सन् १९६३ मा अन्तरिक्ष अभियान सुरु गरेपछिको यो सबैभन्दा चुनौतीपूर्ण लक्ष्य हो ।
Wednesday, 6 November 2013
एनसेलको फेसबुक प्याक
एनसेलले पहिलो पटक एप्लिकेसनमा आधारित प्याकेज (योजना) सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो । यस्तो प्याकेज खरिद गर्दा तोकिएको एप्लिकेसनको सुविधा छुट्टै खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार ग्राहकले न्यूनतम प्रतिएमबी ५० पैसासम्ममा 'फेसबुक प्याक' अन्तर्गत सामाजिक सञ्जाल चलाउन पाउनेछन् ।
कात्तिक २१ गतेदेखि ग्राहकले दैनिक, साप्ताहिक वा मासिक फेसबुक प्याक लिन सक्ने जनाइएको छ । 'दैनिक प्याकअन्तर्गत ग्राहकले ९ रुपैयाँ -करबाहेक) मा १० एमबी बराबरको प्याकेज प्राप्त गर्न सक्नेछन््,' विज्ञप्तिमा भनिएको छ, 'यो प्याक खरिद गरेको २४ घन्टासम्मका लागि मान्य हुनेछ ।' सात दिन चल्ने साप्ताहिक प्याकमा करबाहेक ४९ रुपैयाँमा फेसबुकका लागि ७० एमबी पाउनेछन्् । मासिक प्याक खरिद गर्ने ग्राहकले करबाहेक १ सय ४९ रुपैयाँ बुझाउनुपर्नेछ । जसमा फेसबुकका लागि ३ सय एमबी डाटा उपलब्ध हुनेछ । प्याक मोबाइलमा मात्र लागू हुने र फेसबुकको आधिकारिक एप्लिकेसनबाट चलाउनुपर्ने कम्पनीले जनाएको छ । फेसबुक प्याकबाट स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्बिर तथा भिडियो अपलोड गर्न, लाइक तथा कमेन्ट गर्न र फेसबुकभित्रै रहेको भिडियो हेर्न सकिन उल्लेख गरिएको छ । तर फेसबुकमा राखिएको लिंकबाट अर्को वेबसाइटमा गए नियमति इन्टरनेट शुल्क लागू हुने कम्पनीले जनाएको छ । 'योजनालेे हाम्रा ग्राहकलाई सुलभ दरमा आफ््ना निकटजनसँग सम्पर्कमा रहन र आफ््ना विचारहरू अभिव्यक्त गर्ने अवसर प्रदान गर्नेछ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'यसले हाम्रा सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।'
साउदीमा गैरकानुनी कामदारलाई धरपकड
साउदी अरबले आममाफीको अवसरलाई सदुपयोग गरेर स्वदेश नफिर्ने गैरकानुनी हैसियत भएका विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यसले गर्दा कामदार अभाव भएको छ । कामदार नपाएपछि होटल, शवगृह, साना पसलहरू बन्द भएका छन् । धेरै सहरहरूमा मानव आवतजावतसमेत बन्द हुन पुगेको छ । गत मे १० बाट सुरु भएको आममाफी नोभेम्बर ३ मा सकिएको हो ।
आममाफीको सात महिने अभियान सकिएलगत्तै साउदीले धरपकड गरी स्वदेश पठाउने दोस्रो अभियानलाई तीव्रता दिएको हो । साउदीको जिजान क्षेत्रमा मात्रै एक दिन ८ हजार गैरकानुनी कामदारलाई पक्राउ गरी तीन हजारलाई स्वदेश पठाइएको छ । साउदी सरकारले सुरु गरेको धरपकडमा बुधबारसम्म नेपाली कामदार नपरेको नेपाली दूतावासले जनाएको छ । 'नेपाली पक्राउ परेको भए आउटपासका लागि प्रहरीले दूतावासलाई जानकारी दिनुपर्छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, 'अहिलेसम्म नेपाली परेको जानकारी आएको छैन ।' राजदूत पाण्डेका अनुसार आममाफीको प्रक्रियामा नेपालीले पूर्ण रूपमा सदुपयोग गरेका छन् । 'वर्षौंदेखि निकै जटिल र गम्भीर रूपमा देखापरेको गैरकानुनी कामदारको समस्या लगभग समाप्त भएको छ,' उनले भने । आममाफीमा ३५ हजार नेपाली फर्किएका छन् । अरू ९ हजार त्यहीँ वैध भएर बसेका छन् ।
आममाफीको सात महिने अभियान सकिएलगत्तै साउदीले धरपकड गरी स्वदेश पठाउने दोस्रो अभियानलाई तीव्रता दिएको हो । साउदीको जिजान क्षेत्रमा मात्रै एक दिन ८ हजार गैरकानुनी कामदारलाई पक्राउ गरी तीन हजारलाई स्वदेश पठाइएको छ । साउदी सरकारले सुरु गरेको धरपकडमा बुधबारसम्म नेपाली कामदार नपरेको नेपाली दूतावासले जनाएको छ । 'नेपाली पक्राउ परेको भए आउटपासका लागि प्रहरीले दूतावासलाई जानकारी दिनुपर्छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, 'अहिलेसम्म नेपाली परेको जानकारी आएको छैन ।' राजदूत पाण्डेका अनुसार आममाफीको प्रक्रियामा नेपालीले पूर्ण रूपमा सदुपयोग गरेका छन् । 'वर्षौंदेखि निकै जटिल र गम्भीर रूपमा देखापरेको गैरकानुनी कामदारको समस्या लगभग समाप्त भएको छ,' उनले भने । आममाफीमा ३५ हजार नेपाली फर्किएका छन् । अरू ९ हजार त्यहीँ वैध भएर बसेका छन् ।
Tuesday, 5 November 2013
चीनको अनौठो नाइ पसल, जहाँ आगो लगाएर कपाल काटिन्छ
कैचीले कपाल काट्न छाडेर मानिसहरु आजकल मेसिन लगाउँछन् । कपाल काट्ने नयाँ नयाँ औजारहरु अहिले बजारमा पाइन्छन् । तर, एक चिनियाँ नाई वाङ वाइवु भने अझै पनि पारम्परिक शैलीबाट कपाल काट्ने गर्छन् ।
उनी कपाल काट्न कैची हैन आगोको भुग्रोमा तताएको फलामको छड प्रयोग गर्छन् । दनदनी बलेको आगोमा राखिएको फलामको रड रातो भएपछि हल्का पानी छरिन्छ र कपाल डामिन्छ । यदि कपाल लामो छ भने वाङ कैची जस्तो आकारको तातो फलाम प्रयोग गरिन्छ । त्यसपछि उनी मिलाउन तातो डरले कपाल डढाउँछन् ।
वाङको कमाई पनि राम्रो छ । तर, आफू कहाँ आउने अधिकांश मानिसहरु पाका उमेरका हुन्छन् । तातो फलामको रडले छामेर कापाल काट्ने चीनमा आफू एक्लो भएको उनको दावी छ । यसरी कपाल काट्ने शैली १९८० को दशकबाटै हटिसकेको छ ।
फोन, इमेल, फ्याक्स र पत्रमार्फत २६ हजार गुनासा
सर्वसाधारणका गुनासा सुनेर समाधान गर्ने भन्दै स्थापना गरिएको हेलो सरकारमा २६ हजार गुनासा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा खोलिएको उक्त संयन्त्रमा दुई वर्षको अवधिमा २६ हजार ९४ वटा गुनासा आएका छन् ।
उक्त संयन्त्रको निगरानी राख्ने प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले फोन, इमेल, फ्याक्स र पत्रमार्फत सर्वसाधारणले गरेका गुनासामध्ये २५ हजार ४ सय २ वटा गुनासा फछ्र्यौट भैसकेको बताए । आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत सचिव बाँस्कोटाले भने, 'गुनासाको फछ्र्यौट प्रतिशत ९७ दशमलव ३५ रह्यो, फछ्र्यौट हुन बाँकी ६ सय ९२ मात्र छन् ।' उनका अनुसार फछ्र्यौट हुन बाँकी गुनासामध्ये अघिल्लो आर्थिक वर्षका ३ सय ६१ वटा र चालु आर्थिक वर्षका ३ सय ३१ छन् । उनले ती गुनासाको पनि फछ्र्यौटका लागि सम्वन्धित निकायलाई ताकेता दिइएको बताए ।
अमेरिकी बिज्ञापन जसले अरबमा आक्रोश निम्त्यायो
यो एक यस्तो तस्वीर हो, जसले विश्वभरका मुस्लिम देशमा ठूलो आक्रोस जन्माएको छ । अमेरिकी सैनिक र मुस्लिम महिलाले अंगालो मारेको तस्वीरअंकित होर्डिङबोर्ड अमेरिकाको हलिउडमा राखिएपछि त्यसले तरङ्ग उत्पन्न गरेको छ । मुस्लिम देशहरुमा रहेको अमेरिका बिरोधी भावना यतिबेला फेरी सामाजिक संजालमा छताछुल्ल भएको छ ।
यो बिज्ञापनले मुस्लिम महिलाको अपमान गरेकेा टिप्पणी हुन थालेको छ भने अमेरिका भित्रै चाहिं सैनिक जीवनको खिल्ली उडाएकोसम्म टिप्पणी भएको छ ।
खासमा यो बिज्ञापन एक औषधी कम्पनीको हो जसले घुर्ने रोगलाई ठिक पार्ने स्प्रेहरु उत्पादन गर्छ । ‘बी टुगेदर’ र ‘किपिङ यु टुगेदर’ नारा दिइएको यो बिज्ञापनले त्यस्तो स्प्रेको प्रयोग गर्दा जोडी छुटिनुबाट बच्ने सन्देश दिन खोजेको उत्पादकले बताएको छ ।
बिबाद बढ्दै गएपछि उत्पादक कम्पनी ‘स्नोर स्टप’ले प्रष्टीकरणसमेत दिनुपरेको छ । ‘हामीले तस्वीरको गलत प्रयोग गरेका छैनौं, आलोचकहरुले के बुझ्नुपर्छ भने तस्वीरमा देखाइएजस्ता जोडी पनि यो संसारमा छन’ प्रवक्ता मेलोडी डेभमार्कले भनिन् । कम्पनीले भने विविधता देखाउन यस्तो विज्ञापन बनाइएको बताएको छ ।
तस्वीरमा रहेका जोडी भने सैनिक जेमी सुट्टोन र उनकी पत्नी आलियाको हो ।
Subscribe to:
Posts (Atom)




