साउदी अरबले आममाफीको अवसरलाई सदुपयोग गरेर स्वदेश नफिर्ने गैरकानुनी हैसियत भएका विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यसले गर्दा कामदार अभाव भएको छ । कामदार नपाएपछि होटल, शवगृह, साना पसलहरू बन्द भएका छन् । धेरै सहरहरूमा मानव आवतजावतसमेत बन्द हुन पुगेको छ । गत मे १० बाट सुरु भएको आममाफी नोभेम्बर ३ मा सकिएको हो ।
आममाफीको सात महिने अभियान सकिएलगत्तै साउदीले धरपकड गरी स्वदेश पठाउने दोस्रो अभियानलाई तीव्रता दिएको हो । साउदीको जिजान क्षेत्रमा मात्रै एक दिन ८ हजार गैरकानुनी कामदारलाई पक्राउ गरी तीन हजारलाई स्वदेश पठाइएको छ । साउदी सरकारले सुरु गरेको धरपकडमा बुधबारसम्म नेपाली कामदार नपरेको नेपाली दूतावासले जनाएको छ । 'नेपाली पक्राउ परेको भए आउटपासका लागि प्रहरीले दूतावासलाई जानकारी दिनुपर्छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, 'अहिलेसम्म नेपाली परेको जानकारी आएको छैन ।' राजदूत पाण्डेका अनुसार आममाफीको प्रक्रियामा नेपालीले पूर्ण रूपमा सदुपयोग गरेका छन् । 'वर्षौंदेखि निकै जटिल र गम्भीर रूपमा देखापरेको गैरकानुनी कामदारको समस्या लगभग समाप्त भएको छ,' उनले भने । आममाफीमा ३५ हजार नेपाली फर्किएका छन् । अरू ९ हजार त्यहीँ वैध भएर बसेका छन् ।