Sunday, 18 August 2013

जापानमा बन्यो अत्याधुनिक लट्ठी

 

khabarsansani.com - Copy (2)
जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ ।नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ ।
घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ ।
जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ ।
बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।

मोबाइल फोनमा यस्ता हुन्छन किटाणु हरु ?

 

58430_511054282278420_1350666511_n663952_484920664907333_1889785599_n
हामीले प्रयोग गर्ने मोबाइल फोन शौचालय भन्दा पनि फोहोर हुने र त्यसमा सयौँ प्रकारका किटाणु हुने कुरा विज्ञहरुले बताउने गरेका छन् । मोबाइलमा हातबाट, मुखबाट तथा बाहिरी वातावरणबाट समेत किटाणुहरु जम्मा हुने गर्छन् ।
बेलायतको सुरे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हाम्रो मोबाइल फोनमा असंख्य ब्याक्टेरिया हुने तथ्यलाई हालै सप्रमाण प्रस्तुत गरेका छन् । मोबाइल फोनमा रहेका ब्याक्टेरियालाई ३ दिनसम्म हुर्कन दिएर उनीहरुले त्यसमा कति प्रकारका कस्ता ब्याक्टेरिया हुन्छन् भन्ने कुरा स्पष्ट तस्वीर मार्फत देखाएका छन् ।

 

Thursday, 15 August 2013

अब ट्वाइलेटकै पानी तनतनी पिउन मिल्ने !

पानीको अभाव खडि्कँदै छ । अझ शुद्ध पानी झनै भेटिन छाडिसकेको छ । पानी शुद्ध पार्न भन्दै विभिन्न खाले फिल्टर तथा झोल समेत बजारमा छन् । तर यी सबैमा भर पर्न भने कोहीपनि सकिरहेको छैन । पानी शुद्ध पार्ने जति उपाय र उपकरण छन् ती या त सुस्त या त झण्झटिलो छन् । तर एउटा यस्तो उपकरण बनेको छ जसले तत्कालै फोहोर भन्दा फोहोर पानीलाई पनि पिउन योग्य बनाइदिन्छ ।

Untitled-1

कतै हिँडेको बेलामा खुबै तिर्खा लाग्नु, तर साथमा पानी नहुनु । पोखरी वा खोलाको पानी पनि झ्वाट्टै खाने आँट नहुनुले गर्दा मान्छेलाई कहिलेकाहीँ अप्ठेरोमा पार्छ । तर यो पछिल्लो उपकरण भने यसको उत्तर बनेर आएको छ ।

नली आकारको २२ सेन्टिमिटर लामो त्यो उपकरण गोजीमा राखेर वा घाँटीमा भिरेर हिड्न मिल्छ । यसले यतिधेरै विश्वसनीय तवरले पानी शुद्ध पार्छ की यसले छानेपछि ट्वाइलेटको पानी समेत खानयोग्य हुन्छ ।

डेनमार्कमा बनाइएको यो उपकरणको नाम लाइफ स्ट्र राखिएको छ । यो सन् २००५ मै बनेको भएपनि केही समय पहिलेबाट मात्र फाएर बक्समार्फत अनलाइन बिक्रिमा राखिएको छ ।

रातिमा देख्ने, उपद्रोसँग दौडिने यी चितुवा-मान्छे (फोटोफिचर सहित)

मान्छेलाई झ्वाट्ट हेर्दा डरै लाग्छ । मान्छे पनि कस्तो चितुवाजस्तो ? हाउभाउ पनि कति डरलाग्दो ? किन भयो होला त्यस्तो ? साँच्चीकै यी चितुवा मान्छे आधा चितुवा, आधा मान्छे जस्तै भैसकेका छन् ।


अमेरिकाको टेक्सासका टाटु कलाकार ल्यारी डा लियोपार्ड यस्तो हालतमा छन् की त्यो देख्दा अरु हैरान हुन्छन् र उनका आफन्तलाई समेत उनको यस्तो हालतप्रति चित्त दुखाइ छ । तर उनी भनि आफ्नो चितुवा छनक प्रति गर्व गर्छन् । साँच्ची उनलाई चितुवा जस्तो टाटेपाटे बन्ने कुलत नै लागेजस्तो छ । उनले आफ्नो जिउभरि चितुवाको सरीरमा हुने टाटेपाटे ट्याटु खोपेका छन् ।

12

४० वर्षे यी पुरुषले जिउमा टाटु मात्र चितुवाको जस्तो बनाएका छैनन् यिनको व्यहोरा पनि चितुवाको जस्तै हुँदैछ । ट्याटु खोपेपछि आफु बढि बलबान तथा चितुवा जस्तै दौडिन सक्ने भएको दाबी उनको छ । त्यतिमात्र होइन आफुले रातमा समेत देख्न सक्ने दाबी उनको छ । उनी ७ वर्षदेखि जुलिया रथसँग रोमान्स गर्दै आएका छन् र उनीहरुबाट एक छोरा पनि जन्मिएको छ । अरु मान्छे कोही ल्यारीलाई देखेर घृणा गर्छन् त कोही डराउँछन् तर जुलिया भने उनलाई खुबै माया गर्छिन् । यद्यपि सधै उपद्रो गर्दा भने जुलियालाई पनि कहिलेकाहीँ हैरानी हुँदोरहेछ ।

अमेरिकामा कट्टुमात्र लगाएका मान्छेको जुलुस (फोटो सहित)

अमेरिकाको न्युर्योकस्थित टाइम्स स्क्वाएरमा हजारौँ अर्धनग्न युवायुवती तथा वयस्कहरु हालै भेला भए । कट्टुमात्र लगाएका लोग्ने मान्छे र कट्टुसँगै माथिल्लो भागपनि अलिकति छोपेका महिलाहरुको हुल हेर्दा कुनै आन्दोलनकारी जस्ता देखिन्थे । वाल स्टि्रट कब्जा आन्दोलनको झल्को पनि मिल्थ्यो ।

1

तर ती मान्छेहरु कुनै आन्दोलनका लागि जम्मा भएका थिएनन् । उनीहरुको कुनै माग थिएन, मात्र प्रयास थियो विश्वकिर्तिमान कायम गर्ने । उनीहरुले कट्टुमात्र लगाएका मान्छेहरुको सबैभन्दा ठूलो भेला गरेर किर्तिमान राख्न चाहेका थिए ।

त्यहाँ कति जना कट्टुधारीहरु थिए भन्ने त एकिन भएन तर आयोजकहरुको लक्ष्य भने त्यो संख्या २ हजार २ सय ७० नघाउनु थियो । यद्यपि उनीहरु यसमा सफल भने हुन सकेनन् । किनकी संख्या त्यो भने कमै देखियो ।

2

तर रमाइलो भने निकै भयो । के युवा, के वयस्क, के अमेरिकी, के पर्यटक सबै माथिल्लो वस्त्र फुकालेर उपस्थित भएका थिए । कतिपयले त बच्चा समेत बोकेर आएका थिए ।

विन्डोज ८.१ अक्टोबर १८ मा

माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो । विन्डोज ८ मा हराएको स्टार्ट बटन थप्दै अरु केही फिचर्स समेत थपेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ ।

8.1

माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेका हरुका लागि विन्डोज ८.१ निशुल्क रुपमा डाउनलोड गर्न पाउने सुविधा दिइनेछ । विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध गराइनेछ ।

विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी लगायतको सुधार अनुभुति गर्न सकिने माइक्रोसफ्टका ब्रान्डन ले ब्लान्कले आफ्नो ब्लग पोष्टमा जनाएका छन् ।

टचस्त्रिmन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि तथा केही आलोचना गरेपछि माइक्रोसफ्टले यसलाई सुधारेर विन्डोज ८.१ ल्याउन लागेको हो । विन्डोज ८ गएको वर्षको अक्टोबरमा सार्वजनिक गरिएको थियो ।