यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२ फोटोग्राफरका झण्डै ९८ हजार फोटोहरुबाट छानिएका हुन्। नेपालबाट पनि अंगद ढकाल, नवीन बराल, उमा विष्ट, विजय गजमेर, विकास कार्की, बीबी फुयाँल, किशोर शर्मा, हेमन्तकुमार श्रेष्ठ, नरेश श्रेष्ठ र दीपक तोलाङ्गेले फोटो पठाएका थिए (सबै सहभागीको नाम हेर्न क्लिक गर्नुस्) तर नेपाली फोटोग्राफरका फोटोले भने कुनै पनि पुरस्कार जित्न सकेन।

स्पट न्युज क्याटेगोरीको स्टोरिजतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो फ्रान्सका Jérôme Sessini ले Magnum Photos for De Standaard का लागि खिचेका हुन्। फोटो युक्रेनको किभमा आफ्ना साथीलाई गोली लागेपछि चिकित्सा सहयोगकालागि बोलाउँदै गर्दाको हो।





