Tuesday, 25 March 2014

फेसबुकबाट अब निःशुल्क फोन



facebook_5के तपाईंसँग एप्पल आइफोन वा एण्ड्रोइड फोन छ ? अनि तपाईंको फेसबुक अकाउन्ट पनि होला । त्यसो भए दंग पर्नुस्, तपाईंले अब सित्तैमा फोन गर्न पाउनु हुनेछ । आइफोन तथा एण्ड्रोइड भर्सनका प्रयोगकर्ताहरुले फेसबुक मेसेन्जर एपबाट निःशुल्क फोन गर्न मिल्ने सुविधा फेसबुकले ल्याउँदैछ ।
गत वर्षदेखि अमेरिका र क्यानाडामा फेसबुकले निःशुल्क फोन सेवा दिइरहेको छ । अब भारतलगायतका एसियाली उपभोक्तामाझ पनि यो सुविधा लागू गर्ने तयारीमा फेसबुक पुगेको छ । तपाईंले आफ्नो फ्रेन्ड्स लिष्टमा रहेका साथीहरुसित निःशुल्क फोन गर्न सक्नु हुनेछ । तर तपाईंले इन्टरनेट शुल्क भने बढी तिर्नुपर्ने हुनसक्छ । यो सेवा स्काइप झैं हुने बताइएको छ । स्काइपको फोन सुविधाको लोकपि्रयता विश्लेषण गर्दै फेसबुकले यो सुविधा ल्याउन लागेको हो । निःशुल्क कलको गुणस्तर तपाईको इन्टरनेटको गतिले निर्धारण गर्नेछ ।
फेसबुकले यस बारे खासै प्रचार भने गरेको छैन । उसले फेसबुक मेसेन्जर एप अपग्रेड गरी त्यसमा ‘फ्री कल’ बटन जडान गरेको छ । जुन आइफोन र एण्ड्रोइड प्रयोगकर्ताको लागि मात्र उपयुक्त हुनेछ ।
कसरी गर्ने निःशुल्क फोन ?
फेसबुक मेसेन्जर एप अपडेट गरेपछि यो सुविधा लिन सकिनेछ । अटोमेटिक अपडेट विशेषतायुक्त सेट छ भने च्याट रुममा गएर कोही साथीलाई च्याटमा आमन्त्रण गर्नुहोस् । त्यसमा फ्रीकल बटन देखिन्छ, त्यसलाई दबाउनुस् ।
तर, ती साथी पनि एण्ड्रोइड र आइफोन प्रयोगकर्ता हुनु अनिवार्य छ । विण्डोज प्रयोगकर्ताले यो सुविधा लिन सक्ने छैनन् । तर, फेसबुकको निःशुल्क फोन सुविधाको कारण टेलिकम व्यवसायीहरुको लागि चिन्ता थपिदिएको छ ।

Monday, 24 March 2014

वाइफाइ छैन ? नो टेन्सन । ल्यापटपबाट वाइफाइ छोड्नुहोस्

connectify installationल्यापटपमा इन्टरनेट छ तर मोबाइलमा वाइफाइ नभएर जिपिआरएस चलाइरहनु भएको छ ? अथवा राउटर नभएर वाइफाइको मज्जा त लिन नपाउँनु भएको छ कि ? त्यसो हो भने पिर नगर्नुस्, आज म आफ्नो ल्यापटपदेखि कसरी वाइफाइ छोड्न सकिन्छ भनेर कुरा गर्दैछु । तपाईले आफ्नो ल्यापटपमा एउटा सफ्टवेयर इन्स्टल गरेर सजिलै ल्यापटपबाट छोडिएको वाइफाइ अरु साधनमा प्रयोग गर्न सक्नु हुन्छ । बेकारमा राउटरका लागि किन पैसा तिरिरहने ? म आफैले पनि राउटरको प्रयोग नगरि वाइफाइ प्रयोग गरिरहेको छु । इन्टरनेट चलाउँन मात्र हैन, अरु डिभाइसलाई आफ्नो ल्यापटपसँग जोड्न पनि तपाईले यो वाइफाइको प्रयोग गर्न सक्नु हुनेछ ।
कनेक्टिफाइ (connectify) सफ्टवेयरको प्रयोग गरेर ल्यापटपदेखि वाइफाइ छोड्न सकिन्छ । यसका लागि सबै भन्दा पहिले  
कनेक्टिफाइ डाउनलोड गर्नुहोस् ।
कनेक्टिफाइ डाउनलोड गरेर इन्स्टल भएपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । कम्प्युटरको दाँया भागको सबैभन्दा तल यस्तो बक्स खुल्नेछ । यदि यस्तो बक्स नदेखिए स्टार्ट मेनुमा क्लिक गरेर कनेक्टिफाइ ओपन गर्नुहोस् ।

माथि देखिए जस्तै बक्समा आफुले चाहेको नाम र पासवर्ड भरेपछि start hotspot मा क्लिक गर्नुहोस् । वाइफाइ सुरु हुन्छ । वाइफाइ जोड्नु पर्ने डिभाइसमा राखिएको नाम खोजेर त्यसमा पासवर्ड राखेर वाइफाइ प्रयोग गर्न सक्नु हुन्छ । तपाईले ल्यापटपबाट छोडेको वाइफाइबाट इन्टरनेट चलाउँन ल्यापटपमा भने कुनै प्रकारले पनि इन्टरनेटको स्रोत हुनुपर्छ । नत्र तपाईको ल्यापटपबाट छोडिएको वाइफाइबाट लोकल वाइफाइ कनेक्सनमात्र हुन सक्छ । इन्टरनेट नभएपनि यसबाट तपाईले कुनै डिभाइसलाई आफ्नो ल्यापटपसँग कनेक्ट भने गर्न सक्नुहुनेछ । यस्तै वाइफाइलाई प्रयोग गरेर तपाईले यसरी

 मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सक्नुहुन्छ ।
यो कनेक्टिफाइको ट्रायल भर्सन हो । तपाईले ट्रायल भर्सन चलाउँदा कतिपय सुविधाहरु हुदैनन् । तर पनि व्यक्तिगत प्रयोजनका लागि उपयुक्त नै हुन्छ ।

Sunday, 16 February 2014

यो साँझ यो सुवास- 81 (11-02-2014 /2070-10-28) Download प्रेम दिवश बिशेष

YO SANJH YO SUB-ASH -81  
(11-02-2014 /2070-10-28)
 प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुवास 

Website : http://ransimedia.com      
Facebook : YSYS Facebook Page
Phone :  9808826116

प्रेम दिवश बिशेष 

यो साँझ यो सुबासको  Episode-81 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

Listen and Download
                                  Download :click Here To Download

माहुरी मारेको अभियोगमा ४ महिना जेल

bee story
पोल्याण्डको अदालतले माहुरी मारेको अभियोगमा त्यहाँकी एक महिलालाई ४ महिनाको जेल सजायँ सुनाएको छ । जोन एस ड्यु नामकी ती महिलामाथि २० लाख माहुरीको हत्या गरेको अभियोग लागेको थियो ।
अदालतका अनुसार उनले किटनाशक औषधीको प्रयोग गरी ३८५ घार माहुरीको नष्ट गरेकी थिइन् । मंगलबारको अन्तिम सुनुवाईमा उनलाई दोषी ठहर गर्दै जेल चलान गर्ने आदेश दिइएको छ ।
पोल्याण्डका स्थानीय संचारमाध्यमका अनुसार यी महिलाले सन् २०१० मा लामखुट्टे मार्न ब्यापक मात्रामा औषधी छरेकी थिइन् । तर, सो औषधीको प्रयोगले आसपास रहेका माहुरीपालक किसानका ठूलो मात्रामा महुरी नष्ट भए ।
यो आदेशबाट त्यहाँका माहुरीपालक किशान खुसी भएका छन् । यसले जथाभावी किटनाशक औषधी प्रयोगमा कमी आउने माहुरीको संरक्षमा बल पुग्ने उनीहरुको भनाई छ ।

९० करोड डलरमा जापानी कम्पनीले किन्यो ‘भाइबर’


viber-logoफ्रि कल तथा म्यासेजिङ एप ‘भाइवर’लाई जापानी कम्पनी ‘राकुतेन’ले झण्डै ९० करोड अमेरिकी डलरमा खरिद गरेको छ ।
राकुतेन जापानको नम्बर एक इन्टरनेट कम्पनी तथा इकमर्स क्षेत्रको बादशाह मानिन्छ ।
इजरायली उद्यमी तालमोन मर्कोले साइप्रसबाट चलाइरहेको भाइबरलाई ९ सय मिलियन अमेरिकी डलरमा किनेको राकुतेनले शनिवार घोषणा गरेको छ ।
राकुतेनका प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीले भने–‘राकुतेन परिवारमा भाइवरलाई स्वागत गर्न पाउँदा एकदमै खुसी छु, आगामी दिनमा गेमलगायतका क्षेत्रमा भाइवरको निकै सम्भावना छ ।’
भाइबरको बिश्वब्यापी लोकप्रियता र फ्रि म्यासेजिङ एप्सप्रति प्रयोगकर्ताको रुचीका कारण राकुतेन ठूलो रकममा खरिद गर्न अग्रसर भएको हो ।
भाइवरका अहिले बिश्वभर करिव ३० करोड प्रयोगकर्ता छन् । राकुतेनका अहिले करिव साढे २२ करोड प्रयोगकर्ता छन् । दुवैका प्रयोगकर्ता एकैठाउँमा मिसाउँदा यो सवैभन्दा ठूलो म्यासेजिङ एपका रुपमा दरिन्छ ।
यो खरिद प्रकरणले सवैभन्दा ठूलो चुनौती दिएको जापानकै अर्को डाइरेक्ट म्यासेजिङ एप ‘लाइन’लाई । लाइन र भाइवरको सर्भिस लगभग उस्तै छ । लाइनले गत नोभेम्बरमै ३० करोड प्रयोगकर्ता पुगेको घोषणा गरिसकेको थियो भने हालैमात्र भारतमा आफ्ना सेवा विस्तार गरिरहेको छ ।
उता, भाइवरले पनि पछिल्लोपटक मोबाइल तथा फिक्स लाइनमा पनि फोन गर्न सकिने सेवा सुरुवात गरेको छ । भाइवरले टेलिकम्युनिकेसन सर्भिसलाई नै चुनौती दिन लागिरहेको टिप्पणी भइरहेका बेला आक्रामक बजार विस्तारको योजनासहित जापानी कम्पनीले भाइवर किनेको छ ।
राकुतेनको आक्रामक खरिद