अधुरो सपना
टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र आउँछ।” यसो घडी हेरेको भरखर बेलुकाको ४ मात्र बजेको रहेछ। बत्तीको स्वीच अन गरेर हेरें, पक्का लोडसेडिङ नै हो रहेछ। बाहिर हेरें हल्का पानी परिरहेको थियो। यो हिउँदको अन्तिम वर्षाले वातावरण चिसो बनाएर मलाइ सिरकबाट बाहिर ननिस्कन उत्प्रेरित गरिरहेको थियो। बत्ती पनि गयो, अब के गर्ने? निराशाको बिच झुल्कने झिनो आशामा रमाउने यो मनले तुरुन्तै लोडसेडिङ नामको महामारीमा पनि एउटा आशाको त्यान्द्रो देखिहाल्यो।
ल बुढी, आज बेलुका हामीले स्पेसल भोजन गर्ने है !” मैले झ्वाट्ट भनिहाले। “के के न स्पेसल भोजन पो हुन्छ र हाम्रोमा ? बढी भए त्यो वर्ड फ्लु त होला नि?”, ब्रोइलर कुखुरा तिर इशारा गर्दै मेरी श्रीमतीले जवाफ फर्काइहाली। एउटा “इच्छा अनेक तर रुपैयाँ एक” मात्र भएको मध्यम वर्गीय परिवारको वाध्यता मेरी श्रीमतीले स्पष्ट पारी। “त्यसो भए आज चार–खुट्टे ल्याउँ त?”, मैले विकल्प दिँदै भने। “भैगो, धेरै खर्च गर्न पर्दैन”, उनले तुरुन्तै जवाफ दिइन्। “ल त्यसो भए, आज धेरै अघि देखिको तिम्रो एउटा इच्छा पुरा हुने भयो”, मैले भनिहालें।
विदेशबाट फर्के पछि मेरी श्रीमतिले मलाइ त्यहाँको खानपिनको बारेमा धेरै सोध्ने गर्थिन्। उनको सबैभन्दा कौतुहलको विषय चाहिँ सधै रक्सी हुने गर्दथ्यो। उनका अधिकांश जिज्ञासाहरु यस्ता हुन्थेः विदेशमा त परिवार सँगै बसेर रक्सी खान्छन् रे, हो? तपाँइले चाहिँ के–के खानुभयो त? ह्वीस्की, वियर, वाइन भनेको एउटै हो? कस्तो हुन्छ त? आदि आदि। हुनत अचेल नेपालमै पनि परिवारमा बसेर वियर, वाइन खाने प्रचलन फैलिसकेको छ तर पनि आफूले यो प्रचलन अपनाउन सकिरहेको थिएन। तर आज श्रीमतीको वाइन चाख्ने सपना पुरा गर्ने विचार मैले गरिसकेको थिँए। “ल आज हामीले पनि भ्यालेन्टाइन डे मनाउने है!” मैले उत्सुकताका साथ भनें।ल बुढी, आज बेलुका हामीले स्पेसल भोजन गर्ने है !” मैले झ्वाट्ट भनिहाले। “के के न स्पेसल भोजन पो हुन्छ र हाम्रोमा ? बढी भए त्यो वर्ड फ्लु त होला नि?”, ब्रोइलर कुखुरा तिर इशारा गर्दै मेरी श्रीमतीले जवाफ फर्काइहाली। एउटा “इच्छा अनेक तर रुपैयाँ एक” मात्र भएको मध्यम वर्गीय परिवारको वाध्यता मेरी श्रीमतीले स्पष्ट पारी। “त्यसो भए आज चार–खुट्टे ल्याउँ त?”, मैले विकल्प दिँदै भने। “भैगो, धेरै खर्च गर्न पर्दैन”, उनले तुरुन्तै जवाफ दिइन्। “ल त्यसो भए, आज धेरै अघि देखिको तिम्रो एउटा इच्छा पुरा हुने भयो”, मैले भनिहालें।
“आज के को भ्यालेन्टाइन नि?”
“अब हामी बुढा–बुढीले भ्यालेन्टाइन मनाउन पनि किन १४ फेब्रुरी कुर्नु प¥यो र? म कुखुरा किनेर ल्याउँछु, तिमी अरु चीज तयार पार, आज वाइन चाखेर भ्यालेन्टाइन डे मनाउने हामी पनि।”