Wednesday, 12 August 2015

यी हुन् दिमाग नै हल्लाउने २० वैज्ञानिक तथ्य


यी हुन् दिमाग नै हल्लाउने २० वैज्ञानिक तथ्य जानीराखाैं
विज्ञानले चमत्कार गर्छ । यस्ता चमत्कार छन्, कोही चैँ पत्याउन मुस्किल छ । यस्तै, २० वैज्ञानिक तथ्य यस्ता छन्, जसले तपाईंको दिमागलाई अरु सक्रिय बनाउँछ ।Wow-Facts-EMGN1

१. पृथ्वी प्रतिघण्टा एकहजार माइलको चक्कर काटिरहेको छ र यसले ६७ हजार माइलको स्पेस लिएको हुन्छ ।

Tuesday, 4 August 2015

बैज्ञानिकहरुले पृथ्बी भन्दा ठुलो मानिसहरु बस्न सक्ने अर्को ग्रह पत्ता लगाएर


बैज्ञानिकहरुले पृथ्बी भन्दा ठुलो मानिसहरु बस्न सक्ने अर्को ग्रह पत्ता लगाएर ४३ मिनेट लामो डकुमेन्ट्री भिडियो बनाएका छन् हेरौ कस्तो छ मानिसहरु बस्न सक्ने अर्को ग्रह पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

Saturday, 4 July 2015

२०७२ साल- बार्षिक राशिफल

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यस राशिलाई २०७२ मा शनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक meshनबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
⊕ स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यस राशिलाई २०७२ साल ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति brishसामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत  भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
⊕ स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो

Friday, 19 June 2015

टप १० एन्टिभाइरस सफ्टवेयर

अव हजुरको हराएको वा चोरि भएको फोन कम्पुटरबाट खोज्ने , गर्न तरिका सिक्नुस

गुगलले अव फोन हराउने समस्याको पनि समाधान निकालेको छ । गुगलले विकाश गरेको प्रविधीबाट कुनै पनि स्मार्टफोन कहाँ छ भन्ने सहजै थाहा पाउन सकिन्छ ।
गुगलको यो प्रविधी प्रयोगका लागि पनि जटिल छैन । कुनै पनि एण्ड्रोएड भर्सनको फोन चलाउने ब्यक्तिले डेस्कटपबाट गुगलमा गएर आफ्नो फोन भेटाउन सक्छ ।
गुगलले एक ब्लग पोष्टमा भनेको छ कि अव गुगलको सर्च बारमा ‘Find my phone’ टाइप गरेपछि स्मार्ट फोन गुगल म्यापमा ट्रयाक हुन सक्छ । यसले तपाइँको फोन कहाँ छ भनेर भनिदिन सक्छ ।
डेस्कटपमा गुगल सर्च गर्ने समयमा Find my phone टाइप गर्नु अघि सँधै विचार गर्नुस् कि तपाइँले जुन जिमेल आइडीबाट फोन रजिस्टर गर्नु भएको छ त्यही आइडी प्रयोग गर्नु पर्छ ।
तपाइँको डिभाइस र डेस्कटपमा तपाइँको जिमेल अकाउण्ट खुल्ला भएको भने यसले प्रभावकारी काम गर्न सक्छ ।
Find my phone
त्यसैगरी ‘Find my phone’ टाइप गर्ना साथ तपाइँको फोनको लोकेसन मात्र पत्ता लाग्दैन फोनमा घण्टी समेत बज्न सक्छ । गुगगले फोनमा कम्तिमा ५ मिनेट सम्म घण्टी बजिरहने सिष्टम बनाएको छ । यसले गर्दा फोन फेला पार्न सजिलो हुन्छ ।
गुगलको सेवा लिनका लागि तपाइँको फोनमा जिपिएस GPS भने एक्टिभ हुनु पर्छ । यो सेवा लोकेसनका लागि बनाइएका कारण फोनमा सँधै अन राख्नुस् ।
गुगलले आफ्नो फोन हराएको अवस्थामा त्यसमा भएका डाटा हटाउने सुविधा समेत दिएको छ ।

Tuesday, 19 May 2015

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् जीवनको गोप्य कुरा

एजेन्सी)– शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ
। कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।





 A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।


 B B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।

C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।