Monday, 23 February 2015

यस्ता छन् विश्वका उत्कृष्ट फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?

यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२ फोटोग्राफरका झण्डै ९८ हजार फोटोहरुबाट छानिएका हुन्। नेपालबाट पनि अंगद ढकाल, नवीन बराल, उमा विष्ट, विजय गजमेर, विकास कार्की, बीबी फुयाँल, किशोर शर्मा, हेमन्तकुमार श्रेष्ठ, नरेश श्रेष्ठ र दीपक तोलाङ्गेले फोटो पठाएका थिए (सबै सहभागीको नाम हेर्न क्लिक गर्नुस्) तर नेपाली फोटोग्राफरका फोटोले भने कुनै पनि पुरस्कार जित्न सकेन।
Clashes in Maidan square- kiev
स्पट न्युज क्याटेगोरीको स्टोरिजतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो फ्रान्सका Jérôme Sessini ले Magnum Photos for De Standaard का लागि खिचेका हुन्। फोटो युक्रेनको किभमा आफ्ना साथीलाई गोली लागेपछि चिकित्सा सहयोगकालागि बोलाउँदै गर्दाको हो।

Thursday, 19 February 2015

अरबको कथा

तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”
हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें
कुनै टुंगो हुदैन उनीहरुको,
कैले सफारी, कैले लुलु कैले क्यरिफोर, कैले कहाँ,
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरुलाई
त्यहीं हो भेट्ने
निर्धारित समय मा ‘सफारी मल’ पुगें,
एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए,
हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडीमा बसाएर लागे
रित्तो बस फर्कियो भरे ४ घण्टापछि लिन फर्किने शर्तमा
म आफुसँग गाडी नहुने मध्यको परें,
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !

विन्डोज १० चलाउनुस्, पासवर्डलाई बाई-बाई भन्नुस्

windows-10
इन्टरनेटमा ब्यक्तिगत सूचनाको सुरक्षा सवैभन्दा चुनौतीपूर्ण बन्दै गएको छ । खासगरी पासवर्ड चोरी र ह्याक हुने समस्याले ठूला सेलिब्रेटीदेखि सर्वसाधारणसम्म हैरान परेका छन् ।
हरेक बर्षजसो लाखौं मानिसका पासवर्ड चोरी भई त्यसलाई सार्वजनिक गर्ने घटना बढ्दै गएका छन् । ठूला सेलिब्रिटीका निजी कम्प्युटर र फोनबाट नाङ्गा तस्वीर तानेर सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ ।
यी सवै समस्यामो मुख्य जड हो-पासवर्ड सिस्टम । त्यसैले माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको विन्डोज १० मा अपरेटिङ सिस्टमलाई पासवर्डबिहीन बनाउँदै छ ।
अर्थात् अब तपाईले बायोमेट्रिक सिस्टमबाट कम्प्युटरको पासवर्ड राख्नुपर्छ, जसले गर्दा स्वयं तपाईको उपस्थीतिबिना कम्प्युटर र महत्वपूर्ण दस्तावेज खुल्दैनन् ।
windows10पछिल्लो समयमा बिभिन्न एपले बायोमेट्रिक पासवर्डको सेवा दिइरहेको भएपनि अपरेटिङ सिस्टममा यो ब्यबस्था थिएन । आइफोनले फिंगरप्रिन्टमार्फत् लक खोल्ने सिस्टम पनि ल्याइसकेको छ ।
फास्ट आइडेन्टीटी अनलाइन मापदण्डअनुसार विन्डोजलाई पासवर्डविहीन बनाउन लागिएको विन्डोजका सेक्युरिटी तथा आइडेन्टीटी म्यानेजर डस्टिन इंगलले बताए । जसअन्तर्गत अब प्रयोगको अनुहार, आवाज, आँखाको रेटिना, औैंठाछाप आदिलाई पासवर्डका रुपमा प्रयोग गरिने छ ।
यो अभियानमा विन्डोजमात्रै एक्लै लागिरहेको हैन । सामसुङ, भिसाकार्ड, पेपाल, मास्टरकार्ड, गुगल, लेनेभो र बैंक अफ अमेरिकासमेत पासवर्डविहीन कम्प्युटर सिस्टम विकाश गर्ने अभियानमा सँगै काम गरिरहेका छन् ।
माइक्रोसफ्टले केही सातापछि विन्डोज १० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विन्डोज १० यसअघिका भर्सनभन्दा यस अर्थमा भिन्न छ कि, मोबाइल र डेस्कटपमा एउटै भर्सन सपोर्ट गर्ने छ ।
विन्डोज फोन प्रयोगकर्ताले अहिले पनि विन्डोज १० को प्रिभ्यु भर्सन चलाएर त्यसमा आफ्नो प्रतिक्रिया दिन सक्छन् ।

मंगल ग्रहको यात्राका लागि सय जना छानिए, नेपाली युवा दोश्रो चरणबाटै बाहिर

mangal garahaबहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि १ सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरुमध्ये बाट तेश्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने १ सय जना व्यक्तिहरुको सूचि मंगलयात्राको महत्वाकांक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नाम संस्थाले प्रकाशित गरेको छ ।
२०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना बनाएको मार्स वनले तेश्रो चरणका लागि छनोट भएका १ सय जना मध्येबाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४-४ जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइनेछ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्नेछन् ।
छनोट भएका १ सय जना मध्ये ५० जना महिला तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ त्था एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरु मंगल अभियानको अन्तिम १ सय मा छनोट हुन सफल भएका छन् ।
छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्यावारिधी गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुबइमा बस्दै आएकी २९ वर्षकी रिकिता सिंह र केरलाका १९ वर्षीया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ ।
त्यस्तै अन्तिम १ सय जनामा छनोट हुने एकमात्र पाकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सवानको सूचिमा उल्लेख छ ।

Monday, 2 February 2015

बिरामीको बिछोड प्रेम कथा :

बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ-वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे । यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थीइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि "नेपाल शहर" जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ । 

Sunday, 1 February 2015

खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्

रेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।
happy

१ हसाउँने कुराहरु हेर्नुस्
हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।