Sunday, 16 February 2014

माहुरी मारेको अभियोगमा ४ महिना जेल

bee story
पोल्याण्डको अदालतले माहुरी मारेको अभियोगमा त्यहाँकी एक महिलालाई ४ महिनाको जेल सजायँ सुनाएको छ । जोन एस ड्यु नामकी ती महिलामाथि २० लाख माहुरीको हत्या गरेको अभियोग लागेको थियो ।
अदालतका अनुसार उनले किटनाशक औषधीको प्रयोग गरी ३८५ घार माहुरीको नष्ट गरेकी थिइन् । मंगलबारको अन्तिम सुनुवाईमा उनलाई दोषी ठहर गर्दै जेल चलान गर्ने आदेश दिइएको छ ।
पोल्याण्डका स्थानीय संचारमाध्यमका अनुसार यी महिलाले सन् २०१० मा लामखुट्टे मार्न ब्यापक मात्रामा औषधी छरेकी थिइन् । तर, सो औषधीको प्रयोगले आसपास रहेका माहुरीपालक किसानका ठूलो मात्रामा महुरी नष्ट भए ।
यो आदेशबाट त्यहाँका माहुरीपालक किशान खुसी भएका छन् । यसले जथाभावी किटनाशक औषधी प्रयोगमा कमी आउने माहुरीको संरक्षमा बल पुग्ने उनीहरुको भनाई छ ।

९० करोड डलरमा जापानी कम्पनीले किन्यो ‘भाइबर’


viber-logoफ्रि कल तथा म्यासेजिङ एप ‘भाइवर’लाई जापानी कम्पनी ‘राकुतेन’ले झण्डै ९० करोड अमेरिकी डलरमा खरिद गरेको छ ।
राकुतेन जापानको नम्बर एक इन्टरनेट कम्पनी तथा इकमर्स क्षेत्रको बादशाह मानिन्छ ।
इजरायली उद्यमी तालमोन मर्कोले साइप्रसबाट चलाइरहेको भाइबरलाई ९ सय मिलियन अमेरिकी डलरमा किनेको राकुतेनले शनिवार घोषणा गरेको छ ।
राकुतेनका प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीले भने–‘राकुतेन परिवारमा भाइवरलाई स्वागत गर्न पाउँदा एकदमै खुसी छु, आगामी दिनमा गेमलगायतका क्षेत्रमा भाइवरको निकै सम्भावना छ ।’
भाइबरको बिश्वब्यापी लोकप्रियता र फ्रि म्यासेजिङ एप्सप्रति प्रयोगकर्ताको रुचीका कारण राकुतेन ठूलो रकममा खरिद गर्न अग्रसर भएको हो ।
भाइवरका अहिले बिश्वभर करिव ३० करोड प्रयोगकर्ता छन् । राकुतेनका अहिले करिव साढे २२ करोड प्रयोगकर्ता छन् । दुवैका प्रयोगकर्ता एकैठाउँमा मिसाउँदा यो सवैभन्दा ठूलो म्यासेजिङ एपका रुपमा दरिन्छ ।
यो खरिद प्रकरणले सवैभन्दा ठूलो चुनौती दिएको जापानकै अर्को डाइरेक्ट म्यासेजिङ एप ‘लाइन’लाई । लाइन र भाइवरको सर्भिस लगभग उस्तै छ । लाइनले गत नोभेम्बरमै ३० करोड प्रयोगकर्ता पुगेको घोषणा गरिसकेको थियो भने हालैमात्र भारतमा आफ्ना सेवा विस्तार गरिरहेको छ ।
उता, भाइवरले पनि पछिल्लोपटक मोबाइल तथा फिक्स लाइनमा पनि फोन गर्न सकिने सेवा सुरुवात गरेको छ । भाइवरले टेलिकम्युनिकेसन सर्भिसलाई नै चुनौती दिन लागिरहेको टिप्पणी भइरहेका बेला आक्रामक बजार विस्तारको योजनासहित जापानी कम्पनीले भाइवर किनेको छ ।
राकुतेनको आक्रामक खरिद

Saturday, 15 February 2014

नेपाली फिलिम {म तिम्रो भैसके}

हिन्दी फिलीम राम लीला

Part - 1

Part - 2

रेडियो नेपालको गजल गंगा (2070-10-28/11-02-2014) - Download

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2070-10-28/11-02-2014)

नमस्ते साथीहरु,

आज मिति  2070 माघ 28 तदनुसार 11-02-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Wednesday, 5 February 2014

प्रोटोकलबारे जानौं

इन्टरनेट भनेको करोडौं कम्प्युटरको जालो हो भन्ने कुरा हामीलाई थाहा छँदैछ। यी करोडौं कम्प्युटरबीचमा डाटा आदानप्रदान भएपछि विश्वको जुनसुकै ठाउँमा बसेर सूचना ग्रहण गर्न सकिन्छ।
इन्टरनेटमा जोडिएका कम्प्युटरमा सूचनाहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन विशेष प्रकारको विद्युतीय बाटो हुन्छ।
यसैलाई प्रोटोकल भनिन्छ। इन्टरनेटमा डाटा ओसारपसारलाई सम्भव बनाउने मुख्य कुरा नै प्रोटोकल हो। डाटा स्थानान्तरणको नियम अथवा प्रावधान इन्टरनेटअन्तर्गतका संसारभरिका करोडौं कम्प्युटरमा एकै प्रकारको हुनुपर्दछ। यसो नभएमा डाटा स्थानान्तरणको सम्भावना हुँदैन। प्रोटोकलले प्रत्येक कम्प्युटरबीचमा सूचना आदानप्रदान गर्ने सेतुको काम गर्छ।
इन्टरनेटमा प्रयोग हुने प्रोटोकललाई टीसीपी आईपी भनिन्छ। टीसीपी आइपी अर्थात् ट्रान्सफर कन्ट्रोल प्रोटोकल इन्टरनेट प्रोटोकल बिना कम्प्युटरमा सूचना आदानप्रदान सम्भव छैन। यो प्रोटोकलले नेटवर्कमा रहेको क्म्प्युटर तथा अन्य विद्युतीय सञ्चार उपकरणको बीचमा समन्वय गर्ने काम गर्दछ। इन्टरनेट प्रोटोकलको मुख्य काम नेटवर्किङमा रहेका कम्प्युटरबीच डाटा पठाउने तथा प्राप्त गराउने हो।
अहिलेको विश्वको सञ्चार प्रणालीको महत्त्वपूर्ण कडी वा मेरुदण्ड प्रोटोकल नै हो। एउटा ठूलो नेटवर्कमा रहेको कुनै खास कम्प्युटरमा त्यसको आईपी ठेगानाको आधारमा चिनिने गरिन्छ। आईपी (इन्टरनेट प्रोटोकल) ठेगानाले कम्प्युटर चिनाउँछ। इन्टरनेटमा जोडिएको हरेक कम्प्युटरको आईपी फरक हुन्छ त्यसले गर्दा कम्प्युटरबाट निर्दिष्ट ठाउँमा डाटा पठाउन सुरक्षित र सजिलो हुन्छ।
इन्टरनेट प्रोटोकलअन्तर्गत पर्ने टीसीपी आईपीले पठाउने तथा पाउने डाटालाई फरकफरक आईपी ठेगाना दिएर तयार पार्दछ। सूचना तथा डाटा सीधै नगएर छुट्टाछुट्टै डाटा प्याकेटमा टुक्रिन्छ र ती प्रत्येक डाटा प्याकेट टीसीपी आईपीले त्यस ठाउँको कम्प्युटरले प्राप्त गर्नका लागि युनिक आईपी ठेगाना तय गरिदिन्छ र ती डाटा प्याकेटहरू फरकफरक बाटोबाट यात्रा गर्दछन्। कुनै छिटो त कुनै ढिलो पुग्दछन्।
यिनीहरूलाई टीसीपी आईपीले फरकफरक सिक्वेन्स नम्बर दिएको हुन्छ, यिनै सिक्वेन्स नम्बरको आधारमा त्यस ठाउँको कम्प्युटरले टीसीपी आईपीको सहयोगमा डाटा प्राप्त गर्छ। प्रोटोकलले सूचना आदानप्रदान गर्न धेरै सहयोग गरेको छ।