Wednesday, 13 November 2013

घोडा जस्तो कार

घोडा जस्तो कार
जमाना फेरि फर्केर घोडचढीकै युगतर्फ लम्किन लागेको हो ? विख्यात जापानी मोटर निर्माता टोयटाले २१ औं शताब्दीमा घोडाजस्तो कार ल्याएर संसारलाई त्यही सन्देश दिन खोजेको छ । टोयटाले एफभी टू कनसेप्टमा बनाएको यो कार चालकको सन्तुलनद्वारा चल्छ र यसलाई सिधा उभ्याएर घोडा जसरी नियन्त्रण गर्न सकिन्छ ।


सेन्सरको इसारामा चल्ने यो कारले चालकको हाउभाउ, आवाज पहिचान गरी उसको मुड पत्ता लगाउँदै गन्तव्य अनुमान लगाउन सक्छ । घोडाले झैँ यसले पहिला कुन–कुन ठाउँमा गएको थियो भन्ने कुराका आधारमा गुड्ने बाटो र गन्तव्य सुझाउँछ । चालकको इच्छाअनुसार कारको रंग र बाहिरको सिसा तत्कालै फेर्न सकिने यो कार टोकियो मोटर प्रदर्शनमा देखाउने तयारी भइरहेको छ ।

यात्रामा रहँदा यो कारको एयरप्रुफ सिसामा अगाडिको बाटोको जानकारी देखिनेछ । यसको अगाडि, पछाडि र दायाँ, बायाँ मोड्न सेन्सर लगाएपछि स्टेरिङ ह्वीलले छुट्टी पाउनेछ । यो प्रविधिले चालक र कारको सम्बन्धलाई घोडा र मालिकको जस्तो बनाउने विश्वास टोयटाको छ । 'अहिलै यो प्रविधि व्यवसायिक उत्पादनमा आउन लागेको हैन', टोयटाका प्रवक्ताले भनेका छन्—'आगामी वर्षहरुमा यसलाई नकार्न सकिँदैन ।' अटो विश्लेषकहरुले टोयटाको यो प्रविधिमा धेरै सुरक्षा चुनौती भएको बताएका छन् । सुरक्षाकै कारण यो कारले सञ्चालन अनुमति नपाउने अनुमान उनीहरुको छ । तर काल्पनिक उपन्यास जस्तो लाग्ने यी कुराहरुलाई टोयटा आगामी दिनमा आफ्ना उत्पादनमा समावेश गर्ने सुरमा छ ।

सँगै बाँच्ने कसम खान ज्यानकै बाजी, डरलाग्दा चट्टानमाथि रहरलाग्दो बिबाह

आजकल मानिसहरुमा अनौठो तरिकाले बिबाह गर्ने क्रम खुवै बढेको छ । फेसनको रुपमा बिकाश भइरहेको यो ट्रेन्डमा हालै एक नयाँ मोड आयो जव क्यालिफोर्नियाको डरलाग्दो रक क्लाइम्बिङमा पुगेर एक जोडीले निकै जोखिम मोलेर बिबाह सम्पन्न गरे ।
Till-Death-Do-Us-Part-5
योसमिते राष्ट्रिय निकुञ्जको भिमकाय र डलरलाग्दो चट्टानमा एक जोडी पुगेर अंगालो मारे, चुम्बन गरे र बिबाह गरे । सेतो गाउनमा सजिएकी बेहुली र कालो सुटमा सजिएका बेहुला ३ हजार फिटमाथि टाँगिएको डोरीमा झुण्डिदै बिबाहका लागि तय गरिएको विशाल चट्टानमाथि पुगे । त्यहाँ उनीहरुले बिभिन्न पोज दिए, जसलाई कैद गर्न फेाटोग्राफर बेन हटन तयार थिए ।
खासमा हटनले अनौठो तरिकाले बिबाह गर्ने प्रचलनका बिषयमा तयार पार्न लागिएको एक पुस्तकका लागि यो फोटो खिचेका थिए । यसै मेलोमा उनले भेटेको यो जोडी डरलाग्दा चट्टानको यात्रा गरेर बिबाह गर्न राजी भयो ।

Tuesday, 12 November 2013

भारतद्वारा प्रक्षेपित मंगल यात्रामा बाधा

गत ६ नोभेम्बरमा मंगलग्रहका लागि प्रक्षेपण गरिएको भारतीय मिसन मंगल यान संकटमा परेको छ। पृथ्वीको कक्षमै घुमिरहेको मंगल यानको इन्जिनमा समस्या उत्पन्न भएपछि बैज्ञानिकहरु चिन्तामा परेका हुन् ।  पृथ्वीको कक्षबाट मंगल ग्रहको यात्रा तय गर्न आवश्यक गती यानले नलिएपछि बैज्ञानिकहरु चिन्तित भएका छन्।
 हिजोदेखि बिग्रीएको रफ्तार आज बिहानसम्ममा सहि मार्गमा ल्याउन सफल भएको भारतीय अन्तरिक्ष कार्यक्रम इस्रोका प्रमुख राधाकृष्णनले बताएका छन्। उनले पृथ्वीको कक्षबाट यहि नोभेम्बरको ३० तारिखका दिन मंगल ग्रहको कक्षमा प्रस्थान गर्ने मंगल यानको यात्रा डिसेम्बर १ का लागि सरेको समेत बताएका छन्। करिब ३ सय दिनको यात्रा तय गर्दै मंगलग्रहमा पुग्ने उक्त यानले अपेक्षित कार्यक्रमको २५ प्रतिशतमात्र काम गरिरहेको उनले बताएका छन्। देशमा व्याप्त, गरिबी, असुरक्षा आदिका बाबजुत करोडौं रुपयाँ खर्च गरेर मंगल मिसन तय गरेको भारतलाई विश्वसामु साख जोगाउन मंगल यानले चुनौति थपेको छ।

Monday, 11 November 2013

सातौं तलाको डीलमा अडिएको अनौठो घर

यो तस्वीर देख्दा तपाईलाई आश्चर्य लाग्नसक्छ । तर, यो वास्तविकता हो । दक्षिण कोरियाली आर्टिस्ट डू हो सूहले सात वर्षको मेहनतपछि यो स्केच डिजाइनलाई मूर्त रुप दिन सफल भएका छन् ।
fallen starयूनिभर्सिटी अफ क्यालिफोर्नियाको सात तले भवनको किनारामा यस्तो संरचना बनाइएको छ, जुन अड्एिएर बसेको घर हो । डूले यस कटेजलाई फलेन स्टार नाम दिएका छन्, जुन यसको आधारसँग मिल्दोजुल्दो छ ।
आर्टिस्ट डूका अनुसार विश्वविद्यालय प्रशासनले यसलाई इन्जिनियरिङ विल्डिङ १ को माथि बनाउने अनुमथि दिएको थियो । क्याम्पसको तलबाट हेर्ने जो कोहीले पनि यो घरमा  एक सुन्दर बगैचा र भित्र १५ वाई १८ साइजको सुसज्जित हल छ भन्ने अनुमान लगाउन सक्दैनन् । जहाँ प्रवेश गर्दा झरेको जस्तो अनुभुति हुने गरी निर्माण गरिएको छ । यसले १ सय मिल प्रतिघण्टा रफ्तारको हावालाई थाम्न सक्छ । यसको वाल मोटाइ ४ इन्चको सट्टा १८ इन्च राखिएको छ ।