Monday, 11 November 2013

शिकार मेला- जहाँ चीलले जंगली कुकुरको प्राण लिन्छ

किर्गिस्तानको बिशकेक गाउँमा हरेक वर्ष हन्टिङ फेस्टिवल अर्थात शिकार मेला आयोजना गरिन्छ । यस क्रममा देशका अधिकांश ग्रामिण क्षेत्रका मानिसहरुलाई भेला गरिन्छ ।
hunting-festival-2
मेलाको सुरुवात पारम्परिक लोक संगीतबाट सुरु हुन्छ, त्यसपछि पालै पालो सबैले आफ्नो गोल्डेन इगल (चिल)लाई जंगली कुकर र फ्याउरोलाई शिकार गर्न छोड्छन् । जहाँ जंगली कुकर र फ्याउरोलाई लामो डोरीले बाँधिएको हुन्छ, जसका कारण धेरै परसम्म भाग्न सक्दैन ।
किर्गितानको ग्रामिण क्षेत्रमा फ्याउरो र जंगली कुकुरले बाख्रा लगायतका पशुपक्षीको शिकार गरेर मानिसहरुलाई हैरान पर्ने गरेका हुन्छन । त्यसको बदला लिन सयौं वर्षदेखि यो मेला मनाउँदै आइएको छ । बाँधिएको जंगली कुकरलाई प्रशिक्षित चिलले ठुङ्दा स्थानीय भने बदला लिएको भन्दै रमाउँछन् ।

कसरी लम्ब्याउने ल्यापटप ब्याट्रीको आयु ?

ल्यापटप खरिद गर्नुअघि धेरैले सोध्छन्- यसको व्याट्री व्याकअप कस्तो छ ? भनिरहनु पर्दैन, ल्यापटपका निम्ति ब्याट्री एक  महत्त्वपूर्ण अंश हो। कुनै पनि ल्यापटपको निश्चित आयु हुन्छ र ब्याट्री फेर्नुपर्‍यो भने त्यो महँगो पनि पर्छ। ल्यापटपको ब्याट्री  लाइफ बढाउने/घटाउने कुरा प्रयोगकर्ताकै हातमा निर्भर हुन्छ। आफ्नो ल्यापटपको ब्याट्रीको आयु लामो बनाउन केही  कुराको ख्याल गर्नुपर्छ।


पावर सेभर मोडः ल्यापटप सञ्चालनलाई पावर सेभर मोडमा राखौं। टक्सबारको दायाँतर्फ देखिने ब्याट्री आइकनमा क्लिक  गरी पुन मोर पावर अप्सनमा जानुपर्छ। त्यसपछि देखा पर्ने रेडियो बटनमध्ये पावर सेभरमा क्लिक गर्नुपर्छ।

ब्याकलाइट घटाउनेः यो खासगरी लेड ब्याकलाइट नभएकाहरूका लागि हो। ल्यापटप स्क्रिनलाई जति चहकिलो बनाएर  प्रयोग गरिन्छ ब्याट्री उति नै बढी खपत हुन्छ। प्रायःजसो स्क्रिनलाई अति चहकिलो बनाउनुपर्ने अवस्था आउँदैन। स्क्रिनलाई  अलि मधुरो बनाएर प्रयोग गर्दा आँखालाई पनि त्यति धेरै असर गर्दैन। ब्याकलाइट घटाउन किबोर्डको ब्राइटनेस हट किलाई  थिच्नुपर्छ।

ब्लुटुथ र वाईफाई बन्द गर्नेः वाईफाई र ब्लुटुथ सक्रिय नै राख्दा त्यसले ब्याट्रीको खपत बढी गर्छ। त्यसैले आवश्यक पर्दा  मात्र यसलाई अन गर्नुपर्छ। हट कि वा ल्यापटपको वायरलेस तथा ब्लुटुथ वटनलाई थिचेर अन वा अफ गर्न सकिन्छ।

मेरो मनको साथी

यो सहरमा एक दिन

 बिहान टेम्पुमा आउँदाको सास्ती सम्झेर ऊ अहिले फर्कंदा चारपाँग्रेको खोजीमा थियो । गोश्वारा हुलाक अगाडि आकाशे पुल नजिक प्रतिक्षारत भीडमा ऊ पनि मिसियो । भीड न्युरोड गेट अगाडिको आकाशे पुलसम्मै छरपस्ट थियो।
 
त्यसो त यहाँ भेटिने धेरै अनुहार सहिदगेटको पश्चिममा रहेको विसौनीमा भेटिन्थे । केही अघि त्यहाँको भीडमा ट्राफिक प्रहरीको वक«दृष्टि परेपछि ती यता पलायन भएका थिए । त्यो विसौनी हटे पश्चात् जाममा सुधार आएको ट्राफिक प्रहरीको दावीलाई यो भीडले व्यंग्य गरिरहेको थियो ।
 
कार्यालय छुटेर फर्कने जागीरदारहरु , किनमेल गरेर गन्तव्यतिर लम्किरहेका गृहिणीहरु र काठमाडौंको रमझम हेरेर फर्केका बटुवाहरु फूटपाथमा असरल्ल सामान छरेर व्यापार गर्न बसेकाहरुको कारण ठाउँ नपाएर सडकैबाट हिँड्दा भीडको आयतन झनै ठूलो भएको थियो ।
 
एउटा सेतो बस मोडिँदै आयो । भीडको धैर्य टुट्यो । बस सुस्तरी गुड्दै थियो, सँगसँगै सम्भाव्य यात्रीहरू ढोकै छेकिने गरी झुम्मिए । बसको गति र भीडको घम्साघम्सीमा आफूलाई दुरूस्त राख्न नसक्नेहरू कोही आफ्ना फुस्केका जुत्ता सम्हाल्न थालेभने कोहीे चस्मा सोझ्याउन । विजेताहरू चाहिँ ओर्लंदै गरेका यात्रीहरूलाई ठेल्दै भित्र उक्लन थाले । केही अघिसम्म खुट्टा राख्न चिन्ता गर्नेहरू अब उपयुक्त सिटको लागि ठेलमठेल गर्नथाले । एकैछिनमा बसको ढोकामा मानव बिर्को नै लाग्यो हैन, ओर्लनेलाई बाटो दिए पो चढ्नेलाई ठाउँ पाइन्थ्यो”–एउटा भद्र स्वर भीडको हाहाहुहुमा हरायो 

युट्युबले शुल्क लिने

गुगगलको भिडियो सेयरिङ साइट युट्युबले सन् २०१४ देखि आफ्नो सेवामा शुल्क लाग्ने व्यवस्था गर्न लागेको छ। संगीत सदस्यता सेवामार्फत् युट्युबले गीत सुनेको,भिडियो हेरेको पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो। युट्युबमा बानी परिसकेकाहरुले 'पे गेट' मा गएर क्रेडिट कार्ड वा पेपालबाट पैसा तिर्न सिस्टम युट्युबले बनाएको छ।

पैसा तिरेपछि प्रयोगकर्ताले म्युजिक मेम्बरसीप सर्भिसको प्लान छान्न सक्नेछन्। पैसा तिरेका ग्राहकलाई युट्युबले विज्ञापन बिनाका सामग्रीको एक्सेस दिनेछ। तपाइँसँग पैसा तिर्न सक्नुहुन्न? चिन्ता नगर्नुहोस् युट्युबले पैसा तिर्न नसक्नेहरुका लागि विज्ञापन सहितका सामग्री उपलब्ध गराउनेछ। युट्युबको यो कदमले पप गायक जस्टिन बिबरको लगानी रहेको म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटीफाइलाई असर पर्ने बताइएको छ।

सुरुमा मोबाइल प्रयोगकर्ताका लागि मात्र ल्याइन लागेको यो योजनामा एक महिनाको १० डलर पर्नेछ। त्यसका लागि युट्युबले नयाँ मोबाइल एपको डिजाइन गरिरहेको छ। युट्युबका ६० प्रतिशत प्रयोगकर्ता मोइबालमा भएको कम्पनीले जनाएको छ।

कसरी जोगाउने पेन ड्राइभ ?

डाटा स्टोरका लागि हिजोआज पेन (फ्लास) ड्राइभको प्रयोग बढ्दो छ। डाटा स्टोरेज गर्ने यो सानो डिभाइसको मूल्य दिन दिनै सस्तो हुँदा प्रयोगकर्ता अझ बढ्दै छन्। सानो आकार भएका कारण बोकेर हिँड्न सजिलो हुने भएकाले पेन ड्राइभ विश्वमै लोकप्रिय छ। यसलाई राम्रोसँग हेरचाह गरे डाटा सुरक्षित राख्न र आयु लम्ब्याउन पनि सकिन्छ। धेरै क्षमताको पेन ड्राइभ किन्नु मात्र ठूलो कुरा होइन। यसलाई सावधानीपूर्वक चलाएर लामो समयसम्म टिकाउनु महत्वपूर्ण छ। पेन ड्राइभलाई लामो समयसम्म टिकाउन र डाटालाई सुरक्षित राख्न महत्वपूर्ण ७ टिप्स: