Saturday, 9 November 2013
Thursday, 7 November 2013
Dance India Dance 3rd Season 4 November 2013
Part - 1
Part - 2
Part - 3
Part -4
Part - 5
Part - 2
Part - 3
Part -4
Part - 5
Wednesday, 6 November 2013
बिद्यार्थीको स्वागतमा युनिभर्सिटीमै फोम फाइट र किसिङ (फोटो फिचरसहित)
स्कटल्याण्डको पूरानो विश्वविद्यालय ‘यूनिभर्सिटी अफ सेन्ट एन्ड्रयूज’ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने आफ्नै शैली छ । त्यहाँ परम्परागत विशाल फोम (फिंज) फाइट गरिन्छ । हालै भएको स्वागत कार्यक्रममा सयौं विद्यार्थीले फोम फाइटमा भाग लिएका छन् ।
फाइटमा फोम प्रयोग गरिएको थियो, जसका कारण विद्यार्थीहरु सेतै ढाकिए । फोम यतिसम्म बाक्लो थियो की त्यसको मद्दतबाट उनीहरुले आफ्नो हेयर स्टाइल नै बदलिदिए । सेताम्मे भएर फोम फाइटमा सहभागी नौजवानहरु क्षणभरमै रोमान्टिक मुडमा बदलिए ।
अनुहार नै फोमले ढाकिएको अवस्थामा केही जोडीहरु एक अर्कालाई किस गर्दै मस्ती मारिरहेका देखिन्थे । यूनिभर्सिटीमा रहेको पूराना विद्यार्थीले नवआगन्तुकलाई आफनो परिवारमा सामेल गरेको खुसियालीमा फोम फाइट गर्ने गरिन्छ ।
फिल्म हेरेकै भरमा बेलायती युवाले छाडे सम्पन्न जिन्दगी, गान्धीको सिको गर्दै जीवन धान्ने
आयरल्याण्डका मार्क बोयलले आफ्नो घर जागिर सबै छाडिदिएका छन् । अब उनीसँग न बैंक अकाउन्ट छ न कुनै सम्पत्ति । सारा संसारिक सुख छाडेर अहिले उनी सयौं बर्ष पुरानो जीवन जीउँदै छन् ।
उनको जीवनमा यो परिर्वतन महात्मा गान्धीको जीवनीमा बनेको भिडियो ‘द गान्धी’ हेरेपछि आएको हो । गान्धीको विचार ‘बी द चेन्ज वान्ट टू सी इन द वल्र्ड’ ले मार्कलाई यति प्रभावित पर्यो कि जीवनको उद्देश्य नै बदलिदिए- गान्धीले जस्तो जीवन बिताउने । अब उनले संघर्ष गरेर नै बाँकी जीवन बिताउने छन, पश्चिमा मुलुकको सुबिधामा हैन् ।
मार्क भन्छन्-सात वर्षअघिसम्म म यस्तो गर्नेबारे सोच्नसम्म सक्दिनथेँ ।’ बिजनेस र इकोनोमिक्समा डिग्री गरेपछि उनले एक अर्गानिक कम्पनीमा काम गरेका थिए । ‘मसँग पैसा र जीवनको सबै सुविधा थियो ।’ उनी भन्छन्, अब म आफ्नो खाना माइक्रोओभनमा हैन स्टोभमा बनाउँछु । मलाई लाग्छ, उपभोक्ता र उपभोगको बीचमा निकै दुरी बढेको छ । पैसाले खुसी आउँदैन । सुविधाको अभावमा पनि म निकै खुसी छु ।’
बृत्तचित्र हेरेपछि अहिले उनी गान्धीको जस्तो जिन्दगी जिउने कोसिसमा छन् । उनी सकेसम्म सुबिधायुक्त चीज प्रयोग गर्दैनन, आफ्नो जीवनलाई भोग बिलासबाट टाढै राख्न कोसिस गर्छन् ।
Subscribe to:
Posts (Atom)


