Saturday, 5 October 2013

शनि ग्रहको चन्द्रमामा प्लास्टिक भेटियो

वैज्ञानिकहरुले शनि ग्रहको सबैभन्दा ठूलो उपग्रहमा प्लास्टिक फेला पारेका छन् । पृथ्वीपछि जिवनको सम्भावना भएको दोश्रो खगोलिय पिण्डको रुपमा मानिएको टाइटनमा प्लास्टिक निर्माणका लागि प्रयोग हुने एक महत्वपूर्ण तत्व फेला परेको हो ।
titan
क्यासिनी अन्तरीक्षयानले प्लास्टिक बनाउन प्रयोग हुने प्रोपाइलिन नामक तत्व टाइटनमा फेला पारेको छ ।
टाइटनमा प्लास्टिक फेला परेको यो घटनाले पृथ्वीको प्रागऐतिहासिक तथ्यको अध्ययन गर्न सजिलो हुने बताइएको छ । टाइटनको अहिलेको अवस्था पृथ्वीको करोडौा वर्ष पहिलेको जस्तै रहेको हुादा भविष्यमा टाइटनमा पनि पृथ्वीमा जस्तै प्राणी तथा वनस्पतीको विकाश हुने भविष्यवाणी वैज्ञानिकहरुले गर्दै आएका छन् । टाइटनमा हाइड्रो कार्वन युक्त ग्यासको वायुमण्डल रहेको छ ।

गुगलले यसरी निल्दैछ मान्छेको दिमाग

सूचना प्रविधिको यो दुनियामा अहिले इन्टरनेटको पहुँच भएका मान्छेका लागि कम्प्युटरको स्त्रिmनमा विश्व अट्न सक्छ । आफुले खोजेको सूचना वा जानकारी एक क्लिकको भरमा पाउन सकिन्छ । यसले एकातर्फ मानिसको ज्ञानको दायरामा वृद्धि गराएको छ भने यसका विभिन्न खाले नकारात्मक पक्ष तथा जोखिम पनि छन् ।
google
इन्टरनेटले तिब्र रुपमा मानिसको स्मरण शक्तिमा क्षयिकरण गरिरहेको छ । खासगरी इन्टरनेटकै उपलब्धताका कारण विश्वको इतिहासका विभिन्न खाले परिवर्तनगामी घटनाहरुको बारेमा पनि मान्छेलाई स्मरण हुन छाडेको छ । यस्तो स्मरण शक्तिको क्षयिकरणको मुख्य दोषी गुगल रहेको विज्ञहरुले बताएका छन् ।

Wednesday, 2 October 2013

प्रेम पत्र

मुटु भत्काउने मौनताबीच रहेका रात बित्ने गर्छ तिम्रो सम्झनामा र म सम्झने गर्छु हाम्रो अधुरो प्रेम कथा जुन कथाको एउटा पात्र तिमी अर्को पात्र सिर्फ म । छुट्ने बेलामा अमुक अंकमाल गर्दै अश्रुधारा चुहाएर भनेका थियौ, 'सुन्तली मेरो आगमनको प्रतिक्षामा बस है । सधैको लागि जान लागेको कहाँ हो र ? पगली  हाम्रो सुन्दर संसारको आधार लिएर दुई वर्षमा आउनेछु, त्यति खेरसम्म मेरो प्रतिबिम्ब समेटेर बस्नु ।  म तिम्रो सिउँदोमा गुराँस सजाउन अवश्य आउनेछु ।भन्दै बिदाइको सांकेतिक हात हल्लाउँदै ऊ त्रिवुभन विमानस्थलको मूलगेटबाट भित्र पस्र्दै मबाट ओझेल भएर रोजगारीका लागि कतारको गएको थियो राज ।
राज मेरो पहिलो प्रेम, मेरो जीवनको आधार अथवा मेरो सम्पूर्ण संसार । एक अर्थपूर्ण सम्बन्धको सुरुवात । मेरोबीचको प्रेम सम्बन्ध हाम्रो परिवार, गाउँ समाज सबैलाई अवगत भएको थियो । हामी एक अर्कालाई प्रेम गथ्र्यौ सच्चा हृदयदेखि । हामीबीचमा विवाहको कुरा पनि भएको हो तर राजले आफू केही सक्षम भएपछि विवाह गर्ने सोच जनाएकोले मैले पनि उसको कुरालाई नकारात्मक रूपमा लिन चाहिन । हामीले गाउँ र समाजको हितविपरीत वा प्रेमको परिधिको धेरालाई कहिले तोडेनौं । हामी एक अर्का समाहित थियौं, एक अर्काप्रति हाम्रो विश्वास थियो, श्रद्धा र सम्मान गथ्र्यौं ।

Saturday, 28 September 2013

जिन्दगी

  यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन । 
 बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै छुट्टिन लागेकाहरूसँग कसरी भेट्ने होला फेरि ? 
 यतिका वर्षपछि बल्ल बुझ्दैछु–हो बाँच्नुपर्ने रहेछ, भेटिँदा रहेछन् छुटेका मानिसहरु । जीवनको एउटा याममा दर्केझरीसँग भेटेझैं भेटिएर छुटेका मान्छेहरुसँ पनि भेट हुने रहेछ । सोह्र बर्षपछि उनीसँग फेरि भेट भयो अर्थात् खोलो फर्कियो
 भर्खर भर्खर स्नातक पढ्न थालेका दिनहरु थिए । साह्रै अन्र्तमुखी थिएँ । अरूले बोलेको सुनिरहने । तिनको जवाफ मनभित्रै दिने मनैले । त्यस्तो दिनमा क्यान्टिनमा चिया पिउन बस्दा भेट भएको थियो उनीसँग । 
‘म ननभेज टी’–उनले भनेकी थिइन् । 
 चियापनि ननभेज हुँदो रहेछ भनेर ज्ञानको विशाल किताब भेटेझैं मनभित्रै एकहात लामो खुशी फुलाएँ । केही बेरमा उनको अगाडि कालो चिया आयो । म दगं परें । मेरो घरमा बाले कालो चिया पिउन मन लागे भन्नुहुन्थ्यो–लौ है विरामी चिया भए पनि बसालम् । 
 उनीसँग अरू तीनजना केटीहरु थिए । ती मध्ये एउटीसँग मेरो साथी प्रल्हादको चक्कर शुरू भएको थियो । हिरो साइकलको पछि त्यही केटीलाई राखेर काठमाडौंका केही सडकहरुको फन्को मार्दै गरेको देखेको थिएँ दुई तीन चोटी प्रल्हादलाई । 
त्यो भन्दा बढी के के गर्‍यो ऊ आफैं जानोस् । प्रल्हादलाई उसैको प्रेमिकाले बोलाएकी थिई–‘यतै आए हुन्छ ।’ म नबोलाईकनै गएँ प्रल्हादको पछि लागेर । ननभेज टी अर्डर गर्नेवालीले हात अघि बढाउँदै भनि–‘एनी वे म विशाखा, घर विरगन्ज ।

Thursday, 26 September 2013

‘कतारमा नेपालीको स्थिति दास सरह’

ब्रिटेनको एउटा दैनिक पत्रिका द गार्डियनले कतारमा नेपालीहरु अहिलेको समयमा पनि दास सरह जीवन बिताइरहेको र दैनिक रुपमा एकजना नेपालीको मृत्यु हुने गरेको खोजमूलक समाचार प्रकाशित गरेको छ।


सन २०२२ मा कतारमा आयोजना गरिने विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माणमा कार्यरत नेपाली श्रमिकहरुको दयनीय अवस्था पनि उक्त समाचारपत्रले चित्रित गरेको छ।
नेपालीहरुको एउटा प्रमुख गन्तब्य रहँदै आएको कतारमा नेपालीहरुले भने अनुसार तलब नपाउने, कैयौं महिनासम्म तलबै नपाउने, संझौतामा उल्लेख भएको भन्दा फरक किसिमको कठिन र कष्टकर काम गर्नुपर्ने समाचार बारम्बार नेपालमा पनि प्रकाशित हुँदै आएका छन्।
चारमहिनादेखि तलब नपाएपछि काम गर्न छोडेर एउटा कोठामा सातजना साथीहरुसँग नेपाल फर्कने अवसरको पर्खाइमा रहेका सर्लाहीका ढालबहादुर थापाले आफ‍्नो राहादानी कम्पनिले जफत गरेको र फोहर पानी पिएर बस्नुपरिरहेको बताए।
बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा थापाले भने, “कतारमा काम गर्ने असी प्रतिशत नेपालीहरुको स्थिति हामी जस्तै छ।“

कतारमा नेपाली कामदारको करुण कथा


विमानस्थलमा काठको बाकस। फोटो साभारः गार्जियन
विमानस्थलमा काठको बाकस। फोटो साभारः गार्जियन
नेपाली मिडियामा कतारका लागि नेपाली राजदूत छाएकी छिन्। माओवादी कोटामा नियुक्त भएकी राजदुतले प्रचण्डले फर्कन भन्दा पनि मानिनन् रे। तर बेलायती मिडियाले भने बुधबार कतारमा रहेका नेपाली श्रमिकको पीडा खोतलेको छ। उनीहरुलाई दास जस्तो व्यवहार गरिएको देखाएको छ। गार्जियनमा छापिएको यो फिचर ले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ। पिट प्याटिसनले नेपाल र दोहा गएर यो फिचर तयार पारेका हुन्। फिचरमा एउटा पात्र छ गणेश विश्वकर्मा। भर्खर १६ वर्ष टेकेका। दाङका गणेशलाई म्यानपावर एजेन्टहरुले राम्रो काम र पैसा पाइन्छ भन्दै लोभ्याएपछि ऊ कतार जान कस्सिन्छ। पैसा त थिएन तर सपना थियो, फर्केर आएर आमाका लागि एउटा राम्रो घर बनाइदिने। ३६ प्रतिशत ब्याजमा डेढ लाख ऋण लिएर उड्छ कतारतिर। दुई महिनापछि फर्कन्छ। तर काठको बाकसमा- शवको रुपमा !