Tuesday, 13 August 2013

डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)

दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका छैनन् ।
1
क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि गरे ।
2
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।
3
यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।

जसको जिउमा आफै आगो दन्किन्छ

आत्मदाह गर्दा मान्छेले आफ्नो जिउमा आफै आगो लगाएको त सुनिएकै हो । यसरी जिउमा आगो लगाउँदा आगोको श्रोतबाट आगो बालेर जिउमा झोँस्नुपर्छ । तर भारतमा एकजना यस्ता बच्चा छन् जसको जिउमा आफै आगो बल्छ ।
1
भारतको तमिलनाडुमा रहेका तिन महिनाका राहुल नामका बालकमा यस्तो भयानक, दर्दनाक तथा अनौठो रोग छ । सुन्दै आङ सिरिंग हुने रोग हो त्यो । उनको सरीरबाट आफै आगोको ज्वाला निस्किन्छ र ह्वारह्वार्ती आगो बलेर आफैलाई जलाउन थाल्छ ।
उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ । यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।
2
अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर -एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ । जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।
3
स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।

अन्तरीक्षमा पठाइयो छेपारो र मुसा

''रुसले झण्डै एक सयवटा मुसा तथा छेपारो लगायतका जिवजन्तुलाई अन्तरीक्षमा पठाएको छ । रुसी अन्तरीक्ष संस्था रसकसमसका अनुसार शुक्रबार सय भन्दा बढि जिउँदा ‘मुसा अन्तरीक्षयात्री’ सहितका जिवजन्तु हालेर एक अन्तरीक्ष यान प्रक्षेपण गरिएको छ ।
कजाकस्तानको बैकोनुर स्पेस सेन्टरबाट रुसी समय अनुसार दिउसो २ बजे सोयुज २.१ ए नामक यान प्रक्षेपण गरिएको हो । यानमा यात्रीका रुपमा मुसा, छेपारो, शंखेकिरा सँगै विभिन्न खालका ब्याक्टेरिया, वनस्पती तथा बिउबिजन समेत पठाइएको छ ।रोचक कुरा त के भने अन्तरीक्षयान प्रक्षेपण गर्नु अघि पठाउन लागिएको एउटा मुसा अर्को मुसाको आक्रमणमा परी मृत्यु भएपछि फेरी अर्को मुसा थप्नुपरेको थियो ।
स्मरण रहोस् यसरी अन्तरीक्षमा विभिन्न खाले साना जनावर पठाइएको यो सन् २००७ यताको पहिलो हो । त्यतिबेला यस्तै जिवजन्तु सहितको यानले अन्तरीक्षमा १२ दिन बिताएको थियो । यो रुसी यान आउँदो मे १८ मा पृथ्वीमा फर्किनेछ । अन्तरीक्षमा रहँदा यो यानभित्र लगिएका जनावरमा विभिन्न खाले ७० प्रकारका परीक्षण गरिनेछ ।

Monday, 12 August 2013

तीज, गीत, दर र व्रत


केही दिनअघि महिला सहकर्मीले भनिन्– तीज गीत बजाउन हामी पनि शुरु गर्नुपर्यो। सबै टेलिभिजनहरूले बजाउन थालिसके। मैले त्यसमा असमति जनाएँ। भोलिपल्ट पनि त्यही कुरा दोहोरियो। म केही बोलिनँ। म कार्यरत रेडियो स्टेसनबाट पनि तीज गीतहरू बज्न शुरु गरे। टेलिभिजनहरूमा गीत बजेको हैन, गीतको विज्ञापनहरू बजिरहेका छन्। म्युजिक कम्पनीहरूको प्रायोजनमा ती गीतहरू बजिरहेका थिए। तर हाम्रो रेडियोमा गीत प्रायोजन गर्ने कम्पनीहरू छैनन्, तैपनि तीज शुरु हुनुभन्दा डेढ महिनाअघिदेखि गीत बजिरहेको छ। यो एउटा नबुझीकन गरिरहेको देखासिकी हो। नेपाल यो यहाँ गाउँदेखि शहरसम्म सबै कुरा देखासिकीमा चल्छन्। वास्तविकताको गहिराइ नाप्ने प्रयाससम्म पनि गरिँदैन।

हो नेपाली संस्कार धनी छ, गीत–संगीत, रहनसहन, भाषाभाषी, चाडपर्वको अथाहा खानी छ। यसमा बजाउने गीतसंगीत र चाडपर्वमा खानेकुराहरूको सूची धर्म र संस्कृतिले निर्धारण गरिदिएको छ। ती समयसापेक्ष छन्, मौसमअनुसार के खानुपर्छ भन्ने कुराको वैज्ञानिक आधार पुष्टिहरू सँगसँगै आएका छन्। त्यसको व्याख्या र अपव्याख्या गर्नेको समूह ठूलो छ।
तीज हरितालिका भाद्र शुक्ल पक्ष तृतीयाको दिनमा हिन्दू धर्मावलम्बी महिलाहरूले भगवान् शिवको पूजा–आराधना गरेर मनाउँछन्। यसमा अविवाहिताले असल पतिको कामना र विवाहिताहरूले श्रीमान्को सुस्वास्थ्य, दीर्घायुको कामना गरेर मनाउँछन् भन्ने गरिन्छ। हिमालय पर्वतीकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनेर व्रत बसेको र त्यो पूरा भएर महादेव पति पाएको धार्मिक विश्वास पनि गरिन्छ। व्रत बस्ने चलन अझ पनि कायमै छ। दिनभर निराहार व्रत बसेर मध्यरातमा शिवको पूजा–आराधना गर्ने चलन अझै पनि छ।

Saturday, 10 August 2013

निलो साइकल

समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त !साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्नु फेरी बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु जाँडियाँ पो परेछ रोकेर व्यर्थै निउपो खोज्न थाल्छ म सुरुक्क फेरी फर्कन्छु घडी हेरेको ९ बजेर २७ मिनेट भएको रहेछ ।
२०६० सालमा के को मोवाइल लिन पाइन्थ्यो नत्र फोन हजार चोटी हान्थे होला अब एसएलसी आउन जम्मा ५ दिन बाँकी छ । आज मेरो घरमा नौ दिन पुग्थ्यो प्रतिभा बस्ने गरी आउन थालेको हामी रात अबेरसम्म पढ्थ्यौँ, अनि निन्द्राले अतिनै आँखा हेर्न नदिए म जहाँ पढ्थे त्यही निदाउँथ्ये प्रतिभा मेरी वहिनीसँगै सुत्थीन् म गणितमा जान्ने थिए प्रतिभा अँग्रेजीमा धेरै अगाडि थिइन् । हामी एक अर्कालाई पढाउँथ्यौँ पढ्थ्यौँ ट्यूसन पनि सँगै पढ्थ्यौँ । कक्षा कोठा पनि एउटै थियो । चारवटा सेक्सन भए पनि, स्कूल जाँदा मन्दिरको चोकमा भेट हुन्यौँ र छट्टीन्थ्यौँ पनि । यो क्रम पनि झण्डै दुई वर्ष चल्यो, तर रातीसँगै पढ्न लागेको धेरै समय भएको थियो । आज मेरो घरमा साइकलको घण्टी बजेन किनकि प्रतिभा खाना खाएर सधै आठ बजे मेरो घरको आगनमा सानो निलो साइकल लिएर आइ पुग्थिन् र घण्टी बजाउँथिन। म हत्तपत्त साइकल राखिदन कुद्थे, आमाले प्रतिभा आएको देखर दुई ओटा गिलासमा दुध बोकेर आउनुहुथ्यो । विचारमा आमा आज एउटा गिलासको दुध त्यसै फर्काउनु भयो । कतै विरामी पो परिन् कि त आउनु पर्ने हो भन्दै जानु भयो ।
सम्बन्ध पनि त्यति धेरै प्रगाढ भै सकेछ आज बल्ल थाहा । भयो यति गहीरामइमा यति गहिराइमा पर्दा पनि पत्तै भएनछ । मुटु त लगभग एउटै भै सकेछ खै कहिले यसरी गाँसिएछ थाहै भएन । अव त सास फेर्न नै अप्ठ्यारो भै सक्यो मणि हराएको नागको झै एकै ठाउँमा फन्को कतिमारे कति मेरो सम्पूर्ण परिवारको सदस्यको मन पनि जितिसकेकी थिइन् उनले । सायद लाग्छ । उनलाई पनि सामान्य नै लाग्थ्यो मेरो घर अनि परिवार र मेरो घर परिवारले पनि समान्य नै मान्थ्यो । त्यसैले होला एक दिन त त्यस्तै परेर राती साँडे नौ (९ः३०) बजेतिर शंकरलाई लिन पठाएको थिए ऊ पनि हाम्रो आत्मीयता देखेर छक्क पथ्र्याे । मेरो तड्पाइ देखेर साइकल कुदाई हाल्थ्यो प्रतिभाको घरतिर अनि पछाडी राखेर ल्याई हाल्थ्यो । सायद घर पनि नजिक नै थियो । पढाइमा ठ्याक्कै शून्य नै थियो । कसो कसो १० मा पुग्यो ए.एल.सी. त विचराको फलामकै ढोका थियो केही क्निको करले गर्दा पनि मेरो कुरा काट्दैनथ्यो । राति निरन्तर दिदैन थियो कहिलेकाँही आइ पुग्थ्यो । आज त किन आउँथ्यो र ऊँ पनि मलई मर्का परेको बेलामा फकाउने बेला मात्र आउँथ्यो नि । दुई वर्ष वितेको पत्तै भएन, तर त्यो मेरा लागि एक वर्ष भन्दा पनि लामो बनेको थियो । माया र प्रेममा निकै तड्पिएर पागल बनेका कथा सुनको थिएँ तर वास्तवमा आज आँफैमा अनुभूति हुँदैन । जाउँ भने राति ११ बजेको छ २०६० सालको चैत्र ५ गते मेरो कालो रात होला । बाहिर आर्मीहरुको गस्ती पनि शुरु भए जस्तो छ । बुटको आवाज सुन्छु, हत्तपत्त झ्याल बन्द गर्छु अनि स्वास पनि भित्रभित्र फेर्छु। द्वन्द पनि निकै चर्केको थियो । झ्यालबाट नै गोली छिर्ने होकि भन्ने डर कहिलेकाहीँ त विनासित्ति बस्तीका मान्छेलाई निन्द्रबाटै उठाएर लैजान्थे, विचारा कति फर्किए कति बेपत्ता । अझ त्यो भन्दा पनि मेरो घरमा अर्का आर्मी पक्षका विद्रोहीहरु त उनकै घर झै गरी थर्काई थर्काई खाने, बस्ने सुत्ने गथ्र्ये, त्यतिबेला दिएको दुःखका कारणले अचेल त मुखमा हेर्न पनि मन लाग्दैन । होस् आफ्नो मनमा राँको बलेको थियो ।

विहान पो भएछ कतिबेला निदाएँ पत्तै भएन । हेर निधारमा कलमको विर्काेको डाम उठेपछि पो दुख्न थाल्यो त । केको मुख धुने उठेर नाग मणि खोज्न कुदेझैँ गरी म पनि बुझ्न हानिन्छु प्रतिभाको घरमा । धारामा प्रतिभाकी भाउजु पनि पानी भर्दै थिइन्, बाबु किन आउनु भयो यति विहान तपाईं ? अनि प्रतिभा खोइ त ? म झसंङ्ग हुन्छु पूरा वर्माण्ड नै पर्लय भएजस्तो सारा आकाश खसेजस्तो हुन्छ । थाहा भयो प्रतिभा हिजो राति अपहरणमा परिछन् । घरकाले त पढ्न गएकी छोरी केको अपहरण राति सोच्ने कुरै भएन र हल्ला खल्ला मच्चियो, निकै मान्छेको भीड देखिन थाल्यो विचरा प्रतिभाको आमाको त आधा होस गुमी सक्यो, त्यो भन्दा त मेरो नै होस गुमिसक्यो । पत्तो छैन कुन पक्षले लगेको हो । सधै हतियार बोकेर सिकार गर्ने शिकारीलाई के थाहा घर, परिवार ममता अनि आत्मीयता वास्तवमा उनीहरुको आत्ममा राक्षसले बास गरेको हुन्छ होला र त निर्दाेश अवोधलाई बेपत्ता पारी निर्मम यातना दिन्छन् । सुन्छु कतिले त आफ्नो राक्षसी यौन प्यास मेटेर चरम यातना दिन्छन् नारीलाई । अन्तिममा उसको सारा शक्ति र पूरै

अस्तित्व मेटेर धर्तीबाट विदा दिइन्छ । त्यतिबेला पूरै शक्ति पलाए झै हुन्छ । जसले लगेको हो त्यसैलाई मेटाइ दिन्छु, बरु आँफै मेटिन किन नपरोस् ।
धेरै मान्छेको धेरै आउँछन्, कतिले त आश मेट्न भन्छन् त कतिले फर्किने झिने आसा देखाउँछन् । विभिन्न कुराहरु सुन्दा सुन्दै म आँफै घुमेको हो या यो पृथ्वी नै घुमेको हो पत्तै पाउँदिन । राति खाना खाएर घरबाट हिँडेकि प्रतिभा निलो सानो साइकलसँगै अपहरणमा
परिछन् । मेरो मनमा हजारौँ तर्क वितर्कहरु उठ्न थाल्छन्, के गरेका होलान् र के गर्दै छन् होला ? त्यसै विचमा क्षितिज पारी बाटोमा सानो आकृति देखा पर्दछ । आकृति बाटो हुँदै नजिक नजिक आइ पुग्छ । त्यो आकृति पक्कै लाग्छ मलाइ बास्तमा निलो साइकलमा प्रतिभा नै आएकी रहिछन् । म त एक्कासी उफ्रिएँ खुशीको सीमा रहेन ममा । सबै मान्छेहरु मुखामुख गर्न लागे। कतिले मृत्युको मुखबाट पनि फर्किइ कतिले त कति जनाको इच्छा मेटाएर आइ, जे जस्तो होस् प्रतिभा आउनुमा नै मेरो लागि ठूलो थियो । बेलिविस्तार लगाउन लागिन् थाहा भयो द्वन्द्वकाल भएकाले होला राति एक्लै हिँडेकाले झण्डै सुरक्षाकर्मीले सोधपुछका लागि इज्जतका साथ लगेको रहेछ र विहानै छाडि दिएछ । मेरो मुटुले विस्तारै रक्तसञ्चारमा सुचारु रुप दिन थाल्यो । नसाहरु बल्ल चलबलाउन थाल्छन् एक हिसाबले त मेरो होस नै गुमि सकेको थियो । स्थिति सबै सामान्य बन्दै जान्छ ।

उत्तरोत्तर स्खलन