Sunday, 28 December 2014

ई ज्योतिषी

भाग्य र भगवान दुख परेको वेला पुकारिन्छ \ चासो राखिन्छ भन्छन साच्चै नै त्यसै होला ।
कुरा के पर्यो भने केही दिन देखी मेरो मन ज्यतिष विध्या प्रति आशक्त भएर लागेको छ । खासमा मेरो मन लागेको छ भन्नुको मतलब के हो भने गर्नु पर्ने काम थुप्रै भए पनि सब काम छोडेर यस सम्बन्धी ज्ञान हासील गर्ने ईच्छा जागेको छ । सुरुमा यस सम्बन्धि रत्तिभर पनि ज्ञान नहुदा के हो के हो भन्ने भा थियो तर विस्तारै बुझ्दै जादाँ रमाईलो लाग्यो । 

(आफु जन्मेको समय माथी दिाएको चार्ट अनुसार पहिले मिनेटमा निकालेर घण्टामा (उल्लेख गरे अनुसार) लान सकिन्छ ।)

अल्प ज्ञानम‌ भयङ्करम भन्छन तर पनि ब्यक्तीगत रुपमा अहिले सम्मको बुझाईमा मेरो चिना (Birth Chart) नै गतल रहेछ । घरमा सबै जना म साँझमा जन्मेको भन्नु हुन्छ तर मेरो चिना अनुसार मेरो जन्म विहान भएको देखिन्छ । ज्योतिषले बनाएको चिना बाट आफु जन्मेको समय थाहा पाउन (मैले) धेरै कसरत गर्नु पर्यो । ज्योतिषहरुले जन्मेको समयलाई घटिका र पलाको रुपमा ब्यक्त गर्दा रहेछन र प्रत्येक दुई घण्टामा ग्रहको स्थान परिवर्तन हुनाले आफु जन्मेको समय पक्का नभईकन आफ्नो भविष्यको बारेमा सही ज्ञान पाउन नसकिने रहेछ । खासमा २४ पलाको १ घटिका र प्रत्येक २४ मिनेटको १ घटिका हुने रहेछ । ज्योतिषले घटिका गणना गर्दा सुर्योदय पश्चातको समयलाई गणना गर्दा रहेछन । मानै विहान ७ बजे सुर्योदयो हुने समयमा कुनै मानिस ७ बजेर २४ मिनेटमा जन्मियो भने उसको जन्म कुण्डलीमा जन्म समय १ घटिका भनिदो रहेछ ।

outlook.com मा आफ्नै डोमेनको ईमल कसरी चलाउने

गुगलको गुगल एप्समा जस्तै माईक्रोसफ्टको वेब बेष्ड ईमेल सेवा हटमेल, लाईभ हुदै अहिले आएको आउटलुकमा आफ्नै डोमेन बाट ईमेल चलाउन सकिन्छ । यसमा पनि गुगलको जस्तै आफुले ईमेल प्रयोग गर्न चाहेको डोमेनको MX रेकर्ड, CNAME रेकर्ड, TXTरेकर्ड आदी सेटिङ्ग मिलाउनु पर्छ । अझ भनै तपाईको डोमेन होष्ट भैरहेको सर्भरमा माथी उल्लेखित DNS रेकर्डहरु आउटलुक (माईक्रोसफ्ट एकाउण्ट) ले तोके अनुसारको  DNS रेकर्डहरु राख्नु पर्दछ । टप लेभल डोमेन (e.g .com, .org, .net ) हुनेहरुको हकमा डोमेन कन्ट्रोल प्यानल बाट वा वेब सर्भर बाट यो रेकर्ड मिलाउदा हुन्छ तर कन्ट्रीकोड टप लेभल डोमेन (e.g. .com.np, .org.np, .net.np ) हुनेहरुको हकमा डोमेन कन्ट्रोल प्यानल नहुने हुनाले (कन्ट्रीकोड टप लेभल) डोमेनलाई कुनै सर्भरमा होष्ट वा पार्क गरेर त्यो सर्भरमा माईक्रोसफ्ट सर्भरको DNS म्यापिङ्ग गर्नु पर्छ । 

गुगल एप्सको बिपरित आउटलुक मा कष्टम डोमेन सेटिङग मिलाउनको लागी पहिले नै आफु सँग एउटा आउटलुकको ईमेल एड्रेस (माईक्रोसफ्ट खाता) छ भने राम्रो हुन्छ । नहुदाँ पनि हुन्छ तर नयाँ डोमेन भेरिफाई गर्नु पर्ने झन्झट हुन्छ ।



  1. सबभन्दा पहिले http://www.outlook.com खोलेर आफु सँग भएको MSN आई डी बाट आउटलुक लगईन गर्नुहोस ।
  2. अब http://domains.live.com खोल्नुहोस । त्यसपछी तल देखाए जस्तै आफुले जुन डोमेनको लागी ईमेल सेटअप गर्न लागेको हो । त्यसको नाम दिनु पर्छ । डोमेन नेम दिई सके पछी यदी तपाईले No mail for my domain (You can add later) मा चेक गर्नु भयो भने डोमेन भेरीफिकेशनको झन्झटिलो प्रोसेस पुरा गर्नु पर्छ त्यसैले आफूले पहिले नै दर्ता गरेको ईमेल प्रयोग गर्ने गरी Set up Windows Live Hotmail for my Domain मा चेक गर्नुहोस ।

MRP सम्बन्धी जानकारी ईन्टरनेटमा

माइ सन्सारमा ब्लग लेख्नु अघि सम्म मैले केन्द्रीय राहदानी कार्यलयको वेब साइट छ भन्ने मलाइ थाहा थिएन । आजको कान्तिपुर (यस सम्बन्धी Advertise) पढे पछी थाहा भयो । योमरी ले बनाएको साइट रहेछ । राम्रो लाग्यो । राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु  र प्रक्रिया राम्रो सग लेखेको जस्तो लाग्यो । (साइटमा लेखे जसो गरी फारम भर्नेको अनुभव नसुनी वा आफैलाइ नपरी भन्न सकिने कुरा भएन  । ) फारम भर्ने प्रक्रिया / राहदानी वा यात्रा अनुमतिपत्रको लागि संलग्न गर्नु पर्ने फोटोको विवरण राखीएको रहेछ । राहदानी निवेदन फाराम प्रिन्ट गर्ने तरिका सचित्र रहेछ । अझ रमाइलो कुरा त फारम प्रिन्ट गर्नको लागि सफ्ट कपि डापनलोड गरेर कम्प्युटर टाइप गरी प्रिन्ट गर्न मिल्ने गरी दिएको रहेछ । मेरो बिचारमा यदी सम्पुर्ण इन्ट्रक्सन राम्रो सग पढेर आफैले कम्पुटर टाइप गरी फारम बुझाइने हो भने गल्ती हुने सम्भावना ज्यादै न्युन देखिन्छ । 
अन्तमा : - इस्वी सम्वत वाट बिक्रम सम्बतमा मिती रुपान्तरन गर्नको लागी भनेर राजन डट कमको लिङ्क दिएको रहेछ । सरकारी कार्यलयले नै यसरी लिङ्क सिफारिस गरे पछी राजन डट कमको भिजिट त बढ्ने नै भयो (बधाइ छ www.rajan.com ) तर त्यसै गर्नु पर्ने हो त सरकारले  । राजन डट कम लाइ रोयल्टी दिने कि नदिने ।  तर ठिकै छ राहदानी आवेदन गर्ने हरुको लागी को लागी सो साइट उपयगी देखिन्छ ।

Wednesday, 24 December 2014

Aadha Baato (आधा बाटो) [Download]


श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |
आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।
“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।
आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।
उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।
कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।
Download :

बुद्धिसागरको उपन्यास "कर्णाली ब्लुज"- Download


श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "कर्णाली ब्लुज" (KARNALI BLUZE)
लेखिका : बुद्धिसागर
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज ३० गते तदनुसार १६ सेप्टेम्बर २०१२ शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । बुद्धिसागरको अत्यन्तै चर्चित उपन्यास "कर्णाली ब्लुज" अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
KARNALI BHUZE BY BUDDISAGAR
LISTEN AND DOWNLOAD
Episode 1 (One)-2069-06-30/16-10-2012

Download : Download Episode 1                                 
Episode 2 (Two)-2069-07-07/23-10-2012 

Download : Download Episode 2                         
Episode 3 (Three)-2069-07-14/30-10-2012
                           
Download: Download Episode 3                 
Episode 4 (Four)-2069-07-21/06-11-2012 

Download : Click Here to Download 4                               
Episode 5 (Five)-2069-07-28/13-11-2012

श्रुति शंबेगबाट अमर न्यौपानेको प्रसिद्ध उपन्यास 'सेतो धरती' : Download

3 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'सेतो धरती'
लेखक : अमर न्यौपाने
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2071 भाद्र १३ गते तदनुसार 29th August 2014 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा २०६८ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति सोते धरती लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । 
नेपालमा सबैभन्द्रा प्रतिष्ठत साहित्यमा नोबेल पुरस्कार बराबर मानिने मदन पुरस्कार वि.सं. २०६८ मा अमर न्यौपानेको प्रसिद्ध उपन्यास सेतो धरतीलाई प्रदान गरिएको थियो ।  न्यौपानेले सात वर्षमा बिहे भएकी ताराको केही समयमा नै पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म भोग्नुपरेको जीवनको विभिन्न पाटा र उमेरलाई उनले बडो जीवन्त रुपमा उतारेका छन् । वि.सं. १९९० सालमा जन्मेकी ताराको विधवा जीवनले भोगेको कष्ट र पीडालाई एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण गरेका छन् । तारासितै कैयन बाल विधुवाहरुको पनि मुटु हल्लिने कथा उपन्यासले समेटेको छ ।
(The Novel Seto Dharati written by Amar Neupane was Awarded by Madan Puraskar in 2068BS)
Listen and Download Seto Dharati (Right Click and Save to Download)
Episode 1 : (29-08-2014/2071-05-13)

Download : Click Here to Download Episode 1
Episode 2 : (05-09-2014/2071-05-20)