Monday, 30 December 2013

गधाको दुध प्रतिलिटर दुई हजार

गधा भनेर अब कसैलाई हाँसोको पात्र बनाउनुअघि एक पटक सोच्नै पर्ने भएको छ । किनभने पोथी गधाको दुधमा पाइने पोषण तत्त्वले उसको महत्त्वलाई बढाइदिएको छ । यही खुबीका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हाल गधाको दुध प्रतिलिटर दुई हजार भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । धेरै महँगो मूल्य तिर्दा पनि ग्राहकहरूले चाहेजति पाउन सकिरहेका छैनन् ।
ग्ाधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गरेका छन् । पोथी गधाको दुधको यो अहिले मात्रै बढेको होइन । इटिप्टकी राजकुमारी क्लियोपेट्रा अति सुन्दर हुनुको रहस्य उनले प्रयोग गर्ने गरेको गधाकै दुध थियो । आन्ध्रप्रदेशको तेलंगाना र तटीय क्षेत्रमा राज्य विभाजनका कारण गतिरोध कायमै रहेको बेला त्यहाँका बजारहरूमा उत्तरी तेलंगानाबाट गधाहरूको झुन्डसहित आएकाहरूको चर्चा खुबै भइरहेको छ । उक्त समूहले बजारमा गधाको दुध उच्च मूल्यमा बेचिरहेका छन् । दुध बेच्नेहरू भन्छन्, 'गधाको दुध नवजात शिशुहरूको स्वास्थ्यका लागि सर्वोत्तम पोषण दिने खालको छ ।' शिवाजीपालेममा जी लिंगाम्मा नामकी एक महिलाले गधाको एउटा जोडीका साथ दुध बेच्दै गर्दा त्यहाँ ग्राहकहरूको ठूलो लाइन थियो ।
चार परिवारका २० जना १५ जोडी गधाका साथ तेलंगानाका अदिलाबाज जिल्लाबाट तटीय क्षेत्रमा आएका छन् । लिंगम्माले भनिन्, 'हामी एक कप (२५ मिलि) गधाको ताजा दुध २ सय रुपैयाँमा बेच्छौं, यदि कसैलाई धेरै चाहिए दुई हजार प्रतिलिटरमा दिन्छौं ।' दुध महँगो भए पनि खरिद गर्नेहरूको कमी छैन । लिंगम्माले आफूहरूले अघिल्लो वर्ष पनि यसरी नै दुध बेचेर दैनिक सात सयदेखि ८ सय रुपैयाँ कमाएको बताइन् । दुध खरिद गर्न लाइनमा बसेकी एक गृहिणी के सत्यवतीले लिंगाम्मासँग ७५ मिलि दुध किन्न आएको बताइन् ।

Sunday, 29 December 2013

९ बर्षिय बालकले अमेरिकाको सवैभन्दा अग्लो हिमाल चढे

९ वर्षका एक बालकले अमेरिकाको सबैभन्दा अग्लो हिमाल एकुन्कागुआको सफल आरोहण गरेर कीर्तिमान राखेका छन् । समुन्द्री शतहबाट यसको उचाई ६ हजार ९ सय ६६ मिटर छ ।
tyler armstrongटायलर आर्मस्ट्रङले अर्जेन्टिना एन्डेयमा आफ्नो बाबु र एक तिब्बतीसँगै यो हिमालको आरोहण गरेका हुन् ।
क्रिसमस डेमा हिमाल आरोहण गरेका उनले भनेका छन्–‘वास्तवमा यस्तो जुनु सुकै बच्चाले पनि गर्न सक्छ । सबैले प्रयास गर्नुपर्छ । आफ्नो ध्यान लक्ष्यमा लगाउनुपर्छ ।’
गत वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका थिए । यो हिमालको उचाई ५ हजार ८ सय ९५ मिटर छ । एकुन्कागुआ आरोहण प्रयासका क्रममा अहिलेसम्म एकसय भन्दा बढीको मृत्यु भएसकेको छ ।
उनका बाबु केविनका अनुसार एकुन्कागुआ आरोहणका लागि टायलरले ६ महिनासम्म दिनमा दुई पटक प्रशिक्षण लिएका थिए । सानो उमेर भएका कारण हिमाल चढ्नु अघि टायलरले न्यायाधीशसँग अनुमति लिनु परेको थियो ।

बच्चा बेच्न अनलाइनमा बिज्ञापन, झण्डै २ करोड रुपैयाँ माग

बेलायतमा बर्गिकृत बिज्ञापन साइट ‘गमट्री’ निकै लोकपि्रय छ । मानिसहरु आफ्ना धेरै सामाग्री यही सपिङ साइटबाट खरिदबिक्रि गर्छन् ।
तर, हालै गमट्रीमा प्रकाशित एक बिज्ञापनले भने हंगामा मच्चायो । एक २० बषिर्य युवतीले आफ्नो चार महिनाको शिशुलाई अनलाइनमा बेच्न राखेपछि उनी संचारमाध्यममा छाएकी छिन् ।
bay on sale२६ डिसेम्बरमा पोष्ट भएको सो बिज्ञापनमा उनले आफ्नो छोराको मूल्य १ लाख ५० हजार पाउण्ड तोकेकी छन् । बिज्ञापनमा उनले बच्चा सवै हिसावले ठिकठाक रहेको र पैसा बैंकमा डिपोजिट गर्नुपर्ने सर्त राखेकी छिन् । आफु बिरामी भएकाले पैसा पहिले नै डिपोजिट गरिनुपर्ने उनको सर्त छ ।
बेलायती समाचारपत्र इन्डिपेन्डेन्टका अनुसार त्यस्तो बिज्ञापन प्रकाशन भएपछि गमट्री प्रयोगकर्ताले कानुन उल्लंघन भएको भन्दै प्रहरीलाई खवर गरिदिएका थिए । त्यसलगत्तै सो साइटले बच्चा बिक्रिमा राखिएको बिज्ञापन हटाएको थियो ।
प्रहरीका अनुसार ब्राडफोर्डमा बस्ने ती २० बषिर्य आमाको पहिचान भएको छ र उनीसँग भएका दुईवटा शिशु खोसिएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार दुवै बच्चाको स्थीति ठिकठाक छ र उनीहरुलाई आफन्त तथा सामाजिक कार्यकर्ताका रेखदेखमा राखिएको छ ।

इमान्दार ट्याक्सी ड्राइभरः जसले फिर्ता गरे करिव तीन करोड रुपैयाँ

अमेरिकाको लस भेगासमा दैनिक हजारौं मानिसहरु आउँछन्, तर, सायदै कसैलाई पनि एक अर्कामाथि विश्वास होला । एक ट्याक्सी ड्राइभर गेरार्डो गाम्बाआले भने इमान्दरीको अनौठो नमुना पेश गरेका छन् ।
Gerardo Gamboa
क्यासिनोबाट निस्कँदै गरेका एक यात्रुलाई उनले होटलमा ड्रप गरेका थिए । तर, यात्रुले आफुसँग बोकेको झोला सिटमै छाडेर हिडेछन् । होटलमा छाडेको केहीबेरमा पछाडीको सिटमा हेर्दा झोला देखेका उनले सुरुमा खोलेर हेर्दा १०० डलरको बण्डल देखे । तर, बिलको पछाडि हेर्दा त उनी तिनछक परे, उनको मुखबाट एक्कासी निस्कियो–ओ माई गड । झोलामा भेटिएको रकम तीन लाख डलर अर्थात झण्डै तीन करोड रुपैयाँ थियो ।
उनी तत्काल आफ्नो ट्याक्सी कम्पनी एलो च्याकर स्टार ट्रान्सपोटेसन पुगे । उनले सोही कम्पनीको ट्याक्सी बिगत १३ बर्षदेखि चलाइरहेका छन् । प्रहरीलाई खबर गरेपछि थाहा भयो कि त्यो पैसा एक नामी जुवाडे (पोकर प्लेयर) को थियो । प्रहरी र कम्पनीको रोहबरमा पैसा उनै जुवाडेलाई फिर्ता गरियो ।

बिहा (मनोविश्लेषणात्मक कथा)

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।
भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।

भुइँचालो कथा .....

बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र स्वास्नीहरू लोग्नेलाई खै गरिरहेका थिए । यो क्रम नरोकिएपछि उनीहरूले थाहा पाए, भुइँचालो पो गएको रहेछ । पसले घिने कामी चिया पकाउन लागेको थियो । मेचमा राखेको गिलाँस नाच्न थाल्यो । बाहिर निस्कन खोज्दा उसले पाइलै चाल्न सकेन । रनमायाले चाहिँ लोग्नेलाई उठाई । भुइँचालो आएको सुन्नेबित्तिकै लोग्ने बुर्कुसी मारेर टाप कस्यो । तीनटा भुरा झुन्ड्याएर निस्कन लाग्दा छाप्रोको जस्ता खस्यो । धन्न, रनमायाको खुट्टामा अलिकतिमात्र चोट लाग्यो ।
मानिसहरू हत्त न पत्त निस्किए । कतिले लुगै लगाउन भ्याएनन् । कोही सिरकै ओढेर बाहिर निस्किए । गुहुको खाडल सोझै माथि बाँसका दुइटा नोलको पुल बाँधेर बनाइएका चर्पीमा दिसा बस्न लागेका कति जना झन्डै खसेका थिए । कतिको ट्वाक घोप्टियो । कतिको चर्पीमै खुट्टा गाडियो । धेरैजसोचाहिँ उठ्नै भ्याएका थिएनन् ।