Tuesday, 20 January 2015

कसको माया बढी ?

सानो छँदा कसैकसैले “तिमीलाई कसको बढी मायाँ लाग्छ? बाबाको की, आमाको कि, दाइको कि, भाइको कि, बहिनीको ?” भनेर कसैले सोध्दा अकमक्क परेको क्षण याद भैरहेको छ मलाई यति बेला। कसको भन्ने ! सबै बराबर ! कुनैकुनै प्रश्न सुन्दा जति सजिला हुन्छन, जवाफ दिन त्यति नै गाह्रो !
“फोक्सो कि, कलेजो कि, मुटु ठुलो” भनी प्रश्न आयो भने के जवाफ दिने ? आकारमा त कुनै एउटा ठुलो होला, तर कामको हिसाबले यी तीनमात्र होइन की साना भन्दा साना अंगको पनि त्यतिकै महत्व हुन्छ। अन्य कुरा पनि त त्यस्तै हो ! कैयौं टनको बोइंगको इन्जिन एउटा सानो पेचकिल्ला (Screw) को कारणले रोकिन सक्छ। इन्जिन ठुलो भन्ने कि पेचकिल्ला भन्ने ! उत्तीणाङ्क ४० को जाँचमा ३९ आयो भने ३९ नम्बर ठुलो कि १ नम्बर !
जे होस् हाम्रो शरीरका अन्तिरिक अंगहरु (Internal Organs) मध्ये कलेजो सबै भन्दा ठुलो र गरुङ्गो अंग पनि हो। गर्भाधान भएको ३ देखि ८ हप्ताको बिचमा मानब भूर्णमा यसको बिकास सुरु हुन्छ। बयस्क मान्छेको कलेजो करिब १.४ किलो हुन्छ। यो दायाँ फोक्सोको ठिक तल रहेको हुन्छ। कलेजो दुई भागमा बाँडिएको हुन्छ र धेरै प्रकारका तन्तुहरुले बनेको हुन्छ। यसका सतह (Layers) पनि धेरै प्रकारका हुन्छन्।हाम्रो शरीर सुचारु रुपले संचालन हुन कलेजोले प्रत्येक दिन एकदम धेरै, ५०० भन्दा पनि धेरै, महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले यसको आकार पनि ठुलो भएको होला भन्ने बैज्ञानिकहरुको बिश्वाश छ। यसले काम गर्न छोड्दाको बखत हामी बाँच्न सक्ने कुनै सम्भाबना नै हुँदैन।हामीले खाएको खानाबाट प्राप्त पौष्टिक तत्वलाई सतर्कतापूर्बक ठिक ढंगले ब्यबस्थापन गर्नु कलेजोको एकदमै महत्वपूर्ण कामहरुमध्येको एक काम हो।

Sunday, 18 January 2015

अब मस्तिष्क-मस्तिष्कबीच इमेल, वैज्ञानिकले दिमागमै जोड्दैछन् इन्टरनेट <<<<>>>>

brain_to_brainआफुले मनमनै सोँच्दा बित्तिकै कसैलाई तुरुन्तै आफसेआफ इमेल पुग्ने दिन पनि कहिल्यै आउला की ? भनेर कहिलेकाहीँ सोँचाइ आउँछ होला । कसैलाई इमेल पठाउने, अर्कोले सोँच्ने समयभरमा । यो केवल एउटा कल्पनाको खेलजस्तो मात्र लाग्न सक्छ । तर यो कल्पना होइन, निकट भविष्यमा यथार्थमा परिणत हुनेवाला छ ।
संचारजगतमा निकै छोटो समयमै आमूल क्रान्ति आएको घटनाका साक्षी तपाइँ हामी नै छौँ । अहिले पलभरमा विश्वको एक कुनाबाट अर्को कुनामा संचार सम्भव भएको छ । शायद अनलाइन संचारमा तिब्र गतिमा भैरहेको यो प्रगतिको अन्तिम मार्ग भनेको मस्तिष्क-मस्तिष्कबीचमा सिधा संचार नै होला ।
यदि मस्तिष्कलाई नै इन्टरनेटसँग जोडियो भने इमेल संचारका लागि दिक्कलाग्दो टाइपिङ गर्नुपर्ने छैन ।
बस, हाम्रो मस्तिष्कले कुनै आइडिया सोँच्नेछ र त्यसलाई तुरुन्तै आफुले चाहेको व्यक्तिलाई पठाउनेछ, त्यो व्यक्ति एउटै कोठामा होस् वा लाखौँ किलोमिटरको दूरीमा किन नहोस् ।
यद्यपि हामी अहिले नै मस्तिष्क मस्तिष्कबीचको इमेल संचारको युगमा पुगिसकेका छैनौँ । तर, हालै भएको एक अध्ययनले यो दिशामा एक कदम अघि बढाएको छ । अनुसन्धानकर्ताहरुले इन्टरनेटको माध्यमबाट हजारौँ माइल टाढा रहेका मानिसहरुको मस्तिष्क-मस्तिष्क बीचमा संचार सम्बन्ध स्थापित गराएको दाबी गरेका छन् ।
स्पेनको बार्सिलोनास्थित स्टारल्याबको यस परियोजनासँग सम्बद्ध शोधकर्ता गिगलियो रुफिनीले यस विषयको खुलासा गरेका हुन् ।
भारतको केरलाका एक व्यक्तिको टाउकोमा मस्तिष्क कम्प्युटर इन्टरफेस जडान गरियो जसले दिमागी तरंग रेकर्ड गर्छ ।
त्यसपछि उक्त व्यक्तिलाई  हात तथा खुट्टाको विषयमा सोँच्ने निर्देशन दिइयो र हातखुट्टा चलाउन अह्राइयो ।
उक्त व्यक्तिले खुट्टा चलाउँदा कम्प्युटरले शुन्य रेकर्ड गर्यो भने हात चलाउँदा १ रेकर्ड गर्यो ।
तत्पश्चात् शुन्य र एकको उक्त श्रृंखला इन्टरनेटको माध्यमबाट फ्रान्सको स्ट्रासबर्गमा रहेको अर्को मानिसलाई पठाइयो । फ्रान्समा रहेको उक्त मानिसमा टिएमएस रोबोट जडान गरिएको थियो ।
जब सन्देश पठाउने व्यक्तिले आफ्नो हात चलाउने बारेमा सोँच्थ्यो टिएमएस रोबोटले सन्देश पाउनेवाला व्यक्तिको मस्तिष्कमा यस्तो तरिकाले पक्र्यो की आँखा बन्द हुँदा समेत त्यो व्यक्तिले प्रकाश देख्यो । त्यस्तै खुट्टाको विषयमा सोँच्दा सन्देश पाउने व्यक्तिले कुनैपनि प्रकारको प्रकाश देखेन ।
यो सुन्दा सजिलो लाग्नसक्छ, तर निकै जटिल प्रक्रिया छ । सन्देश पठाउनेवालाले आफ्नो हात तथा खुट्टाको बारेमा सोँच्दा निकै ध्यान केन्दि्रत गर्नुपर्ने हुन्छ ।

कथाः पलायन कमरेड

‘हिथ्रो टर्मिनल फोर अगाडि हुन्छु म पीर मान्नुपर्दैन ।’ कमरेड विश्वासले फोनमा विश्वस्त पारिसकेका थिए । तर पनि एयरपोर्टबाट बाहिर निस्कने यात्रुहरुको भीड देखेर कमरेड अटल एकछिन आत्तिए । उसो त जुलुसको हजारौं मानिसको नेतृत्व गरेर हिँडेका कमरेड अटललाई रंगरंगका मानिसका भीड देखेर अत्यास नलाग्नु पर्ने हो । तर, यो अनौठो अनुभव भयो उनका लागि ।
comrade-vauju-book-cover‘कमरेड नमस्कार !’ विश्वास कमरेडको आवाज चिने अटल कमरेडले ।
कमरेडहरुले कस्सेर हात मिलाए । हेराहेर गरे । विश्वास कमरेड अविश्वसनीय तरिकाले मोटोघाटो देखिएका थिए । राता पिरा भएका थिए । ब्रान्डका कपडा लगाएका थिए । अटल कमरेड त उस्तै थिए- लुते, ख्याउटे, झुस्स दाह्री पालेका !
‘कमरेड गणतन्त्र आएपछि पनि मोटाउनु भएन छ त ? सिद्धान्तमा एक छेउ हलचल नगरी अटल रहेको त ठीकै छ । तर, शारीरिक अवस्था चाहीँ अलिकति परिवर्तन गर्नु पर्ने कमरेडले ।’ विश्वास कमरेडले ठट्टा गर्दै भने ।
‘यो प्रजातन्त्र र गणतन्त्र चतुर बेइमान नेताहरुलाई मात्र आएको हो । मजस्ता पार्टीका कैयौं बफादार शिपाहीको हालत उस्तै छ ।’ कमरेड अटलले रोष प्रकट गरे ।
‘जाउँ अब ।’ कमरेड विश्वासले कमरेड अटलको दुइवटा सुटकेश घिसार्दै अगाडि बढे । कमरेडले अटलले हृयाण्ड ब्याग आफैले बोके । कमरेडहरु गफिदै कारपार्कतिर बढे ।
कमरेड विश्वासले आफ्नो कारभित्र ब्याग र सुटकेश राखे । अटल कमरेडका दुईवटा सुटकेश र एउटा ब्याग देखेपछि बसाई नै सरेजस्तो लाग्यो कमरेड बिश्वासलाई । थाहा पाएदेखि कमरेडको श्रीसम्पत्ती भनेकै एउटा झुम्के झोला र सानो ब्याग थियो । अहिले दुइटा सुटकेश र हृयाण्ड ब्याग देखेपछि कमरेड बिश्वासको मनमा चिसो पस्यो । यतै सेटल गराइदिनुपर्‍यो भनेर भन्ने त होइनन् ? एक हप्ताको लागि मात्र भनेर घुमाउन बोलाएको !
कमरेडले गाडी हुँइक्याए । गाडीभित्र सिडी प्लेयरमा डङ… डङ… गर्दै कानको जाली फुटाउने अंगे्रजी गीत बजिरहेको थियो ।
‘हाम्रा जनगायकहरुले भर्खरै निकालेको जनवादी गीतको नयाँ सिडी छ सुटकेशभित्र । त्यो सुनौं न कमरेड ।’ अटल कमरेडले त्यो गीत मन नपरेको कुरा घुमाएर राखे ।
‘त्योपछि सुनौला कमरेड ।’ विश्वास कमरेडले कुरा टुङ्ग्याए । उनलाई झोँक चल्यो । अनि बजिरहेको गीत बन्द गरे ।
ठूल्ठूला चौंडा सफा बाटाघाटा, अग्ला, ठूल्ठूला भवन । मान्छे, गाडीको ताँती । झ्यालबाट कमरेड अटलले ती सबै दृष्य हेरे । पहिलोपटक यस्तो दृश्य देखेर कमरेड चकित भए ।
‘हामीकहाँ पनि साम्यवाद आएपछि यस्तै विकाश हुन्छ होला ।’ कमरेड अटलले भने ।
‘जनताका लागि सुख सुविधा पुर्‍याउन साम्यवाद नचाहिँदो रहेछ । नेताहरु इमान्दर, नैतिकवान र भिजन भएको भए सबै पुग्ने रहेछ । गैरसाम्यवादी मुलुकको विकाश र जनताको लागि पुर्याएको सुविधा हेर्दा यस्तो भन्न सक्ने भएको छु म ।’ कमरेड विश्वासले भने ।

Sunday, 11 January 2015

पन्ध्र वर्षभित्र अर्को पृथ्वी पत्ता लाग्ने

next earth
खगोलविदहरुले हालै मानव बसोबास योग्य रहेका थप ८ वटा ग्रह पत्ता लागेको दाबी गरेका छन् । केप्लर स्पेस टेलिस्कपको माध्यमबाट नयाँ ८ वटा बसोबासयोग्य ग्रह पत्ता लागेसँगै यस्ता ग्रहको संख्या १ हजार पुगेको छ ।
तर खगोलविदहरुको यो दाबी उनीहरुमै मात्र सिमित छ अहिलेको लागि । सर्वसाधारणले आफ्नो दुरविनले त्यस्ता ग्रहलाई कहिले आफ्नै आखाले देख्न पाउलान् वा मानिसहरु कहिले ती ग्रहमा पुग्न पाउलान् ? त्यो त भविष्यकै गर्भमा छ ।
तर अमेरिकी अन्तरिक्ष सस्था नासाका एक खगोलविदको कुरामा विश्वास मान्ने हो भने अबको १५ वर्षभित्रमा पृथ्वीजस्तै एक नयाँ ग्रह पत्ता लाग्नेछ । पृथ्वीमा भएजस्तै समुद्र भएको उक्त ग्रहमा जान भने सजिलो हुनेछैन किनकी त्यस ग्रहमा पुग्नका लागि आइन्स्टाइनको सापेक्षताको नियमलाई तोड्नुपर्नेछ ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका खगोलविद डाक्टर जोन म्याथरका अनुसार ब्रम्हाण्डमा सबैभन्दा पहिले उत्पत्ति भएको चम्किलो पदार्थ पत्ता लगाउनका लागि विशाल दूरविनको प्रयोग गरिनेछ । साथै यसबाट आफ्नो सौर्यपरिवार बाहिर रहेका पृथ्वीजस्तै ग्रहको समेत खोज गरिनेछ ।
अल अबाउट स्पेस नामक म्यागेजिनमा दिएको अन्तरवार्तामा उनले अबको पन्ध्र वर्ष भित्रमा पृथ्वीकै आकारको तथा पर्याप्त पानी सहित समुद्र समेत रहेको नयाँ ग्रह पत्ता लाग्ने अपेक्षा गरेका छन् ।
तर उक्त ग्रह सौर्यमण्डलभन्दा बाहिर रहने भएकाले अहिलेको अवस्थामा त्यसमा मानिस आफु वा आफुले बनाएको कुनै वस्तु पठाउन सम्भव हुनेछैन । आइन्स्टाइनको सापेक्षता सिद्धान्तले कुनैपनि वस्तुको गति प्रकाशको गतिभन्दा बढि हुन नसक्ने ठहर गरेको छ । यस अर्थमा कुनै एक तारामण्डलबाट अर्को तारामण्डलमा जान सकिँदैन । तर त्यस बेलासम्म आइन्स्टाइनको सिद्धान्तलाई समेत फेल गराउन सक्ने प्रविधि तथा नयाँ सिद्धान्तको विकाश हुनसक्ने र सुरुमा रोबोट र त्यसपछि मानिस नै उक्त ग्रहमा पुग्नसक्ने आशा उनको छ ।

Saturday, 3 January 2015

>>प्रेम र जीवनको अन्तर सम्बन्ध.....!

प्रेम भन्ने शब्द जति पवित्र छ, त्यति नै भयानक पनि। प्रेमले सुन्दर संसार र रमणीय दिनहरूको निर्माण गर्छ भने कस्ता-कस्ता भयानक घटनाको पनि सिर्जना गर्छ। प्रेम आगो हो, पानी पनि हो। प्रेम कलकल बग्ने खोला हो, प्रेम आँधी-हूरी पनि हो। प्रेमका अनेक उदाहरण हरेक क्षेत्रमा हरेक तरिकाले, हरेक प्रकारका भेटिन्छन्।

प्रेमलाई समाजले कुन रूपमा लिनुपर्ने हो - प्रेमको सीमा कतिसम्म छ - एउटा छोराले आफ्नी आमाबाट पाएको मातृप्रेम र त्यो छोराले कसैकी तरुनी छोरीबाट पाएको प्रेममा के फरक छ - प्रेमको नाममा दोबाटो कुरेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेका युवायुवतीले प्रेमलाई कुन रूपमा लिइरहेका छन् - नेपाली सामाजिक मूल्य र मान्यताले यस्ता प्रेमलाई कसरी हेर्छन् - पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा मञ्जु शर्मा भन्छिन्- 


'प्रेम भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्छ- दुई मुटुको मिलन नै प्रेम हो तर प्रेमको व्यापक रूपलाई हेर्ने हो भने परिवारले परिवारलाई गर्ने प्रेम अनि एउटा नागरिकले देशलाई गर्ने प्रेममा एकरूपता पाइन्छ।'
आज-भोलिका युवायुवतीहरूको प्रेमलाई फेसनका रूपमा लिइरहेका छन्। कुनै एउटै राम्री केटी वा केटालाई भुलाउन सक्नु आफू क्षमतावान भएको सम्झन्छन् । अहिलेका युवायुवतीहरूले प्रेमलाई जवानी अनि पैसासँग दाँजेका छन्। चाँगुनारायण स्कुलका शिक्षक नीलबहादुर श्रेष्ठको अनुभव छ- 'प्रेम आजको परिवेशमा एउटा बाध्यता र अपरिहार्य आवश्यकता भएको छ। प्रेमको अर्थ नै थाहा नहुनेहरू पनि रोमियो टाइटल राख्छन्।' शिक्षिका सीता खनाल प्रेम दुई आत्माको मिलन हो भन्दै प्रेम व्यक्तिले चाहेर गर्ने र नचाहेर नगर्ने होइन, यो हृदयदेखि नै स्वतःस्फूर्त उत्पन्न हुने एउटा भाव हो भन्ने धारणा व्यक्त गर्छिन्। 'प्यार किया नही जाता, हो जाता है' प्रेम भन्ने कुरालाई दुई अर्थबाट बुझ्न सकिन्छ। एउटा आफन्तलाई गर्ने प्रेम र अर्को विपरीत लिङ्गीबीच हुने प्रेम। प्रेमको निश्चित परिभाषा दिन गाह्रो पर्छ। यो संसार नै प्रेममा अडेको छ भन्दै खनाल थप्छिन्- 'सबैभन्दा ठूलो कुरा मन हो, मन हुने मानिसलाई मात्र प्रेम केहो भन्ने कुराको महसुस हुन्छ। प्रेमको परिभाषा दिन गाह्रो छ।'
माया भन्नाले हामी आफ्नो परिवारलाई गरिने मावनताको भावना हो भन्ने बुझ्छौं तर माया पनि दुई मुटु को मिलन नै हो। जस्तै- कुनै व्यक्तिलाई शारीरिक चोट लागेको देख्दा आत्मादेखि नै सहानुभूति, सद्भाव उत्पन्न हुन्छ, त्यो माया हो, समाजको विचारमा भने माया गर्नु भनेको आफ्नो जीवनमा कुनै केटा वा केटीलाई निम्त्याउनु भनिन्छ। आजभोलिका युवायुवती एकले अर्कालाई गर्ने सामान्य आकर्षालाई प्रेम मान्छन्। पछि केटा र केटीले अर्कैसँग विवाह गर्दा धोका पाएको भन्छन् तर वास्तविक प्रेम अविस्मरणीय क्षणबाट सुरु भएर दीर्घकालसम्म कायम रहन्छ।

Sunday, 28 December 2014

ई ज्योतिषी

भाग्य र भगवान दुख परेको वेला पुकारिन्छ \ चासो राखिन्छ भन्छन साच्चै नै त्यसै होला ।
कुरा के पर्यो भने केही दिन देखी मेरो मन ज्यतिष विध्या प्रति आशक्त भएर लागेको छ । खासमा मेरो मन लागेको छ भन्नुको मतलब के हो भने गर्नु पर्ने काम थुप्रै भए पनि सब काम छोडेर यस सम्बन्धी ज्ञान हासील गर्ने ईच्छा जागेको छ । सुरुमा यस सम्बन्धि रत्तिभर पनि ज्ञान नहुदा के हो के हो भन्ने भा थियो तर विस्तारै बुझ्दै जादाँ रमाईलो लाग्यो । 

(आफु जन्मेको समय माथी दिाएको चार्ट अनुसार पहिले मिनेटमा निकालेर घण्टामा (उल्लेख गरे अनुसार) लान सकिन्छ ।)

अल्प ज्ञानम‌ भयङ्करम भन्छन तर पनि ब्यक्तीगत रुपमा अहिले सम्मको बुझाईमा मेरो चिना (Birth Chart) नै गतल रहेछ । घरमा सबै जना म साँझमा जन्मेको भन्नु हुन्छ तर मेरो चिना अनुसार मेरो जन्म विहान भएको देखिन्छ । ज्योतिषले बनाएको चिना बाट आफु जन्मेको समय थाहा पाउन (मैले) धेरै कसरत गर्नु पर्यो । ज्योतिषहरुले जन्मेको समयलाई घटिका र पलाको रुपमा ब्यक्त गर्दा रहेछन र प्रत्येक दुई घण्टामा ग्रहको स्थान परिवर्तन हुनाले आफु जन्मेको समय पक्का नभईकन आफ्नो भविष्यको बारेमा सही ज्ञान पाउन नसकिने रहेछ । खासमा २४ पलाको १ घटिका र प्रत्येक २४ मिनेटको १ घटिका हुने रहेछ । ज्योतिषले घटिका गणना गर्दा सुर्योदय पश्चातको समयलाई गणना गर्दा रहेछन । मानै विहान ७ बजे सुर्योदयो हुने समयमा कुनै मानिस ७ बजेर २४ मिनेटमा जन्मियो भने उसको जन्म कुण्डलीमा जन्म समय १ घटिका भनिदो रहेछ ।