गुगलको गुगल एप्समा जस्तै माईक्रोसफ्टको वेब बेष्ड ईमेल सेवा हटमेल, लाईभ हुदै अहिले आएको आउटलुकमा आफ्नै डोमेन बाट ईमेल चलाउन सकिन्छ । यसमा पनि गुगलको जस्तै आफुले ईमेल प्रयोग गर्न चाहेको डोमेनको MX रेकर्ड, CNAME रेकर्ड, TXTरेकर्ड आदी सेटिङ्ग मिलाउनु पर्छ । अझ भनै तपाईको डोमेन होष्ट भैरहेको सर्भरमा माथी उल्लेखित DNS रेकर्डहरु आउटलुक (माईक्रोसफ्ट एकाउण्ट) ले तोके अनुसारको DNS रेकर्डहरु राख्नु पर्दछ । टप लेभल डोमेन (e.g .com, .org, .net ) हुनेहरुको हकमा डोमेन कन्ट्रोल प्यानल बाट वा वेब सर्भर बाट यो रेकर्ड मिलाउदा हुन्छ तर कन्ट्रीकोड टप लेभल डोमेन (e.g. .com.np, .org.np, .net.np ) हुनेहरुको हकमा डोमेन कन्ट्रोल प्यानल नहुने हुनाले (कन्ट्रीकोड टप लेभल) डोमेनलाई कुनै सर्भरमा होष्ट वा पार्क गरेर त्यो सर्भरमा माईक्रोसफ्ट सर्भरको DNS म्यापिङ्ग गर्नु पर्छ ।
गुगल एप्सको बिपरित आउटलुक मा कष्टम डोमेन सेटिङग मिलाउनको लागी पहिले नै आफु सँग एउटा आउटलुकको ईमेल एड्रेस (माईक्रोसफ्ट खाता) छ भने राम्रो हुन्छ । नहुदाँ पनि हुन्छ तर नयाँ डोमेन भेरिफाई गर्नु पर्ने झन्झट हुन्छ ।
गुगल एप्सको बिपरित आउटलुक मा कष्टम डोमेन सेटिङग मिलाउनको लागी पहिले नै आफु सँग एउटा आउटलुकको ईमेल एड्रेस (माईक्रोसफ्ट खाता) छ भने राम्रो हुन्छ । नहुदाँ पनि हुन्छ तर नयाँ डोमेन भेरिफाई गर्नु पर्ने झन्झट हुन्छ ।
- सबभन्दा पहिले http://www.outlook.com खोलेर आफु सँग भएको MSN आई डी बाट आउटलुक लगईन गर्नुहोस ।
- अब http://domains.live.com खोल्नुहोस । त्यसपछी तल देखाए जस्तै आफुले जुन डोमेनको लागी ईमेल सेटअप गर्न लागेको हो । त्यसको नाम दिनु पर्छ । डोमेन नेम दिई सके पछी यदी तपाईले No mail for my domain (You can add later) मा चेक गर्नु भयो भने डोमेन भेरीफिकेशनको झन्झटिलो प्रोसेस पुरा गर्नु पर्छ त्यसैले आफूले पहिले नै दर्ता गरेको ईमेल प्रयोग गर्ने गरी Set up Windows Live Hotmail for my Domain मा चेक गर्नुहोस ।




