Wednesday, 25 December 2013

फजुल खर्चबाट जोगिने उपाय

थोरै पैसालाई पनि राम्रोसँग बचत गर्ने हो भने भविष्यमा सुख-शान्ति प्राप्त हुन्छ । थोपा-थोपा मिलेर सागर बन्छ भनिन्छ । थोरै परिश्रम र सानो बचतले धैरे पैसा जोगाउन सकिन्छ । रासन, बिजुली, ग्याजेट्स, कपडा, पेट्रोल वा फोन बिल्समा केही कटौती गर्न सकिन्छ ।
रासन लिन जाँदै हुनुहुन्छ ?
स्टोरमा जानुभन्दा पहिले पत्रिका पढ्नुपर्छ । विकेन्ड वा कुनै विशेष चाडपर्वभन्दा पहिले मल्स वा स्टोर्समा धेरै खाले योजना निस्कन्छन् । तिनलाई बुझ्नुपर्छ  र आवश्यकताअनुसार सामानको सूची बनाउनुपर्छ । कुन स्टोरमा त्यो योजना चलिरहेको छ, त्यसको नाम पनि लेख्नुपर्छ । यदि कुनै विशेष सामग्रीको कुपन  निकालिएको छ भने कटिङ गरी ब्यागमा राखेर सपिङ गर्न जानुपर्छ ।
आवश्यक सामानको सूची बनाउनुपर्छ । सूचीलाई दुई-तीन पटक हेर्नुपर्छ । त्यसमा के-कति कुराको आवश्यकता छ, भन्ने विषयमा पुनर्विचार गर्नुपर्छ । कामको व्यस्तताले कसैसित दैनिक सामान खरिद गर्ने समय हुँदैन । महिना वा दुई महिनाको रासन एकसाथ खरिद गर्नुपर्छ । यसबाट खर्चको अनुमान पनि हुन्छ र बारम्बार खरिद गर्ने झन्झट पनि हुँदैन ।
घरेलु सामानको सपिङ एक्लै गर्नु राम्रो हुन्छ । बालबालिका साथमा छन् भने मम्मी, प्लिज यो चकलेट किनिदिनुहोस् वा त्यो खेलौना चाहिन्छ जस्ता मागबाट बच्न सकिँदैन । त्यसैले सपिङ शान्तपूर्वक र बजेटअनुरूप गर्न एक्लै जानु नै राम्रो मानिन्छ ।
बजारमा हडबढाउनु हुँदैन । हरेक सामान राम्रोसँग हेरेर मात्र खरिद गर्नुपर्छ । महँगा बेमौसमी फलफूल एवं तरकारी लिनुको साटो मौसमी फलफूल र तरकारीलाई प्राथमिकता दिनुपर्छ ।
वार्डरोब सेविङ

तपाईलाई नभई नहुने सफ्टवेर डाउनलोड गर्नु होस ..

तपाईलाई नभई नहुने सफ्टवेर अपडेट संग राखिएको छ डाउनलोड गर्नु होस

Anti-Malware 17 softwer free downloads

   Avast free antivirus 6.0.1367 (61.2MB) freeware.
  
Antivir personal 12.0.0.872 (83.2MB) freeware.
  
a-squared 4.5.0.27 (82.3MB) freeware.
 
AVG internet security 2012 (3.78MB) freeware.
  
Ad-aware definition file (98.8MB) freeware.
  
Clamwin 0.97.3 (39.9MB) freeware.
  
immunet protect (346KB) freeware.
  
Bitdefender antivirus plus (845KB) freeware.
  
Cwshredder 2.19 (108KB) freeware.
  
Kaspersky Anti-virus 12.0.0.374 (76.4MB) freeware.
  
Microsoft security essentials (7.69MB) freeware.
  
Malwarebytes Anti-malware (10.3MB) freeware.
  
Nod32 antivirus (50.1MB) freeware.
  
Windows defender 1.41.110.0 (4.91MB) freeware.
  
Winpatrol 24.0.2012.1 (815KB) freeware.
  
SuperAntiSpyware (12.3MB) freeware.
  
Spybot-search and destroy (15.6MB) freeware.

प्रेम र जीवनको अन्तर सम्बन्ध…..!

प्रेम भन्ने शब्द जति पवित्र छ, त्यति नै भयानक पनि। प्रेमले सुन्दर संसार र रमणीय दिनहरूको निर्माण गर्छ भने कस्ता-कस्ता भयानक घटनाको पनि सिर्जना गर्छ। प्रेम आगो हो, पानी पनि हो। प्रेम कलकल बग्ने खोला हो, प्रेम आँधी-हूरी पनि हो। प्रेमका अनेक उदाहरण हरेक क्षेत्रमा हरेक तरिकाले, हरेक प्रकारका भेटिन्छन्।
प्रेमलाई समाजले कुन रूपमा लिनुपर्ने हो – प्रेमको सीमा कतिसम्म छ – एउटा छोराले आफ्नी आमाबाट पाएको मातृप्रेम र त्यो छोराले कसैकी तरुनी छोरीबाट पाएको प्रेममा के फरक छ – प्रेमको नाममा दोबाटो कुरेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेका युवायुवतीले प्रेमलाई कुन रूपमा लिइरहेका छन् – नेपाली सामाजिक मूल्य र मान्यताले यस्ता प्रेमलाई कसरी हेर्छन् – पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा मञ्जु शर्मा भन्छिन्-
‘प्रेम भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्छ- दुई मुटुको मिलन नै प्रेम हो तर प्रेमको व्यापक रूपलाई हेर्ने हो भने परिवारले परिवारलाई गर्ने प्रेम अनि एउटा नागरिकले देशलाई गर्ने प्रेममा एकरूपता पाइन्छ।’

आफ्नो कम्प्युटरमा कुनै पनि साईट ब्लक गर्ने तरिका

यदी तपाईको आफ्नो कम्प्युटरमा कोही आएर दिक्क लाग्ने गरी घण्टौ एउटौ साईटमा अलमलि रहन्छ र तपाँई त्यसलाई हटाउन चाहनु हुन्छ वा नियतवस (कुनै) कम्प्युटरमा ( कुनै ) साईट नखुलोस भन्ने चाहनु हुन्छ भने आफ्नो कम्प्युटरको होष्ट फाईल मोडीफाई गरी दिनुहोस । टन्टै साफ ! यसो गर्नलाई कुनै ठुलो ज्ञानको जरुरत पर्दैन । दिए अनुसार गर्नुहोस ।
•C:\\Windows\\System32\\Drivers\\etc भन्ने फोल्डरमा पुग्नुहोस ।

•त्यहाँ hosts भन्ने फाईल हुनु पर्छ त्यसलाई openwith गरेर नोटप्याडमा खोल्नुहोस ।
•127.0.0.1 localhost लेखेको ठिक्क मुनी 127.0.0.1 लेखेर आफुले ब्लक गर्न चाहेको साईटको ठेगाना लेख्नुहोस । (e.g. http://www.domain.com)
•अब त्यहाँ यस्तो लेखेको देख्न सक्नु हुन्छ ।
127.0.0.1 localhost
127.0.0.1 http://www.domain.com
यदी यस्तो लेखेको देख्न भो भने सम्झीनुस भयो । अब यसलाई सेभ गर्नुहोस ।
अब तपाईको कम्प्युटरलाई रिस्टार्ट गर्नुहोस । http://www.domain.com (भन्नाले तपाईले ब्लक गर्न चाहनु भएको साईट) भन्ने (साईट) तपाईकोमा कहिले खुल्दैन ।
केहि जानकारी भिडियो मा पनि छ हेर्नुहोला