Friday, 9 August 2013

मनोज गजुरेल अब जोकशास्त्री !


जोकशास्त्रभित्रका केही प्रसंग यस्ता छन् :
……..
काम नहुनेसंग दाम हुँदैन, दाम नभएको मान्छेलाई ‘सपिङ’तिर जामजस्तो लाग्दैन । गए पनि, सामान ओल्टाई गर्छ, पल्टाई हेर्छ, लामो स्वास फेर्छअनि ट्वाइलेट छिर्छ पर्स पल्टाउँछ, पैसा हुँदैन, अनि छड्के छड्के पर्दै साहुजीले नदेख्ने गरी बाहिर निस्कन्छ । (बेरोजगारीका फाईदा)बाट
 ……..
जापानमा काम खोज्नै लाग्यो उसलाई तिन महिना ! चौथो महिनामा बल्ल पायो एउटा कठिन काम तर ‘ठिक ठिकै’मात्र थियो दाम १ दामकमाउने सपनाको भयो सुरूवात ! उ देख्ने गर्दथ्यो सामान्य सपनाहरु ! एउटा चिटिक्क परेको घर, घर आागनमा टलक्क टल्किने गाडी ! गाडीको अघिल्लो सिटमा श्रीमती, पछाडि ‘बार्बी डल्स’सँग खेल्दै गरेका छोराछोरी १ यिनै खुद्रा सपना बनाउन साकार, काममा घोटिई रह्योनिरन्तर । (धर्ती बेचेर आकासमा महल ठड्याउनेहरुबाट)
…….
यो जुनीमा दान गरे अर्को जुनीमा स्वर्ग पुर्याउछु भन्ने ‘सडक सन्तहरु’ र क्रान्तिपछि संसार जनताको बनाउँछु भन्ने कामरेडहरु, झण्डै उस्तै उस्तैलाग्छ । किनकि जसरी दान धर्म गर्ने मानिस स्वर्ग पुगेर आएको घटना कतै सुनिएको छैन त्यसै गरी संसार जित्ने ‘सर्वहारा’ पनि कहीं सत्तामापुगेको छैन । (सिद्धान्तको पसलबाट)
…..
कसैलाई लागु पदार्थले मताउाछ, कसैलाई सम्पतिले मताउँछ, कोही शक्तिको नशामा मातिन्छन्, कोही स्त्रीको दृश्यमा मातिन्छन् । मात्ने काईदाविभिन्न हुने भएपछि ‘मापसे चेकिङ्’पनि भिन्न भिन्न कोणबाट गर्नु पर्छ भन्ने जोकशास्त्रीय ठम्याइ छ । (मादक पदार्थको पुन:ब्याख्याबाट)

दैलेख : जहाँ पहिलो शिलालेखमा हँसिया उध्याइन्छ (फोटोफिचर)

कला र संस्कृतिले मात्रै नभएर सम्पदाले पनि धनी छ दैलेख । तर, धनी भएर मात्र के गर्ने ? यसको उचित प्रयोग गर्न नसकेपछि ती सम्पदाहरुको कुनै अर्थ नै नलाग्ने रहेछ । समपदाको उचित सदुपयेाग तथा जर्गेना गर्न नसक्दा अहिले दैलेखका सम्पदाहरु केही लोप हुन सक्ने अवस्थामा पुगेका छन् भने केही त लोप समेत भइसकेका छन् । कला र संस्कृतिक सम्पदाका हिसावले हेर्ने हो भने काडमाण्डौ र लुम्बिनीपछि दैलेखको नाम आउँछ । ऐतिहासिकरुपले दैलेखको दुल्लु निकै महत्वपूर्ण रहेको छ । जुम्लाको सिजमा गृष्मकालीन र शीतकालीन राज्य दैलेखको दुल्लुमा हुने गर्दथ्यो ।

 हेरिटेज नेपालको अगुवाइमा गत चैतको दोस्रो हप्तामा इतिहासकार, भाषाविद, पुरात्वविद र लिपीविद सहितको टोलीलाई दैलेख गएको थियो । टोलीमा दिनेशराज पन्त, डिल्लीराज शर्मा, प्रकाश दर्नाल, राजाराम थापा, डा टेकबहादुर श्रेष्ठ, डा पुरोषत्तमलोचन श्रेष्ठलगायत रहेका थिए । टोलीले नेपाली भाषामा लेखिएको पहिलो अभिलेखको समेत अवलोकन गरेको थियो । ऐतिहासिक रुपले निकै महत्व भएको दैलेखको दुल्लुमा संग्राहलय बनाएर त्यसको जर्गेना गर्नुपर्ने धारण राख्नुहुन्छ हेरिटेज नेपालका अध्यक्ष विश्व केसी ।दैलेखको दुल्लुमा रहेको दामुपालको अभिलेख नेपाली भाषामा लेखिएको पहिलो अभिलेख हो ।

Thursday, 8 August 2013

एस्तो भिडियो हरु लाई के भन्नु हुन्छ तपाई

यो भिडियो  हेर्नुस्त कस्तो लाग्ग छ 
म त हासेरै मर्छु की के हो ????






मेरो एल्बम video

भाग्य बदल्न हातको रेखामा प्लाष्टिक सर्जरी

(एजेन्सी)–हातको रेखाको सहायताले मानिसको भविष्य बताउने कला नेपालमा लोकप्रिय भएको हामीमध्ये धेरैलाई थाहा नै छ तर, यस्तो कला जापानमा पनि लोकप्रिय छ भन्ने कुरा धेरै मानिसहरुलाई यसपछि मात्र थाहा हुनसक्छ । जापानका आधुनिक कहलियका मानिसहरुमा पनि यो प्रतिको विश्वास बढ्दो छ । आफ्नो आयु बढ्ने रेखा, माया र सफलताको रेखाहरुलाई बढाउनको लागि जापानका मानिसहरुले प्लाष्टिक सर्जरी नै गर्ने गरेका छन् ।
के तपाईं आफ्नो समृद्ध, लामो आयु र आफूले मनपराएको मानिससँग जीवन बिताउन चाहनुहुन्छ अथवा कुनै चिट्ठा जित्न चाहनुहुन्छ ? आफ्नो भाग्य बदल्ने कुरा करिब करिब असम्भव नै हो तर संख्यात्मक रुपमा वृद्धि भएका जापनीजहरु हातको रेखाको प्लाष्टिक सर्जरी गरेर नै भाग्य बदल्ने कुरामा विश्वस्त छन् । जापानका ताकाकि माट्सुवाकाले आफ्नो स्यानोन ब्युटि क्लिनिमा अहिलेसम्म २० जना जतिको प्लाष्टिक सर्जरी गरेर हातको रेखा परिवर्तन गरिसकेका छन् । दुईवर्ष अघिसम्म माट्सुवाकोलाई हस्तरेखा सम्बन्धी केहि पनि जानकारी थिएन । तर एकदिन एकजना मानिसले उनलाई आफ्नो रेखाहरु बदल्नको लागि सहयोग गर्न आग्रह गरे । यस्तो पद्धती पनि हुन्छ र भन्ने हिसाबले यी डाक्टरले खोजी गर्न थाले र पत्ता लगाए कि यस्तो प्रक्रिया त कोरियामा निकै अगाडिदेखि अपनाइसकिएको रहेछ । उनको यसको प्रक्रियाको बारेमा पढे र आफ्नो क्लिनिकमा आएकी एक महिलाले के कुरा परिवर्तन गर्न चाहेको कुरा पत्ता लगाएर उनको हातको रेखा अपरेसनद्वारा एक हजार डलरमा परिवर्तन गरे । उनको यो मेहेनतले रंग ल्यायो र त्यसपछि ३७ मानिसहरुले उनको क्लिनिकमा हातका रेखाहरु बदल्ने र थप्ने काम गरिसकेका छन् ।

काठबाटै विचित्र कला (फोटोफिचर सहित)

प्रकृतिको संरक्षणको दायित्व मान्छेको हातमा छ भन्ने कुरा बुझाउनका लागि गुरुहरुले विभिन्न प्रवचन देलान्, वातावरणविद्हरुले विभिन्न दृष्टान्त प्रस्तुत गर्लान् अनि कतिपयले मज्जाले यहीँ विषयमा डलरको खेती गर्लान् । तर अमेरिकी कलाकार पाउल बालिकरले पनि यो कुरा बुझाउन कुनै आइतबार कुरेनन् र कुनै पट्यारलाग्दो कुरा गरेनन् । उनले निकै मनमोहक र अनौठो कलाकृति तयार पारे र सबैलाई एकचोटी सोच्न बाध्य बनाए ।
1
कल टू एक्सन अर्थात् कार्यका लागि आव्हान शीर्षकको उनको उक्त अद्वितीय कलाकृति काठबाट बनेको छ । हाँगाबिँगा जस्ता रुखका आकृति छन्, जसमा विभिन्न वन्यजन्तु अडिएका छन् भने बीचमा एक जना मान्छेले हातमा विश्वको ग्लोब लिएर बसेको छ ।